14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल रश्मि असफल May 2, 2008, 11:51 pm

जाँदैछु दूर भन्छौ नासो दिएर जाऊ
मेरो त छैन केही यो मन लिएर जाऊ
रोकेर हात थाम्यौ साथै म जान्छु भन्दा
सक्छौ भने त एक्लै जाऊ जिएर जाऊ
 
गर्नेछु आरती है सम्झेर फेरि देव
जाँदा सगूनको यो घुट्को पिएर जाऊ
 
पक्कै हुनेछ गाह्रो हाम्रो बिछोड खप्न
कोमल छ लौन मन यो छिट्टै सिएर जाऊ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।