19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आकाश चन्द ललित March 4, 2015, 11:23 pm

खोजी हिडे मायाको शहर,पागल बस्तिमा

गर्यौ भुल हानेर पथ्थर , पागल बस्तिमा!!

जति खुसी खोजेथे बाड्न,तिमी नै भनी

बिर्से आफू मारेर रहर, पागल बस्तिमा!!

सधै अन्धकार यहाँ,भयो मरु कि बाचु म

आएन फर्की बिहानी प्रहर,पागल बस्तिमा!!

चोखो माया बन्धन तोडि,दरबार रोज्यौ,

आउ प्रीया लिएर जहर , पागल बस्तिमा!!

पक्कै ढल्नेछ आकाश खस्नेछ हेरिराख्नु

लेखिनेछ मायाको कहर, पागल बस्तिमा!!

काठमाण्डौ, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।