19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निता कार्की August 31, 2015, 6:06 am

तिमी मलाई कम सम्झन सक्छौ

या तिमी हरदम सम्झन सक्छौ

यो सब तिम्रो कुरा हो म के भनूँ

फूलको थँगा वा बम सम्झन सक्छौ

म त मायाले नै चुम्ने गर्छु सँधैं

तर तिमी लाहा वा गम सम्झन सक्छौ

म त दुःखी मान्छे वह पोख्छु मनको

बुझाइ हो, रमझम सम्झन सक्छौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।