18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यात्रा

कविता ओमप्रसाद घायल December 16, 2014, 12:18 am
ओमप्रसाद घायल
ओमप्रसाद घायल

जिन्दगीको गाडी लिएर

पश्चिम यात्रामा हि“डेको म

यतिखेर ठ्याक्कै तिम्रो गाउ“मास्थिर आइपुगेकोे छु प्रियदर्शिका

जस्केलोबाट हेर त

म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

हुनत यो जिन्दगीको यात्रा

तिमी र म

स“गसगै पुरा गर्ने एउटा सपना थियो

तर त्यो सपना सपनानै भएको छ ।

तिमी उही“ छुट्यौ प्रिय

मेरो गाडी गुडिर¥हो

म तिमीलाई पर्खेर बसिरहन सकिन

सायद हाम्रो सहयात्रा टुट्यो यही“बाट ।

प्रियदर्शिका

म सोचिरहेको छु

कति निर्दयी हु“दोरहेछ यो जिन्दगीको यात्रा

रोकेर पनि रोकन्न चाहेको वेला

नत छोडेर दौडिन सक्छु म तिम्रो सुन्दर गाउ“तिर ।

यसरीनै कतै बाध्यतामा

कतै विवशतामा तिमीजसरीनै छोडेर हि“डिरहेको छु मैले

आफ्ना थुपै प्रियजनहरुलाई ।

प्रियदर्शिका

कहिले यो किनार, कहिले उ किनार

उदिन्दै फाल्दै

नदीले बगाएको वौरेठाजस्तो

मेरो जिन्दगीको गाडी

ठोकि“दै कुच्चि“दै कहिले ओरालो झरिरहेको छ

कहिले उकोलो चढिरहेको छ

म हेरिरहेको छु यही जिन्दगीको गाडीबाट

मान्छेका प्राकृतिक र अप्राकृतिक सभ्यताहरु

मैले खोजिरहेको छु यो मानव भूगोलमा

मान्छेका अग्ला हिमालहरु

मान्छेका हरियाली पहाडहरु

र, सैलुङ्गेको काखमा सुगन्ध छर्ने

थरीथरीका मानवगुरा“सहरु ।

तर विडम्वनाको कुरा प्रिय

झनझन होचो हु“दैछ मानवकद

झनझन दुब्लो हु“दैछ मान्छेसंस्कृति......।

प्रियदर्शिका यो यात्रामा घरिघरि

म असन्तुष्ट छु मेरै नक्कली सपनाहरुप्रति

र तिनै भ्रामक सपना देख्ने आफ्नै अप्रिय आ“खाहरुप्रति

लाग्छ किन देखिरन्छन् आ“खाले

हु“दा नह“ुदा सपनाहरु ?

वा किन परित्याग गर्न सक्दैनन् आ“खाहरुले

आफैलाई तर्साउने सपनाहरु ?

यतिखेर म हराइरहेको छु प्रिय

कुरुप यादहरुको खण्डहरमा

किनकि, छाडि गएकाहरुको बेइमान यादलाई बचाएर

आ“खाले जस्तै मुटुले पनि त मलाई दुखाइरहेको छ यो यात्रा ।

तरपनि उसरीनै हरक्षण र हरवखत

म जीवनको बस लिएर

हि“डिरहेकोछु पश्चिम यात्रामा

कहिले कुन घुम्तीमा धसिएको छ

कहिले कुन मोडमा पुगेर भासिएकोछ

यो जिन्दगीको गाडी ।

प्रियदर्शिका

कति छिचोलिनसक्नु छ यो सपनाहरुको जङ्गल

कति भयलाग्दो र डर लाग्दो छ

यो जीवनको का“डाघारीे यात्रा

र कति संवेदनाहीन छ यो मानवभूगोल ।

प्रत्येक दिन

वेइमानको पहाड मुन्तिरबाट

क्रमश डुविरहेको छ मेरो भरोसाको जून

तरपनि यो थोत्रो गाडीमा बसेर

पुरा गर्नुनै छ प्रियदर्शिका यो जिन्दगीको यात्रा

र म त्यही जिन्दगीको गाडी लिएर

यतिखेर ठ्याक्कै तिम्रो गाउ“मास्थिर आइपुगेको छु प्रिय

जस्केलोबाट हेर त

म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।