सास छउन्जेल आश भन्छन्, त्यही सासले रोक्छ
तिम्रै हुँ भनिहाल्छौ कि कतै भन्ने आशले रोक्छ
गोरेटो गल्लि,दोबाटो,मोडमा भेट हुँदा
नदेखे झै गरौँ भन्छु,नजरको खासले रोक्छ
मधुर मुस्कानको अर्थ सोधौँ कसरी
बोलाउँदा नि तर्किन्छौ कि भन्ने त्राशले रोक्छ
सेकेन्ड ,मिनेट,दिन रात झझल्को सधैँ
के भनुँ खै अचेल त, आँ गरेको गाँसले रोक्छ
नरोप्नु रैछ रोपी हाले पिरती को बिउ
एकैछिन नदेख्दा नि टाढियौ कि भन्ने आभासले रोक्छ
कसरी पोखुँ यो बेचैनि, यो उकुस्मुकुस, यो जलन
खरानी नै बनेर रित्तिउ भन्छु,आर्यघाटको लास ले रोक्छ
भद्रवास्, काठमाडौं, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजि(NCIT)