16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पसिनाले देश बनाऊ

कविता पेशल आचार्य February 2, 2015, 5:29 pm
पेशल आचार्य
पेशल आचार्य

धेरै कुरा ग¥यौ तिम्ले

अब नयाँ काम गर ।

जनजनका हृदयमा

विश्वासका वीउ छर ।

दीगो संविधान बनाएर

लोकतन्त्रलाई उपहार देऊ ।

ह्रास भएको आफ्नो पुरानो

बाँकी इज्जत अब फिर्ता लेऊ ।

फेरि फेरि ढाँट्यौ भने

इमान–जमान खाग हुन्छ ।

घुमिफिरी आउँछ चुनाव

जमानत पत्तासाफ हुन्छ ।

अरू देश कहाँकहाँ पुगे

उठे, हिँडे र दौडिए ।

विकासका गति छाम्दै

सागर–सागर पौडिए ।

अब पनि भुल्याएर

जनतालाई तिमी

गर्छु राज भन्छौ भने

झर्दै जान्छौ तिमी ।

असिनाले होइन अब

पसिनाले देश बनाऊ ।

फुटाएर हुन्न बाबै !

एकतामा जनता जुटाऊ ।

विश्वग्राम संसारमा

नेपाल त्यस्तो देश बनाऊँ ।

सबै जाति अटाएर फूलबारी सजाऊँ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।