मुलुक भित्र-भित्रे गलेर झर्दैछ
लोकतन्त्रको सपना देखेर
राष्ट्र ने हराउँदैछ |
पु्र्खाको थात थलोबाट घरबार बिहिन हुदैछाैं
हामी गलेर झरिरहेका छो
दिन दिनै फ्यात-फ्यात झरिरहेका छौ
लोकतन्त्र बादरको हाथमा नरिबल भएको छ|
भ्रष्ट्र र डनहरुको स्वप्न नगरी भएको छ |
न्यायालय पनि डनहरुको बपौती भएको छ |
देश -देश टुक्रयाउने
षडयन्त्रको खेती भइरहेको छ |
देशभक्ति त छायाँमा पो परिरहेको छ |
देश यसबेला भीर-पाखामा हिडिरहेको छ |
मेरो देश खोजन हिडनु पर्ने भएको छ |
एउटा राजा फ्याकेर
सयकडौ देश लुटेरा र देशघाती पो भित्राएछौ
देश-देश चुडिदै छ |
चुडाल्ने कोशिस भइरहेको छ |
नयाँ नेपाली भित्राएर
मुलुकभरि हिंसा आतङको बाली लगाइरहेका छौ
एउटा राजा फ्याकेर
सयकडौ देश लुटेरा र देशघाती पो भित्राइरहेका छौ
बिराटनगर