18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सुरेन्द्र महर्जन अमर August 31, 2015, 2:17 pm

माया लाग्छ मलाई आफू जन्मेको देश नेपाल

म रहूँ न रहूँ बाँची रहोस् सँधैभरि देश नेपाल ।

दुई दिनको जिन्दगानी बिताउँ सँधैभरी हाँसेर

म चाहन्छु बाँच्न सबै सँग मायाप्रीति गाँसेर

सबेरै सूर्य उदाँएको अनि हाँसेको होस हिमाल

म रहूँ न रहूँ बाँची रहोस् सँधैभरि देश नेपाल ।

चन्द्र तारा चम्कि रहोस् नेपाली जनता भएर

समय र नदी जस्तो अघि बढोस् एक भएर,

बाचूँन्जेल देख्न पाउँ हाँसेको सुन्दर नेपाल

म रहूँ न रहूँ बाँची रहोस् सँधैभरी देश नेपाल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।