मैले समाएको भूवां हल्का हावाले उडाइलग्यो|
मैले लाको मायाको डोरी समयले चुड़ाइलग्यो||
राखेपछि निकाल्न त सबैले नै निकाल्छ नि|
अर्काको लागि कसले आफ्नो घर अफाल्छ नि||
जिन्दगीको ममाथि एउटा ठुलो उपकार छ|
संसारले दे’को जति अरु सबै बेकार छ||
मैले माग्ने देवता आफै दान खोज्दै हिड्दो रैछ|
नपाउने कुराको चाहमा पाको भरले पिर्दो रैछ||
तिमीलाई नपाए मर्छु भन्ने फगत कुरा रैछ|
अधुरो र अपुरोले सबको जीवन पुरा रैछ||