19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली पथ

कविता कृष्णराज बजगाईं July 31, 2015, 6:35 am

भाषा भेष जलाउन्या मुलुकको तत्वै सुकाई लिन्या ।

आफ्नो नष्ट गरी परत्रहेरुको सेवा महा मन् दिन्या ।।

विरुप् व्याकर्णको गरी जगतमा लाजै नमानी रति ।

भाषा सेवकको मुकुट् पहिरिन्या हिड्न्या कति छन् कति ।।

ह्रस्व दीर्घ विलुप्त पारीकन झन् घुस्यो अराजक् नीति ।

मोटो पेट चिर्यो सबै स हुन गो विग्र्यो रीति औ स्थिति ।।

तत्सम् तद्भव शत्रुका रुप भया झर्रो भयो झन् ठूलो ।

यही आत्मविध्वंस दुष्ट मतिले भाषाभयो झन् धुलो ।।

भाषा लुप्त गरी देशै हरी लिन्या पथ्मा बढ्यो दुर्मति ।

तिम्रै सन्ततिका विध्वंस मतिले शालिक् टुट्या झन् कति ।।

क्ष को छे भई ज्ञ को ग्य हुन गयो अक्षर् मर्या हर घडी ।

भाषाको वदहाल देखी लोकमा रुन्थ्यौ तिमी धर् धरी ।।

पुस्तकहेरु जलाई भष्म तनमा घस्न्या बढ्या वेस्सरी ।

भाषा मारी विगारी देश् वेची लिन्या छल्छाम केवल् गरी ।।

भाषा रक्षक भक्षकै हुन गया आफ्ना पराया भया ।

भाषा नष्ट गर्या भलादमी हुन्या पथ्मा नेपाली गया ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।