18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की March 5, 2015, 7:31 am
राकेश कार्की
राकेश कार्की

पहाडको शीतल हावाले

पहिले मलाई छोयो

त्यसपछि तिमीलाई छोएर

माया भइ बह्यो

जता जता तिम्रो नजर

हरियाली छाउने

प्रतिबिम्ब भइ मेरो

आँखा भरि आउने

जता जता तिम्रो वदन

खुलिरह्यो किरण

उज्यालिएँ म पनि

ममा तिम्रो मुस्कान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।