19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा मान्छे

कविता कृष्ण कट्टेल January 2, 2015, 8:13 pm

आज पनि उनी

हराइरहेका थिए

मध्य दिनमा, टन्टलापुर घाममा

भिडभाडको बिचमा

मध्य निन्द्रामा ।

लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ

सोचिरहेका थिए भाग्य

अनि छोट्टिरहेको भविष्य ।

कहिल्यै दया नदेखाउने शहरमा

देखाइरहेको थियो सत्कार

उन्को मुस्कानले

पिल्सिएको शरीर र

थिच्चिएको शीरले ।

धेरैले सोच्दा हुन्

को होला यो सत्तरी बर्ष काट्नै लागेको जीवन १

उसले बोकेको नाम्लो डोरी

अनि डोरीसँगै लट्पटिएको अजंगको भारी १

उनको खाली खुट्टाले

ठेला फुटेको हत्केलाले

चाहुरिएको अनुहार र

दोव्रिएको पेटले कहिल्यै विद्रोह गरेनन्

बरु हाँसिरहे अभावमा पनि

बडेमान भारी उचालेर ।

म सोचिरहेछु

उसको सरकार कहाँ होला १

सन्तान कहाँ होलान्

अनि कहाँ होलान् भगवान १

जसले देख्छन् कि देख्दैनन्

यी उम्लिरहेका पसिना

फाटिरहेको मन्

अनि उध्रिएको भाग्य ।

आखिर कसले लिइरहेको छ

उसको परिक्षा रु

केश फुलिसकेर हड्डी खिइँदापनि

थकित मन् र अनुहार चाउरिसक्दा पनि

धेरै पहाड उचालेर पछार्दापनि

पास नहुने त्यो परिक्षाको

पूर्णाङ्क कत्ति हो ?

बर्षौदेखि फाटेको भोटो

र टालेको सुरुवाल देखेर

यो दुनियाले जे भनोस उसलाइ

तर म भन्छु उ मेरो गरु हो

उसकै संघर्षले बटुलिदिएको हो

म भित्रको आँट

जन्माइदिएको हो म भित्रको मान्छे

जो मान्छे लागिरहेको छ

पसिनालाइ पत्थर बनाउन ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।