काठमाण्डौँ शहर,
इतिहाशका थुप्रै पाना पल्टाएर बाँच्यो
अनि थुप्रै अनाश्रीतलाई
आश्रय दिएर पाल्यो
तर अब,
गल्दै छ काठमाण्डौँ
थोत्रो जामा लगाएर
लाज ढाक्ने जमर्को गर्दैछ
अट्टाहास हाँसो !!
स्वयम्भूका दुई आँखा
निरास हेराई हेर्दै छन्
घुम्दैनन् मानेहरु यहाँ
न त जपिन्छन् मन्त्रहरु
सिहंदरबारका सिहंहरु,
दम्भ बोल्दै छन्
कुन्ठीएका बलात्कृत स्वरहरु
न्यायको भिख माग्दैछन्
टुलुटुलु हेर्दै छ काठमाण्डौँ
पिडित हेराई !!
जिर्ण शरीरले
थाम्दैछ अनेकौँ भारहरु
सकिनसकि सास फेर्दैछ
एकनाश सोच्छ
पाल्नुको अर्थ गल्नु रहेछ ,
मर्नु रहेछ !!
गल्दैछ यो शहर
मर्दैछ यो शहर
मेरो काठमाण्डौँ
अब बुढो भएछ.......!!
काठमाण्डौँ