हरेक यात्रीका गति रोक्दै हिड्छौ !
नजाने गांउको बाटो सोद्धै हिड्छौ !
कि म पत्झडमा रम्दा असह्य भो?
झरेक पातमा रङ्ग पोत्दै हिड्छौ !
सुन्दै छु आफ्नै बारेका नयाँ कथा :
हुँदै नभएका कुरा बोल्दै हिड्छौ !
आउंदा जांदा बेवास्ता हुन थाल्यो -
गल्लीमा नक्कली खोकी खोक्दै हिड्छौ !
शिर भारी भएको या भक्ती भाब ?
मूर्ती जस्तो देखे जती ढोग्दै हिड्छौ !
थोत्रो गाडीको सिटमा नंया यात्रा !!
रोक्ने ठांउमा गन्तब्य खोज्दै हिड्छौ !
बोनस शेर:
(भीरबाट लड्दा चोट कांहि नाई
घाईते पार्न ऊचाई खोज्दै हिड्छौ !)