19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवन लिला

कविता तिलक कार्की August 14, 2015, 2:00 pm

शिशिरको तुषारपात अनि ग्रिष्मको पतझड

उजाडसँगै नैराश्यता, निर्धनता र नाङ्गोपन

चराहरुको गुँड सबार, अनि सूर्यको मलीन मुहार

पहेँलीएर झरेका पातहरु,

काँडामात्र रहेर बँचेका फूलका हाँगाहरु

बैंसको मातले संसार लत्याउने जवान

लौरो र नातिको साहारामा आँगनमा छ,

यी परिदृष्यको भ्रमको भरिया भएर बाँचिरहेछु,

हरियालीको वसन्त हेर्ने अभिलाषामा

काँडाहरुको बीचमा फूल देख्ने सपनामा

गायक चराहरुको आगमनमा

झुल्के उषा किरण, पूर्ण सूर्याभूति

नयाँ विहान अनि नयाँ दिनको प्रतिक्षामा

सुकेका मुहान रसाउँने आशामा

भुलिरहेको विचरा म आशे दिन विताउतै गरेको

काल पर्खेर बसेको मानव,

भ्रमहरु साँचेर, आत्माको मृत्युवरण गर्न नसकेको

मृत्यु कुरिबसेको मानव ।।

पकरवास २ रामेछाप

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।