17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनुभवसिद्ध अनुभूतिको उत्कृष्ट सङ्ग्रह: सिर्जना र दृष्टिकोण

कृति/समीक्षा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल March 9, 2015, 4:04 pm
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

अङ्ग्रेजी र राजनीतिशास्त्रमा एम.ए. र बी.एल. गरेका उच्चशिक्षित व्यक्तित्व सूर्य सुवेदी (२००५, तेरथुम) लाई परिचयको लागि खुर्सानीको माला लगाइरहनु पर्दैन । यिनले सामाजिक क्षेत्रमा पुलपुलेसा, कुलो आदि बनाएर, साहित्यिक क्षेत्रमा सूर्य सुवेदीका कथाहरू (२०६८), दिशाहीन यात्राहरू (२०६९, उपन्यास) जस्ता कृति प्रकाशित गरेर अनि अन्य क्षेत्रमा चेतनामूलक सडकनाटक लेखी प्रदर्शन गरेर तथा विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमा आधारित प्रशस्त लेखरचना लेखेर साहित्यिक र समाजसेवी व्यक्तित्वका रूपमा आÇनो पहिचान बनाइसकेका छन् ।

जीवनको लामो समयसम्म प्रशस्तै साहित्यिक एवं सामाजिक अनुभव स“गालेका सूर्य सुवेदीको सिर्जना र दृष्टिकोण (२०७०) नामक अन्तर्वार्ता सङ्ग्रह प्रकाशित भएको छ । नेपाली साहित्यका साथै विभिन्न क्षेत्रमा ख्याति कमाएका ५२ जना पुरुष र ७ जना महिला गरी ५९ जना व्यक्तिस“ग विभिन्न समयमा लिइएका अन्तर्वार्ताहरूको सङ्ग्रहका रूपमा प्रकाशित यस पुस्तकको प्रकाशन हिमालय बुक स्टलले गरेको हो । अगाडिपटिको गातामा सम्बद्ध व्यक्तिहरूको हस्ताक्षर तथा पछाडिपटि १२ जना व्यक्ति (पुस्तकभित्रै समेटिएका) का सङ्क्षिप्त अभिव्यक्ति राखिएको सुन्दर आवरणमा आवेष्टित यस कृतिको आयाम ६२६ पृष्ठमा विस्तारित छ । अभि सुवेदीबाट सुरु गरी स्वामी प्रपन्नाचार्यमा समापन गरिएको यस पुस्तकमा समाविष्ट अन्तर्वार्ताहरूको विन्यास वर्णानुक्रममा गरिएको छ र यसलाई एउटा वैज्ञानिक आधार मानिन्छ । यस कृतिका माध्यमबाट सूर्य सुवेदीले आपूmलाई एउटा कुशल अन्तर्वार्ताकार व्यक्तित्वका रुपमा स्थापित गर्न सफलता प्राप्त गरेका छन् ।

यसमा समाविष्ट अधिकांश व्यक्तिहरूलाई भेला गरी २०७० फागुन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा यस कृतिको विमोचन गरिएको थियो । त्यसै दिन प्रज्ञा डबलीमा गरिएको फोटो सेसनलाई एउटा ऐतिहासिक घटना मात्र नभई अद्भूत संयोग पनि मान्नुपर्छ । त्यस उमेर समूहका त्यति धेरै मान्छे एउटै थलामा जम्मा गर्नु चानचुने काम थिएन । नेपाली सञ्चार माध्यमले पनि अत्यधिक महŒव दिएको यो एउटा सा“च्चिकै ऐतिहासिक कार्यक्रम थियो । त्यस भव्य, सभ्य र नव्य कार्यक्रममा नब्बे वर्ष काटिसकेका आधा दर्जनजति व्यक्तिले कृतिको विमोचन गरेका थिए भने कृतिको विवेचना गर्ने अवसर यस पङ्क्तिकारलाई प्राप्त भएको थियो ।

यस कृतिमा सङ्कलित अन्तर्वार्तामध्ये महानन्द सापकोटा, यदुनाथ खनाल र विजय मल्लका अन्तर्वार्ता २०३० सालमै पत्रपत्रिकामा प्रकाशित र अरू सबै २०६९–२०७० सालमा लिएका नया“ अन्तर्वार्ता हुन् । यी तीनजनाबाहेक कृति विमोचनका दिनसम्म जगदीश घिमिरे, भानुभक्त पोखरेल र माधवलाल कर्माचार्य बितिसकेका थिए भने त्यसभन्दापछि कृष्णप्रसाद पराजुली, क्षेत्रप्रताप अधिकारी बितिसकेका छन् । यसरी जीवनको उत्तरवयमा पुगेका वृद्ध पुस्ताका व्यक्तिहरूका अनुभवलाई समेटेर तिनका सकारात्मक पक्षलाई बढी प्रश्रय दिई तयार पारिएको यो कृति नेपाली साहित्यकै क्षेत्रमा निकै उपलब्धिपूर्ण कृति बन्नपुगेको छ ।

दीर्घजीवन बिताएर विभिन्न क्षेत्रमा प्रशस्तै अनुभव स“गालेका व्यक्तिहरूका सिङ्गो जीवनबाट खारिएका परिपक्व अनुभवलाई खोतलखातल गरी एकै ठाउ“मा प्रस्तुत गर्ने प्रयास गरिएको यस कृतिमा समाविष्ट कतिपय व्यक्तिका वैयक्तिक गुनासा एवं गन्थनमूलक अभिव्यक्ति पाइए पनि धेरैजसो अनुभवसिद्ध ज्ञानको भण्डारका रूपमा आएका छन् । यसमा समाविष्ट व्यक्तिहरूले अनुभूतिजन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्दर्भका साथै वैयक्तिक दृष्टिकोण एवं मान्यताहरू पनि बताएका छन् र तिनीहरूले भोगेको युगका विविध पक्षलाई नजिकबाट बुझ्न यो कृति निकै उपयोगी बन्नपुगेको छ ।

यति धेरै व्यक्तिहरूलाई प्रत्यक्ष भेटेर लामै समय गफ गरी यति धेरै सामग्री सङ्कलन गर्नु ज्यादै कठिन कार्य हो । यस्तो कष्टकर कार्यलाई पनि सूर्य सुवेदीले सहजताका साथ उत्कृष्ट ढङ्गमा सम्पादन गरेका छन् । यसमा प्रत्येक व्यक्तिका भनाइका कुनै खास वाक्यात्मक वा अर्धवाक्यात्मक अंशलाई शीर्षकीकरण गरी प्रत्येक व्यक्तिको तस्बिरसमेत राखेर तिनीहरूका दृष्टिकोणहरूलाई प्रस्तुत गरिएको छ । अन्तर्वार्ता लिएर मात्र पुग्दैन त्यसलाई सुसंयोजन र सुव्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्छ । यसतर्पm अन्तर्वार्ताकार सुवेदीले पर्याप्त ध्यान पु¥याएका छन् । यसतर्पm अन्तर्वार्ताकार सुवेदीले पर्याप्त ध्यान पु¥याएका छन् ।

यस कृतिमा समाविष्ट सबै व्यक्तिका अन्तर्वार्तालाई तीन भागमा प्रस्तुत गरिएको छ । हरेक व्यक्तिको अन्तर्वार्ता प्रस्तुत गर्नुभन्दा अगि सम्बद्ध व्यक्तिको मूलतः साहित्यिक परिचय दिइएको छ, बीच भागमा विभिन्न प्रश्न सोधी तिनको उत्तर लिइएको छ भने अन्त्यतिर अन्तर्वार्ताकारका वैयक्तिक अनुभूति दिइएको छ । यसरी हरेकका अन्तर्वार्तालाई अग्र भागमा परिचय, मध्य भागमा सम्बद्ध व्यक्तिका विचार र अन्त्य भागमा आÇना अनुभूतिको प्रस्तुति एकरूपताका साथ गरिएको छ ।

अग्रज र अन्त्य भाग अक्षरलाई इटालिक गरिएको छ भने मध्यभागमा नर्मल गरिएको छ । प्रश्न सोधाइमा एकरूपता छैन, व्यक्तिले विशिष्टता हासिल गरेका क्षेत्रअनुरूप एकरूपता हुने कुरा हु“दैभएन । ठाउ“ठाउ“ प्रश्न सोधाइको व्यतिक्रमले गर्दा पाठक झुक्किने स्थिति देखिए पनि प्रायःजसोका अभिव्यक्तिले औपन्यासिकता प्राप्त गरेको छ ।

सूर्य सुवेदीद्वारा तयार पारिएको यस कृतिलाई सामान्य अन्तर्वार्ता सङ्ग्रहका रूपमा मात्र नलिई वृद्ध उमेरका अनुभूतिजन्य परिपक्व अनुभूतिका रूपमा लिनुपर्छ । यसमा समावेश गर्नुपर्ने केही व्यक्तिहरू छुटेको देखिए पनि समाविष्ट व्यक्तिहरूको चयनमा भने आग्रह–पूर्वाग्रह देखिन्न । वर्तमान नेपाली सन्दर्भमा यसलाई महŒवपूर्ण कार्य ठान्नुपर्छ ।

अन्तर्वार्ताकार सुवेदीले सम्बद्ध व्यक्ति र कृतिका बारेमा राम्रो अध्ययन गरिसकेपश्चात् मात्र अन्तर्वार्ता लिएको देखिन्छ । सम्बद्ध व्यक्तिस“ग अन्तर्वार्ता लिन जानुअगि नै तिनका बारेमा निकै सोधखोज र अनुसन्धान गरेर मात्र तिनीहरूस“ग प्रश्न सोध्ने काम गरिएको कुरा सोधिएका विभिन्न प्रश्नहरूबाटै स्पष्ट हुन्छ । पूर्ण तयारीका साथ अन्तर्वार्ता लिएको यस कृतिमा अन्तर्वार्ताको तयारीकै लागि पनि सूर्य सुवेदीले आÇनो जीवनको निकै समय खर्चेको देखिन्छ । प्रश्नको व्यतिक्रम, ठाउ“ठाउ“ भाषिक कसरमसर आदि पाइए पनि समग्र कृतिको ओजले तिनलाई किनारा लगाएको छ ।

सूर्य सुवेदीले ऋषितुल्य पितृपुस्ताका व्यक्तिहरूको अनुभवलाई एकै ठाउ“मा समेट्ने स्तुत्य कार्य गरेका छन् । यसको सबैले मुक्त कण्ठले प्रशंसा गर्नैपर्छ । झट्ट हेर्दा यसमा महिलाहरूको सङ्ख्या कम देखिए पनि महिलाहरू कम परे भनेर गुनासो गर्नु आवश्यक छैन किनभने यस क्षेत्रमा महिलाको सङ्ख्या नै कम छ, भएका प्रायः परेकै छन्

नेपालीमा अन्तर्वार्ता सङ्ग्रह नै नभएको स्थिति भने होइन । कतिपयले लिएका र कतिपयले दिएका दुवै खाले अन्तर्वार्ताका पुस्तकाकार कृति केही मात्रामा प्रकाशित भएको देखिए पनि यति बृहत् क्षेत्र समेटेर अहिलेसम्म अन्य कृति छापिएका थिएनन् । २०२३ सालमा प्रकाशित उत्तम कु“वरको स्रष्टा र साहित्यपछि देखापरेका अन्तर्वार्ता सङ्ग्रहहरूमा यो नै उत्कृष्ट देखापर्छ । यस अर्थमा पनि सूर्य सुवेदीका प्रस्तुत कृतिको प्रशंसा खुला दिलले गर्नुपर्छ ।

यस्तो सुन्दर कृति तयार गर्ने सूर्य सुवेदी र छाप्ने हिमालय बुक स्टल दुवैको काम सराहनीय भएकाले दुवैलाई हृदयदेखि नै धन्यवाद दिनैपर्छ । नेपाली साहित्यस“ग सम्बद्ध मात्र नभएर अन्य क्षेत्रस“ग सम्बद्ध व्यक्तिहरूका लागि पनि यो कृति पठनीय एवं सङ्ग्रहणीय छ । सूर्य सुवेदीको भैm“ सेवानिवृत्त अन्य व्यक्तिहरूले पनि यस्तै सकारात्मक र सिर्जनशील कार्यमा समय खर्चनु राम्रो हुन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।