रातहरुको रहस्य खोल्दा तर्किएर हिंडी काली
मैले छिल्लिएर बोल्दा झर्किएर हिंडी काली
कुरै सुन्न चाईन मेरो संगै रात बिताउँ भन्ने
आँसु पिई बाँच्नु भनि लर्किएर हिंडी काली
चिता माथि जले पनि तिम्रै लागि बाँच्छु भन्दा
कान थुनेर नटेरेरै कर्किएर हिंडी काली
वियोगले जले पनि बेहोस भई ढले पनि
पुलुक़्क हेरि परैबाट फर्किएर हिंडी काली
मर्न खोजें कालको मुखबाट जबर्जस्ती खोसी
आलो घाउमा नुन खुर्सानी छर्किएर हिंडी काली