स्वप्निल पङ्खको भर उडिरहेकी थिए
कसैले इन्द्रेणी रङ्ग चोरिदिएपछि, भएँ–
चरी म बिचरी ।
विश्वासको एक झुण्ड बादलमा
बाजको साम्राज्यले
घातमा बिछोड सिम्रिक मिराज बनाउदैँ
त्यागी रातो रङ्ग लुटिदिएपछि
खुशियाली हरियोबाट
सत्यताको निलो रङ्ग पखालिएर
पहेँलो भएको जिन्दगी हराउदा, भएँ–
चरी म बिचरी ।
अझ पनि हारेरपनि जितको पहिचान स्थापित गर्न
कालो जस्तै लाग्ने गाढा निलो क्षितिजमा
न्यायको बैजनी रङ्ग प्राप्त गर्न–
स्वच्छ÷सफा सेतो माया पाउन–
चोरिएको इन्द्रेणी रङ्ग खोसेर लिन–
फेरि एकपटक,
स्वप्निल पङ्खको भर उडान भर्न थालेकी छु –
चरी म बिचरी ।
हेटौंडा–१