17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बस्नेत सागर August 14, 2015, 1:52 pm

पुग्यो मलाइ हिड्दिन भो, कोहि राम्रोसँग

अब भेडो, भेडोसँग! बाख्रो बाख्रोसँग

म मान्दिनँ, दुनियामा एक्लो कोहि होला

बात मार्छिन मेरी आमा सधैं गाग्रोसँग

ए सरकार! अब तैंले के को कर लिन्छस?

शीर धुरी भत्किएको मेरो छाप्रोसँग

आजभोली अचम्मको बिमार लागेको छ

ऐना हेर्छु अनि रिस उठ्छ पात्रोसँग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।