19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साक्षी

कविता नारायण श्रेष्ठ May 17, 2008, 12:03 pm

म एउटा  
प्रत्येक विहान उदाउदै साझ ओईलिएर झर्ने घामको प्रतिक भएको छु  
सडकमा पोखिने धुवाँका अराजक पाईला टेकेर
गुमनाम वितेका दिनहरुको पदचाप केलाउने
समयको जवरजस्त साक्षी भएको छु ।
 
 
नाघ्नु पर्ने पर्खाल र जित्नुपर्ने दूरीहरु छन
कालो पहेंलो र गहुगोरो छालाको  रंगमा टासिएका परिचयपत्रहरु छन
'अप्रिल आन्दोलन' को चर्को आवाज र प्रतिगमनको डरलाग्दो भेल
चैतको हुरीमा झरेको सालको पात
सालाखाल एउटा नेपाली दैनिकी  
जो कुपोषणको महासमर पार गरेपछि फेरि ग्याष्ट्रिकको भोकमरीमा परेको छ  ।
 
 
भीरै भीरको वाटो हिड्नु जस्तो छ  
लौरो समातेर समयकोँखवर्दारी गर्नुपर्ने गौंडाहरुमा  
हातेमालो गर्दैछनँविजातीय नस्लहरु  
"एकाकार" कठीन छ यो धमिलो अंध्यारोमा  
 
हामी िहंडेको यो गोरेटो
आदिकालको (प्लेटोनिक अंधकार हुंदै) भुमण्डलीकरणको 'उत्तरआधुनिक' जालोसम्म फैलिएको छ  
यही वाटो िहंडेका हुन साढे दुई शताव्दी शासन गर्ने वंशजको खुकुरी
यही वाटो िहंडेको हो जंगबहादुरको यूरोप यात्रा गर्ने घोडा, गाई, वाच्छी र पीपल वोट
र समुल नष्ट गरिएको अन्तिम राजाको अस्थि वोकेर हौदा कसेको हात्ति
यही वाटो हिडेका हुन
नामूद गुण्डागर्दीको नाईके डन
पुलिसको साईरन
शरदको वुकी फूल र पवित्र गंगाजल  
… प्रत्येक पदचिन्हका साक्षीहरु छन  ।
 
 
समयका यी  टुंगोहरु
नमेटिने रगतको रंगले अव लेखिने छ 
चर्को घाम र प्रचण्ड गर्मीमा पनि  
सडकमा बलेको  टायर र धुवाको वादलले नछोपिने गिर
'सेरेमोनियल' गन्ध पखालिन झरि पर्छ - सायद
अव मलाई नया नेपालको साक्षी हुने रहर छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।