19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ऋषि बस्ताकोटी February 23, 2015, 10:29 pm

कहिलेकाहिँ त उसले माया गरे पनि हुन्थ्यो,

रिसाए झैँ मैलाइ आँखा तरे पनि हुन्थ्यो /

घुम्टोभित्र सजाएको यौवनको फूल,

त्यही फूल टिप्ने भूल गरे पनि हुन्थ्यो /

सबको भाग माथिबाटै लाग्छ भन्छन तर,

मेरो भागमा उसकै माया परे पनि हुन्थ्यो /

डेरा खोज्न कोही नआउँदै मेरो दैलोसम्म ,

मनको डेरा उसले यतै सरे पनि हुन्थ्यो /

कहिलेकाहिँ त उसले माया गरे पनि हुन्थ्यो ,

रिसाए झैँ मैलाइ आँखा तरे पनि हुन्थ्यो /

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।