19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल वीरेन्द्र खडका March 4, 2015, 11:39 pm

सजाउँ कहाँ राखूँ कहाँ भूइँमा कतै ठाउँ छैन

सस्तो भयो जिन्दगानी बजारमाझ भाउ छैन।

कहिलेकाही एउटा चिठ्ठी लेखूँ भन्छु शहरबाट

ठेगानामा पुग्ने कुनै तिम्रो पनि गाउँ छैन।

अनायसै डाको छोडी रून मलाई आउछ तर

आजसम्म रूको छुइनँ रूलाई दिने घाउ छैन।

बसन्तको उल्लासमा आयो आँधीबेरी कठै!

सागरमाझ जिन्दगानी तार्ने कुनै नाउ छैन।

नक्सा कदमको कसोगरी कोर्छौ भविष्यमा

पखेटा छ मान्छेको भूइँमा हिँड्ने पाउँ छैन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।