14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली भाषा लेखन र कथनका ज्वलन्त समस्या

विचार होम सुवेदी December 1, 2014, 2:25 am

नेपाली भाषाको लेखनमा एकरूपताका बारेमा गरिएको प्रयास अब १०० वर्ष भइसकेको कुरा स्मरणीय छ । सुब्बा वीरेन्द्र केशरी अर्यालले गरेको नेपाली भाषाको लेखनको स्थिरीकरणको प्रथम प्रयास १९६३ कै हाराहारीमा थियो । यस काममा राममािण आचार्य दीक्षितले १९६५ सालबाट हलन्त लेखनलाई बहिष्कार गर्ने अर्काे अभियान चलाएर लेखनको एकरूपताका लागि महत्वपूर्ण कार्यको आरम्भ गरेका थिए । १९६९ सालको गुरु विद्वच्छिरोमणि हेमराज पाण्डेको ‘गोरखा व्याकरणबोध चनिद्रका’ (संक्षेपमा ‘चन्द्रिका’) को प्रकाशन भएपछि यस कार्यमा अझ बढी व्यवस्थितता आएको र गोरखा भाषा प्रकाशिनी समितिले उक्त कार्यको कार्यान्वयनमा निर्मित सोही व्याकरणको निर्देशन अनुसारको लेखनलाई स्थान दिनु पर्ने विशेष पहल गरेको थियो । यही व्याकरणको सारका रूपमा पण्डित सोमनाथ सिग्देलबाट पनि अझ सजिलो नेपाली व्याकरणको र लेखनको व्यवस्थाका लागि ‘मध्यचन्द्रिका’ (१९७६) प्रकाशित गरेका थिए । १९९१ सालसम्म आइपुग्दा नपुग्दै नेपाली भाषाको लेखनमा निकै नै स्थिरता आइसकेको कुरा तत्कालीन सामग्रीको अध्ययनले देखाएका छन् ।

लेखनलाई स्वाभाविक र एकरूपताका लागि गरिएका प्रयासहरू एकातिर थिए भने अर्कातिर भाषाको अनुहारलाई संस्कृत भाषाका अन्धा अनुयायी र पश्चिमी शिक्षाका अनुयायीहरूबाट निकै विद्रूप पारेको देखेर मौलिक नेपाली भाषाप्रेमी तत्कालीन युवकहरूले नेपाली भाषाको स्वरूपलाई सकेसम्म आफ्नै मौलिक रूपमा राख्ने आग्रह गरेर झर्राेवादी आन्दोलन (२०१३) को आरम्भ गरेका थिए । यसपछि लेखनको एकरूपताका लागि अनकौं क्रियाकलाप हुन थालेका छन् । शिवारज आचार्य ‘जिम्दो नेपाली भाषा’, बलमकनद अर्थात् बालमुकुन्ददेव पाण्डे (‘चारैतिरबाट’ रूपरेखा पत्रिकाको स्तम्भ) आदिबाट भाषालाई कथ्य रूपमा नै लेख्नु पर्ने आग्रहहरू देखापरेका छन् । त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि नेपाली भाषाको लेखनमा विश्वविद्यालयबाट पनि मौकामौकामा विशेष प्रयत्नहरू हुन थालेका देखिन्छन् । कसैले कथ्यमा विशेष जोड दिएर लेखिनु पर्ने, कसैले स्थायी भइसकेको भाषाको रूपलाई नै यथाथवत् रूपमा राख्नु पर्ने, कसैले मध्यम मार्ग अपनाउनु पर्ने जस्ता अनेकौं योजनाहरू अघि सारेका छन् । स्थिर भइसकेका रूपमा आफ्नो सिद्धान्तलाई लागु गर्ने र आवश्यकता अनुसार परिमार्जन गरिनु पर्छ भन्ने कार्यले नै विशेष जोड पाउँदै आएको पाइन्छ ।

के सय वर्ष बितिसक्ता पनि नेपाली भाषाको लेखनमा एकरूपताका कुरामा अब विवाद हटिसक्यो त भन्ने अर्कै प्रश्न यहाँ छ । माइक्रोसफ्टको हिज्जे सुधार प्रणालीअनुसार नेपाली भाषाको लेखनको एकरूपतालाई प्रयास गरिरहिएको यस बेलामा पनि भाषाको उच्चारण र लेखनका समस्याहरूलाई पुनर्जीवित गरिरहनु भनेको अग्रगति होइन अधोगतितिर जान रुचाउनु हो । अब नेपाली भाषाको लेखनमा गिजोलो गर्ने बेला होइन भन्ने ठहर हुनुपर्छ । घिड्घिडेहरूले पनि कुरा बुझेर चित्त बुझाउनु पर्छ । तर आजकै लेख्य तथा कथ्य भाषिक रूपमा पनि एकरूपता छ त ? यो प्रसङ्ग भने विचारणीय छ ।

वास्तवमा आजको स्थिर भइसकेको नेपाली भाषाको लेखनमा पनि पर्याप्त सन्देहजनक रूप छन् । स्नातकोत्तर तहसम्म पुगेका विद्यार्थीहरूमा पनि यस भाषाका कतिपय वर्णहरूको उच्चारण र लेखनमा द्विविधा भएको तथ्य पर्याप्त मात्रामा देखिन्छ÷सुनिन्छ । यत्रो लामो समयसम्मका प्रयत्नबाट पनि भाषाको लेखन र उच्चारणमा एकरूपता नहुनु बडो लाजलाग्ने विषय हो ।

राष्टिय स्तरका सञ्चार साधनहरूको प्रशारण र प्रकाशनमा पनि यस्ता द्विविधा कायमै छन् भने विद्यार्थीहका माझमा यस्तो अन्यौल हुनु नयाँ कुरा होइन तापनि सपार्न नसकिने विषय भने यो होइन । रेडियो नेपालका उद्घोषकहरू अझ पनि विद्या शब्दलाई विध्या पढिरहेका छन् । उद्यत शब्द त उद्धत का रूपमा सधैं प्रयोग भइरहन्छ । यस्ता अनेकौं उदाहरण छन् ।

विशेष गरी निम्न लिखित शब्दहरूको लेखनमा निकै माथिल्लो तहसम्म पुगेका व्यक्ति र विद्यार्थीहरू लेखन तथा उच्चारणमा निरन्तर रूपमा भ्रमित हुने गरेका छन् । पच्चीस वर्षसम्म उत्तर पुस्तिकाहरूको निरन्तर परीक्षणबाट यो कुरा प्रामाणिक भएको पनि यस सन्दर्भमा कोट्याउन चाहन्छु ।

उचरण र लेखनमा अत्यन्त भ्रमित हुने वर्णहरू निम्न छन्—

घ, ध, द्य, ध्य, घ्य, द्ध, द्व, द्द

देवनागरी वर्णमालाको लेखनमा धेरै त्रुटि हुने व्यञ्जन वर्णहरू छन् । तिनमा ÷र÷ वर्णका अनेक रूप (जस्तै रेफ र्( ), राष्ट्र लेख्नु पर्दा चाहिने ( « ), ग¥यो, म¥यो लेख्दा चाहिने (¥ ), प्रकार, पोख्रेल आदि लेख्नु पर्दा आवश्यक पर्ने ( ्र) हरू र मात्रा, ( ,ि ी, ु , ू ) हरू नै हुन् । यिनको सही उच्चारण, सही स्थान र सही रूप समयमा नबुझाएको वा नपढाएको र पढाए पनि गुरुवाबुहरू नै भ्रममा भएकोले अर्कै रूपमा पढाएको जस्तो अनुभव हुन्छ । साथै व्यञ्जन वर्णहरूलाई हलन्त गर्न आवश्यक हलन्त गरिने चिन्ह ( ् ) खुट्टा काट्ने कामको पनि थयास्थानमा प्रयोग गर्ने काममा कतिपय विद्यार्थीहरू भ्रमित छन् । ह्रस्व र दीर्घको त विद्यार्थीमा कुनै जानकारी नै नदेखिएको जस्तो बोध हुन्छ । ह्रस्व र दीर्घले त नेपाली भाषाका शब्दको निश्चित अर्थलाई उत्रो अन्तर पार्दैन । प्रचलित शब्दको ह्रस्व र दीर्घ लेखनको परम्परालाई नै तलमाथि गर्नु हुन्छ भन्ने आशय यो होइन । यसबाहेक हलन्तको पनि सही रूपमा विद्यार्थीहरू समायोजन गर्न सकिरहेका हुँदैनन् । अजन्तलाई हलन्त र हलन्तलाई अजन्त गरी लेख्नाले अर्थमा आनकातान परिवर्तन हुन सक्छ । एउटा कुनै उत्तर पुस्तिकाको कुरा हो । उक्त विद्यार्थीको उत्तर पुस्तिकामा लेखाइको आशय यस्तो हुनु पर्ने थियो— जस्तै— मुकुन्दकी पत्नी इन्दिरा शीलस्वभाव पनि राम्रो भएकी थिइन्, अनुहारले पनि राम्री थिइन् ।

यसै आशयलाई त्यहाँ यसरी लेखिएको थियो— मुकुद्नकी पन्ती इन्दिरा राम्रो सिलस्वाभाव भयकी पनि थिइन, अनुहारले पनि राम्री थिइन ।

उक्त प्रश्नमा दिएको उत्तरले के अर्थ दियो जानिफकारले आफैं थाहा पाउँछन् ।

हलन्तको रूप प्रयोग गर्ने कुरा ता झन् उदेकलाग्दो छ । विशेष गरी छैनन्, हुँदैनन्, गर्र्दैनन् जस्ता शब्दहरूको अन्तमा रहेको न लाई आधा गरिनु पर्ने ठाउँमा ठूलो त्रुटि रहने गरेको पाइन्छ । विशेष गरी विद्यार्थीहरू त्यस्ता ठाउँका कुन वर्णलाई हलन्त गरिनु पर्ने हो भन्ने विषयमा भ्रमित हुन्छन् । तिनीहरूले छैनन्= छैन्न, हुँदैनन्=हुँदैन्न, गर्दैनन्=गर्दैन्न आदि लेखेको पाइन्छ ।

यसै गरी ÷य÷ र ÷ए÷ मा पनि पर्याप्त भ्रम छ । गएको, भएको, आएको, दिएको, लिएको जस्ता रूपलाई गयको, भयको, आयको, दियको, लियको आदि गरिने चलन पनि मनग्गे पाइन्छ ।

लेखनका यस्ता विषयमा समस्याहरू अझ गम्भीर छन् । अझै पनि निकै उच्च ओाहोदामा पुगेका व्यक्तिहरूमा र खास गरी अध्ययन नै आफ्नो पहिलो पेशा भएका विद्यार्थीहरूमा ह्रस्वमात्राका साथ आएका आघि अक्षरहरू (क्, ख्, स्, प्, ल्, च् आदि) लाई मात्राका कतापट्टि राख्ने भन्ने भ्रम पनि रहेकै पाइन्छ ।

जस्तै— स्थित, पश्चिम, मास्ति, तल्तिर, पछिल्तिर, अघिल्तिर, सन्धि आदि शब्दहरू निम्न अनुसार स्थित, पश्चिम, मास्तिर, लल्तिर, पछिल्तिर, अघिल्तिर, सन्धि जस्ता हिसाबले लेखिएका उदाहरण भेटिने गरेका छन् ।

ऋ स्वरको ( ृ ) नै व्यञ्जनवर्णका साथ जोडिँदा कृ, मृ, पृ, खृ आदि हुने कुराको हेक्का जोसुकैलाई छैन । यसको साटो कि त व्यञ्जनसँग जोडिने उ कारको मात्रा ( ु ू ) कि प फ ब आदि व्यञ्जनलाई प्र फ्र ब्र बनाउे ÷र्÷ वर्णको ( ्र ) लाई प्रगोग गर्दछन् । यसलाई व्यञ्जन वर्णका साथ कसरी मिलाउने भन्ने कुरामा पनि धेरैतिर सन्देह रहेकै पाइन्छ । यसको साटो तल्कुरे ( ु ) वा बर्धन्ने ( ू) बढी प्रयोग गरेको पनि पाइन्छ ।

जस्तै— दृष्टिकोण=द्रष्टिकोण, दुष्टिकोण वा दूष्टिकोण, कृष्ण= क्रष्ण, कुष्ण वा कूष्ण, तृण=त्रण, तुण वा तूण, कृषक=क्रषक, कुषक वा कूषक, प्रकृति=प्रक्रति, प्रकुति वा प्रकूति इ. ।

‘कर्तृवाच्य’ शब्द लेख्नुपर्दा अठ्ठाइस प्रकारबाट बिगारिन सकिँदो रहेछ । त्यस्ता उदाहरणहरू छन् । अझ पनि नेपाली भाषामा कतै कतै द्द, द्ध, द्म, न्ह, ल्ह, ण्ह जस्ता केही संयुक्त वर्णको प्रयोग कुनै कुनै कम्प्युटरका फन्टमा पाइन्छन् । कुनैकुनै किताबमा तिनको प्रयोग पनि गर्ने गरेको पाइन्छ । तर तिनको उच्चारण र लेखनमा सारै ठूलो गल्ती हुने गरेको छ । जीर्णाेद्धार शब्द त प्राय जिर्णोद्वार वा जिर्णाेद्दार हुने गरेको पाइन्छ । बुद्ध लाई बुद्द, बुध्य आदि लेखिनु पनि स्वाभाविक जत्तिकै भएको छ, जो नितान्त भ्रम हो ।

पद्मकन्या क्याम्पसमा अझ पनि ÷द्म÷ अर्थात् (द्म को एक वर्ण) लेखिएको छ । क्याम्पसका प्रमाणपत्र तहका २०० छात्रामा सर्वेक्षण गर्दा आफ्नो कलेजको नामलाई ९९ प्रतिशतले शुद्धसँग लेखेको पाइएन ।

पद्मकन्या क्याम्पसको पद्म शब्दका यस्ता रूप पाइए—

पधमकन्या, पन्धकन्या, पंधकन्या, पघमकन्या, पध्यमकन्या, पध्यकन्या, प्रघ्यमकन्या, पदमकन्या, मध्यम कन्या, पधकन्न्या आदि । २०० विद्यार्थीमा १ जनाले मात्र जानेर हो वा नजानीकन हो यो शब्दलाई जस्ताको तस्तै ‘पद्मकन्या’ लेखेको पाइयो ।

यसपछिको अर्काे समस्या भनेको रेफलाई लगाउने ठाउँको पत्तो नपाइनुमा रहेको छ । सर्वप्रथम रेफको विषयमा जानिराख्नुपर्छ । रेफ अर्थात् र्( ) ÷र÷ कै आघि रूप हो । यसको उच्चारण जहाँ हुन्छ त्यही ठाउमा नरही अघिल्ला वर्णमा गएर त्यसका माथितिर थाप्लामा थपिने गर्दछ । आकर्षित लेख्नु भनेको आकर्षित नै हो । व्यञ्जनवर्णका बीचमा आएको यो आधा ÷र्÷ रेफ भएर पल्लातिर गएको छ । रेफको प्रकृति यही हो । यस रेफलाई लेख्नुपर्दा त्यो कता र कुनकुन वर्णमा माथि लगाउनु पर्ने हो त्यसको लेखो लगाउन विद्यार्थीहरूलाई ठूलो आपत्ति पर्छ । विद्यार्थी मात्र किन ? निकै ठूला दिग्गजहरूलाई यसले गालेको देखिन्छ । राजमार्गमा गुड्ने गाडीका पछिल्तिर प्रायः ‘आमाको आशीर्वाद’ लेखिएको हुन्छ । तर यस पदावलीलाई राम्ररी नियाले हेरे रेफको प्रयोग कसरी भएको रहेछ भन्ने कुराको साक्षी यसैबाट मिल्न सक्छ । त्यहाँ सबैतिर ‘आमाको आर्शीवाद’ लेखिएको दृश्य सर्वत्र पाइन्छ । यसरी लेख्नु भनेको ‘आमाको आर्शीवाद’ लेख्नु हो । त्यसरी लेखिएको रूपलाई सही रूपमा बोल्दा यस्तो हुन्छ— ‘आमाको आर्शीवाद’ । यसरी लेख्नु भनेको यही आधा ÷र्÷ शी का थाप्लामा लगेर लेखिएको नै हो । वास्तवमा शी भन्दा पछिल्तिर मात्र र् को उच्चारण हुन्छ । यसैले आशीर्वाद शब्दको रेफ वा मा जानुपर्छ र शुद्ध चाहिँ त्यही मात्र हो । आर्कषित, आकषिर्त र आर्शिवाद लेख्नु भनेको पनि सामान्य भएको जस्तो लाग्छ । भाषिक शुद्धताका आधारमा आर्शिवाद, आर्कषित हुनु भनेको सामान्य कुरा होइन । द्वन्द्व शब्द द्धन्द्ध हुनु त सारै सहज जस्तो भइसकेको छ । अर्काे त्यसै गरी सधैं बिगारेर लेखिने र सर्वत्र लेखिने र ठुलाठुलाले पनि बोल्ने गरेको शब्द हो— अत्याधिक । यस शब्दको मूल रूपलाई नेपालका दूरसञ्चारका साधनले समेत रूपान्तरित गर्न लागेका छन् । यो शब्द अति+अधिक= अत्यधिक हो । अति र अधिक शब्दको निर्माण सन्धिप्रक्रियाबाट भएको छ । यो यण सन्धि भएर बनेको रूप हो । यसको सन्धि हुँदा अति शब्दको अन्तमा रहेको त् भन्दा पछिको इ का ठाउमा य् हुन्छ, बाँकी रहेका त् र य् उतापट्टिको अ मा गएर जोडिँदा त्य हुन्छ । अतः ‘अत्यधिक’ मात्र हुन सक्छ । अत्याधिक हुने कुनै ठाउँ नै छैन । यसको अत्याधिक रूपको प्रयोग अत्यन्त गलत हो । दूरसञ्चारका माध्यमबाट सही रूप बोलिदिए विद्यार्थीले पनि थाहा पाउने थिए कि ?

अब नेपालीमा अधिक मात्रामा बिग्रिने गरेका केही शब्दहरूको भन्नु र लेख्नु पर्ने रूप तथा भनिदै गरेको र लेखिँदै गरेको रूप नियालौं र यो प्रसङ्ग समाप्त गरौं—

भन्नु पर्ने र लेख्नु पर्ने ठाउँ हरुमा बेग्लाबेग्लै रुप भनिन्छन् र बेग्लै रुप लेखिन्छन्

अत्यन्त, अत्यधिक, अध्ययन, अध्ययनरत शब्दहरुलाई = अत्यान्त, अत्याधिक, अध्यन वा अध्यायन, अध्यानरत, अधक्ष अादि ।

आशीर्वाद, आकर्षित, आदर्श, आचार्य, आश्चर्य हरुलाई= आर्शिवाद, आर्कशित, आर्दश, आचर्य, आश्चार्य अादि ।

उपभोक्ता, उद्योग, उद्देश्य, उक्त, उत्तीर्ण हरुलाई = उपभोत्ता, उधोग, उधेश्य÷उध्येश्य,उत्त, उर्तिण÷उत्रिण

उप¥युक्त, उपर्युत्त÷उर्पयुत्त÷उपयुक्र्त=युपर्युक्त÷युपयुक्र्त÷उपरोत्त

गर्मी, ग्राह्यता गम्री, ग्राहियता÷गाहृयता÷गाह्यता आदि

जिर्णाेद्धार जिर्णाेद्वार÷जिर्णाेधार÷जिर्णाेघार आदि

द्वन्द्व, द्वितीय द्धन्द÷द्धन्द्ध÷द्वन्द÷धन्ध÷द्वन्ध, द्धितीय, दितिय आदि

प्रतिस्पर्धा, प्राध्यापक प्रतिस्प्रधा÷प्रतिपर्धा, प्रध्यापक आदि

प्रबर्धन, प्रधानाध्यापक प्रशंसा, प्रर्बधन, प्रस्मसा, प्रध्यानाध्यापक÷प्रध्यनाध्यापक आदि

फलस्वरूप फलस्वारूप भक्त, भत्ता, भानुभक्त भक्तभानुभक्त भत्त, भक्ता, भानुभत्त, भत्तभानुभत्तमद्दत, माध्यमिक,माध्यमिक, महानुभाव, महोदय मद्यत÷मध्यत, माध्यामिक, मानुभाव, मोहदय यथार्थ यर्थाथ, लापर्बाही, लार्पबाही समाधान, सामाजिक, सिर्जना,सामना, स्वदेश सामाधान, समाजिक, सृर्जना, सामाना, स्वादेश अादि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।