यो मुस्कान सँधैभरी रही रहोस जीवनमा
दु:खले छुन नपाउन रहेसम्म संसारमा ।
खुशी तिम्रो आफ्नो बनी सँधै साथ रहोस
हिमाल झैँ सुन्दर हिरा जस्तो चम्की रहोस,
तिमी हेरी चन्द्रसूर्य मुस्कुराउँन आकाशमा
दु:खले छुन नपाउन रहेसम्म संसारमा ।
फूलमा जस्तै साथ रक्षक काँडा होस सँधै
छेक्न नसकोस् बाटो नदी जस्तै बग सँधै,
आशै फुलोस निराश नहोस जिन्दगीमा
दु:खले छुन नपाउन रहेसम्म संसारमा ।