19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कोपिला सत्याल February 6, 2015, 1:44 pm

मिल्यो मनको ताल्मेल् र त प्रेम रसायो

भयो मुटु सामेल र त प्रेम रसायो

तिम्रा कुरा सुटुक्क नै बुझ्न थालेँ र पो

चल्यो निजि चल्खेल र त प्रेम रसायो

नदेखेर नपाएर पनि सामिप्यमा

मिलेछ जाल्झेल् र त प्रेम रसायो

पहिलेका कुराहरु नगरेकै जाति

मन प¥यो अचेल र त प्रेम रसायो

तिमिलाई देखेर त त्यस्तो व्यथा भित्र

बग्यो मनको भेल र त प्रेम रसायो

मिल्यो मनको ताल्मेल् र त प्रेम रसायो

भयो मुटु सामेल र त प्रेम रसायो

काठमाण्डौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।