तिम्रो मायाको
सम्भ्रान्ततालाई
मेरो मध्यमवर्गिय मनले
सम्हाल्न सक्दैन
त्यसैले,
तिम्रा अगाडि म
सँधै तुच्छ नै देखिन्छु !!
तिम्रो मायाको
असिमित मोति र मुगाहरु
हिरा र सुनका ढिक्काहरु
सँधै संगालेर राख्न खोज्छु
तर,
कता हो कता
फेरी हराईदिन्छु
एक दुई पला र तोलाहरु !!
तिम्रो,
आलिशान हृदयभित्र
मेरा झुपडिएका
पाइला राखिदिन्छु
अनि,
म हराउँछु
त्यसै त्यसै
तिम्रो विशालतामा
त्यहि हृदयभित्र !!
अब
तिमी नै भन
तिमि र म बिचको बिभेद
र,
फेरी एकपटक बिचार गर
के तिमि
यो मेरो मध्यमवर्गिय मन
स्वीकार्न सक्छौ ?
काठमाण्डौँ, नेपाल