14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

माफ गर्नुहोस् महाशय

कविता सबिना सिन्धु March 9, 2015, 2:33 am

माफ गर्नुहोस् महाशय,

कुनै ‘कथित सत्य’ (हरु) धु्रवसत्य होइनन् ।

दाखिला हुन आएका सामाग्री, ती नमूना होइनन् ।

कसले बनायो मिथ्या प्रमाण, लगायो अड्डाको छाप ?

कसले किर्ते ग¥यो हाकिमको सही ?

कसको रोहवरमा बोल्यो सबुद !

कसले ग¥यो अक्षरमा केरमेट ?

भ्रमपूर्ण रुपले जनायो ब्यक्तीको पहिचान !

कसले राख्यो पक्ष र विपक्ष बीचमा साक्षी ?

अहँ म देख्दिन शंख वा चक्र अङ्कित भएको

औंठाको प्रष्ट पहिचान ।

माफ गर्नुहोस् महाशय,

किन लेखियो मनगणन्ते लेखाई ।

बुझ्नै सकिन, कसले किर्ते ग¥यो हाकिमको सही ?

कसको रोहवरमा बोल्यो सबुद !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।