उजेली खोज्ने ए मेरा हजुर, भनन तिमी छौ कहां
भोकै पो छौ कि, कि छौ तिमी लडाईंको मैदानमा ।
त्यो तिम्रो अांखाले नयां नेपालकै सपना देख्दछ
बैरीको जालमा प¥यौ कि कतै यो मन तडपिन्छ ।
अंधेरी रात बर्षात्को बेला रुभ्mयौ कि यात्रामा
लड्दैछौ लडाई आपैmलाई बिर्सी जनताकै मायामा ।
खोइ बाबा भनी सानी र भुण्टे हरदम सोध्दछन्
दुश्मनका जासुस बन्दूक भिरी तिमीलाई खोज्दछन्
रातो झण्डा फर्पmराउनु तिमीले बैरीहरुकै माझमा
तिमीले हिंडेको बाटो छ असल हामी छौं साथमा ।
तरहरा (सुन्सरी)