19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो काठमाण्डौँ

कविता कोपिला सत्याल December 1, 2014, 8:07 am

काठमाण्डौँ शहर,

इतिहाशका थुप्रै पाना पल्टाएर बाँच्यो

अनि थुप्रै अनाश्रीतलाई

आश्रय दिएर पाल्यो

तर अब,

गल्दै छ काठमाण्डौँ

थोत्रो जामा लगाएर

लाज ढाक्ने जमर्को गर्दैछ

अट्टाहास हाँसो !!

स्वयम्भूका दुई आँखा

निरास हेराई हेर्दै छन्

घुम्दैनन् मानेहरु यहाँ

न त जपिन्छन् मन्त्रहरु

सिहंदरबारका सिहंहरु,

दम्भ बोल्दै छन्

कुन्ठीएका बलात्कृत स्वरहरु

न्यायको भिख माग्दैछन्

टुलुटुलु हेर्दै छ काठमाण्डौँ

पिडित हेराई !!

जिर्ण शरीरले

थाम्दैछ अनेकौँ भारहरु

सकिनसकि सास फेर्दैछ

एकनाश सोच्छ

पाल्नुको अर्थ गल्नु रहेछ ,

मर्नु रहेछ !!

गल्दैछ यो शहर

मर्दैछ यो शहर

मेरो काठमाण्डौँ

अब बुढो भएछ.......!!

काठमाण्डौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।