14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली वर्ण विन्यासको सुधारका दिशामा चन्द्रगढी घोषणा पत्र २०६६ र यसको सान्दर्भिकता

विचार प्रा. डा. हेमाङ्ग राज अधिकारी August 31, 2015, 1:45 am

झापाको चन्द्रगढीमा २०६६ चैत २८–२९ मा देशका विभिन्न भाग र दार्जिलिङ, सिक्किम समेतबाट आएका साहित्यकारका बिच एउटा भव्य साहित्यिक जमघटको आयोजना गरिएको थियो । उक्त अवसरमा झापाको चन्द्रगढीमा बसी नेपाली साहित्यमा साधनारत प्रसिद्ध झर्राेवादी साहित्यकार चूडामणि रेग्मीको नागरिक अभिनन्दन गरिनुका साथै नेपाली भाषाको लेखनमा झल्दोबल्दो समस्याका रूपमा रहेको नेपाली वर्ण विन्यासका सम्बन्धमा छलफल गरी निष्कर्षका रूपमा नेपाली वर्ण विन्यासका सम्बन्धी चन्द्रगढी घोषणा पत्र २०६६ जारी गरिएको थियो ।

साहित्यकार तथा भाषाविद्हरुका माझमा नेपाली लेखनमा प्रायः अन्योलको विषय बन्ने वर्ण विन्यासका बारेमा उक्त घोषणा पत्रले नेपाली लेखनका लागि एउटा ठोस दिशा निर्देश गरेको अनुभव भएको छ । घोषणा पत्रले नेपाली वृहत् शब्दकोश २०४० ले सुरु गरेका मान्यतालाई पुष्टि गर्दै त्यसमा देखिएका अपवादलाई कम गर्ने र यस क्षेत्रमा सुधार एवम् परिष्कार गर्ने क्रममा थप पक्षलाई समेत औँल्याएको देखिन्छ । १८ बुँदे घोषणा पत्रका बुँदाहरुलाई यहाँ केही स्पष्टीकरण एवम् व्याख्या सहित प्रकाश पार्ने जमर्को गरिएको छ ।

१. वर्ण विन्यास सम्बन्धी नियममा तत्सम शब्दहरु तत्समकै नियम बमोजिम लेख्ने ।

नेपाली भाषाको माउ भाषा संस्कृत भएको र यसबाट जस्ताको तस्तै आएका शब्दहरुलाई जुनसुकै आधुनिक आर्य भाषाहरुमा मूल संस्कृत जस्तै वा तत्समान लेखिने हुँदा नेपालीमा पनि यिनलाई सोही अनुरूप लेख्नु उचित ठानिन्छ । यस कुरालाई परम्परागत नेपाली लेखन, व्याकरण र शब्दकोशहरुले पनि अनुसरण गर्दै आएको विदित नै छ । हाम्रो समाजमा संस्कृतको पठन पाठनको लामो परम्परा चलि आएको र यसले सामाजिक तथा सांस्कृतिक महत्त्व समेत पाएको सन्दर्भमा पनि यो कुरा मननीय छ । अझ यस्ता शब्दलाई नेपाली भाषाको आप्mनो पुख्र्यौली सम्पदा ठानिने हुँदा यिनले सोही अनुसारको विशिष्ट स्थान र मान्यता पाउनु अस्वाभाविक देखिँदैन ।

२. तत्सम बाहेक तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास तद्भव अनुसार नै लेख्ने ।

तद्भव शब्द नेपालीका मौलिक पहिचान हुन् । नेपाली भाषाको खसोखास मौलिक विशिष्टता यिनै शब्दभित्र निहित रहेको छ । यिनको प्रवर्धन तथा विस्तार गर्नु नेपाली भाषाको मौलिकताको संवर्धन तथा संरक्षण गर्नुृ हो । संस्कृतबाट आए पनि यी अग्निबाट आगो भएर आए, हस्तबाट हात भए, गृहबाट घर भए, पत्रबाट पात भए, मिष्टबाट मिठो भए, भगिनीबाट बहिनी भए । यिनमा आप्mनै खालको मिठास छ । तसर्थ यिनलाई जोगाउन झर्रोवादीले हत्ते हाले । हाम्रो आँखा उघारि दिए । यस्ता शब्द नै हाम्रा पेवा हुन् । मातृभाषीहरुको बोलीबाट यस्ता शब्दहरु टिपीटिपी बढीभन्दा बढी प्रयोग गर्न प्रोत्साहित गरिनु आवश्यक छ ।

बाह्य स्रोतबाट आएका शब्दहरूलाई आगन्तुक भनिन्छ । यस्ता शब्दहरु अनेक भाषाबाट आएका हुन सक्छन् । यिनको संरचना र प्रकृतिमा प्रशस्त अनेकता हुन्छ । स्रोतगत विविधताले पनि यिनका बिचमा साझापन कमै हुन्छ । यिनलाई आ–आप्mनो स्रोत अनुसारको हिज्जेमा लेख्दा नेपालीमा प्रशस्त अनेकरूपता देखिन आउँछ । प्रत्येक भाषाको उच्चारण र लेखनको प्रचलनलाई जस्ताको तस्तै अनुसरण गर्न सम्भव पनि हुँदैन । सम्भव भए पनि आप्mनो भाषाको निजीपनको संरक्षण तथा संवर्धनका दृष्टिले त्यस्तो गर्नु सान्दर्भिक ठहर्दैन । तसर्थ आगन्तुक शब्दहरुलाई आप्mनो भाषाको मौलिक विशेषताभित्र अनुकूलित हुने खालको वर्ण विन्यासमा लेखिनु तार्किक दृष्टिले पनि सुसङ्गत हुन्छ । यस्ता शब्दहरूको लेखनमा देखिएको अनेकरूपतालाई कम गर्ने ठोस प्रयास नेपाली वृहत् शब्दकोश २०४० बाट नै सुरु भएको हो । त्यसलाई पछिल्ला प्रयासहरुले अझ अगाडि बढाउँदै लगेको देखिन्छ ।

कुनै पनि जीवन्त भाषाको शब्द भण्डारमा कुनै एक वा दुई भाषाका मात्र शब्द हुँदैनन्, धेरै भाषाका शब्दहरुले योगदान गरेका हुन्छन् । तर तिनले आ–आप्mनै स्रोत भाषाको पहिचान लिएर प्रयुक्त हुँदा तिनमा विमात्री स्वरूपको झझल्को रहि रहन्छ । यस्तो स्थिति धेरै समय रहनाले मौलिकतामा असर पर्न सक्छ । तिनले ढिलोचाँडो आधात्री भाषाको उच्चारण र हिज्जेमा अनुकूलित हुँदै जानु आवश्यक हुन्छ । यसो भएमा नै नेपाली भाषाको मौलिकता प्रवर्धनमा बल मिल्छ । त्यस कारण आगन्तुक शब्दहरुलाई स्रोत भाषामा जे जस्तो हिज्जेमा लेखिए पनि नेपालीमा तद्भव शब्दको वर्ण विन्यास अनुसार लेख्ने प्रचलनलाई प्रोत्साहित गरिएको हो ।

३. तद्भवको वर्ण विन्यासमा मानक उच्चारणलाई प्राथमिकता दिने ।

विशेषतः नेपाली भाषाका तद्भव शब्दहरुमा स्थानीय र वर्गीय भेद प्रशस्त भेटिने हुन्छन् । त्यसैले एउटै शब्दका पनि स्थानीयता र वर्गीयताका आधारमा वक्ताको बोलीमा फरक पर्छ । उदाहरणका लागि भको, भाको, भेको, भएको, भयको, भयाको मध्ये लेख्य भाषाका लागि ‘भएको’ को छनोट हुनु, अम्लो, अउँलो, औँलो, उम्लो मध्ये ‘औँलो’ को छनोट हुनु वा जम्रो, जउँरो, जुम्रो, जौँरो मध्ये ‘जुम्रो’ को छनोट हुनुमा मानक उच्चारणलाई प्राथमिकता दिएको मान्न सकिन्छ । यसबाट नेपालीमा पनि कथ्य मानकले अलग्गै पहिचान बनाउन थालेको अनुभव हुन्छ । यस्तो कथ्य मानक स्थानीय र वर्गीय भेदभन्दा केही फरक भएर लेख्य भाषाको निकटतामा विकसित भएको हुन्छ ।

४. वर्ण विन्यासमा अपवाद वा वैकल्पिक प्रयोगलाई न्यूनीकरण गर्ने ।

कतिपय तत्सम, तद्भव र आगन्तुक शब्दहरुमा एउटै शब्दलाई पनि भिन्न भिन्न स्वरूपमा लेख्ने गरिन्छ । यो लेखे पनि हुने वा त्यो लेखे पनि हुने छुट केही शब्दका हकमा प्रचलित रहेको हुन्छ । लेखनमा एकरूपता कायम गर्न यस्तो अपवाद वा विकल्प कम गर्दै लैजानु आवश्यक पर्छ । उदाहरणका लागि तत्सम शब्दहरुमा बिन्दु÷विन्दु बाण÷वाण जस्ता केही शब्दमा व÷ब जुन लेखे पनि हुने छुट प्राप्त छ । यस्तै औषधि÷औषधी, आवलि÷आवली, युवति÷युवती जस्ता शब्दमा पनि वैकल्पिक लेखन भेटिन्छ । यिनबाट लेखनको सरलताका दृष्टिले क्रमशः ‘विन्दु, वाण, औषधी, आवली, युवती’ को छनोट गरेमा वैकल्पिक प्रयोग कम गर्न सहयोग नै पुग्छ । यस्तै सक्दछ÷सक्छ, गर्दछ÷गर्छ मध्ये ‘सक्छ, गर्छ’ को प्रयोगलाई प्रोत्साहित गर्न सकिन्छ । संवद्र्धन, प्रवद्र्धनका सट्टा संवर्धन, प्रवर्धनको प्रयोग गर्नु पनि वैकल्पिक प्रयोगको न्यूनीकरण नै हो ।

५. तद्भव र आगन्तुक शब्दमा पातलो स मात्र प्रयोग गर्ने, ञ, ण, क्ष, ज्ञ, ऋ को प्रयोग नगर्ने ।

परम्परागत नेपाली वर्णमालामा उल्लेख भए पनि श ष तद्भव र आगन्तुक शब्दको उच्चारणमा देखिँदैनन् । त्यसैले लेख्य रूपमा यिनको प्रयोग तत्सम शब्दमा मात्र सीमित रहनु स्वाभाविक मानिन्छ । मस्टो, खास्टो, अस्टपस्ट, मास्टर, सिफारिस, कोसिस जस्ता शब्दमा एउटै पातलो स प्रयोगमा ल्याउनु यथेष्ट छ । यस्तै तद्भव र आगन्तुक शब्दको उच्चारणमा ञ, ण, क्ष, ज्ञ, ऋ जस्ता वर्णको प्रयोग नै हुँदैन । त्यस स्थितिमा लेखनमा यिनको प्रयोग गर्न खोजिएमा अनावश्यक बोझ बढाउनु मात्र हुन जान्छ । यस्ता वर्णले संस्कृत वर्णमालाको मात्र प्रतिनिधित्व गर्ने हुनाले यिनलाई तत्सम सन्दर्भमा मात्र सीमित गर्नु वर्ण विन्यासको सरलीकरणका दृष्टिले सान्दर्भिक देखिन्छ । त्यसैले सन्चै, कान्छा, भन्टा, झुन्ड्याउनु, झन्डा, छ्याङ, छ्यास्स, छेवर, ग्याँदी, ग्यास, ब्रिटिस, क्रिम जस्ता शब्दमा उल्लिखित वर्णको प्रयोग गर्नुृ आवश्यक हुँदैन ।

६. तद्भव र आगन्तुक शब्दमा शिरविन्दु नराखी उच्चारण अनुसार नै लेख्ने ः चम्कनु, सन्कनु, नाम्लो, नाङ्लो, काम्लो÷कान्लो

संस्कृतमा पञ्चम वर्ण ( ङ, ञ, ण, न, म) को प्रयोग हुने ठाउँमा शिरविन्दुले पनि काम चलाइन्छ । किनभने त्यस भाषामा शिरविन्दु लेखिए पनि त्यसपछि आउने वर्ण जुन वर्गको छ, त्यही अनुसार त्यसको उच्चारण हुने नियम छ । शिरविन्दुका साथ अलंकार लेखिए पनि त्यसको उच्चारण पञ्चम वर्णको नियम अनुसार अलङ्कार हुन सक्छ । त्यस्तै संतान लेखिए पनि त्यसको उच्चारण सन्तान हुन सक्छ । तर नेपालीका धेरैजसो शब्दमा क, च, ट, त, प वर्गका वर्णको अगाडि संयुक्त व्यञ्जनका रूपमा आउने पञ्चम वर्ण संस्कृतमा जस्तो पञ्चम वर्ण अनुसारी भएर उच्चरित हुँदैनन् । उदाहरणका लागि चम्कनु, लम्कनु, सन्कनु, तन्कनु, चम्चा, गम्छा, भान्छा, कान्छा, हुन्छ, जान्छ, ठुङ्छ, उङ्छ, कम्ती, निम्ठो, घन्टी आदि शब्दमा शिरविन्दु लगाएर लेखिएमा तिनको उच्चारणमा अनियमितता र असङ्गति उत्पन्न हुन सक्छ । नेपालीमा प्रायः शिरविन्दुको उच्चारण म् जस्तो सुनिने हुनाले पनि यसले न्, ङ् को प्रतिनिधित्व गर्न सक्दैन । तसर्थ यिनलाई उच्चारण अनुसार म्, न्, ङ् जुन हुन्छ, सोही अनुसार लेख्दा नै मानक उच्चारणमा पनि सहयोग पुग्छ । अझ नाम्लो÷नाङ्लो, काम्लो÷कान्लो जस्ता शब्दलाई त शिरविन्दुमा मात्र लेखिँदा यी युगल शब्दमा उच्चारणको विभेद पनि हराउने देखिन्छ । यसबाट के स्पष्ट हुन्छ भने नेपाली भाषाको प्रकृति र प्रवृत्तिलाई प्रतिनिधित्व गराउने दृष्टिले पनि उच्चारण अनुसार सुस्पष्ट रूपमा ङ्, न्, म् लेखिनु आवश्यक छ ।

७. पहिले क्षति पूरक भनिने अगाडि र माझमा दीर्घ लेखिँदै आएका शब्दहरुमा सुरु र माझमा ह्रस्व लेख्ने र शिष्ट प्रयोग भनी दीर्घ लेखिँदै आएका शब्दलाई पनि त्यसै गर्ने । जस्तै; मिठो, तितो, दुध, फुल, बिच, ठिक......... किरो, पिरो, किलो, बिउ, जिउ, धुलो

मिष्ट = मिट्ठ = मीठो, पिष्ट = पिट्ठ = पीठो, दुग्ध = दुद्ध = दूध यसरी संस्कृतबाट प्राकृत हुँदै आउँदा इकार वा उकारपछि आउने संयुक्त व्यञ्जन लोप हुँदा त्यसको क्षति (लोप) को पूरकका रूपमा इकारलाई दीर्घ लेख्ने पुरानो प्रचलन रहे पनि यस्ता शब्दहरु तद्भव भएकाले तद्भवको उच्चारणमा दीर्घता नहुँदा यिनको इकार वा उकार दीर्घ लेख्नुको औचित्य देखिँदैन । तसर्थ यिनलाई पनि मिठो, पिठो, दुध देखिनु युक्ति सङ्गत देखिन्छ । यस्तै ऐतिहासिक विकास क्रमलाई आधारमा मानेर बिच, ठिक, सपुत आदि शब्दमा पनि दीर्ध लेखिनु आवश्यक हुँदैन । ह्रस्व र दीर्घको कृत्रिम भिन्नता देखाई फुल शब्दलाई कतै दीर्घ र कतै ह्रस्व लेखिनु पनि अर्थ सङ्गत देखिँदैन । उदाहरणका लागि तलका प्रयोग हेरौँ ः

उसले पूजा गर्न फुल टिप्यो । मकैका फुल उठे । भाइले कुखुराको फुल खायो ।

यसरी सन्दर्भले अर्थ खुल्ने हुँदा ह्रस्व र दीर्घको कृत्रिम भेद गर्नु नेपालीको लेखाइमा मात्र शिक्षार्थीहरुलाई थप बौद्धिक बोझ बढाउन खोजेको देखा पर्छ ।

उल्लिखित क्षति पूरकमा नपर्ने कीट = कीरो, पीडक = पीरो, कीलक = कीलो, बीज = बिउ, जीव = जिउ धूलि = धूलो जस्ता केही शब्दहरुलाई पनि तिनका स्रोत शब्दहरुको स्वरूपका आधारमा संस्कृतको प्रभावमा परेर दीर्घ लेख्न खोजिएको भेटिन्छ तर यस्ता शब्दहरु स्वरूप बदलेर तद्भव भइ सकेकाले यिनलाई शिष्ट प्रयोग भनी दीर्घ लेखिनु अनावश्यक अपवाद बढाउनु मात्र हो । तसर्थ किरो, पिरो, किलो, बिउ, जिउ, धुलो लाई पनि ह्रस्व नै लेखिनु उचित हुन्छ ।

८. सङ्ख्या वाचक शब्दको सुरु र माझमा सबैतिर ह्रस्व लेख्ने ः तिन, उन्नाइस, बिस, बाइस, बत्तिस, छयालिस, उनासी ।

एकाउन्न, बाउन्न उन्नाइस, बाइस जस्ता सङ्ख्या वाचक शब्दको इकार वा उकार नेपाली वृहत् शब्दकोश २०४० मा नै ह्रस्व लेखिएको छ । व्यञ्जनसँग इकार जोडिएका पच्चीस, बत्तीस, बयालीस, छयालीस जस्ता शब्दहरुलाई भने त्यस कोशमा दीर्घ छोडिएको छ । यी शब्दहरु तद्भव भएकाले यिनलाई दीर्घ लेखिनु आवश्यक छैन । त्यसमा पनि क्षति पूरक अवधारणाबाट दीर्घ हुने स्थापनालाई समेत नमानिएपछि यस्ता शब्दहरुको सुरु र माझमा दीर्घको कुरा स्वतः असान्दर्भिक हुन गएको छ । तसर्थ पच्चिस, बत्तिस, बयालिस, छयालिस आदि सङ्ख्या वाचक शब्दहरुमा पनि ह्रस्व लेखिनु स्वाभाविक छ ।

९. उकारान्त नाम र विशेषण पदान्तमा ह्रस्व लेख्ने ः नाम – भालु, तनहुँ, साँखु, सोलु... विशेषण – ठालु, चालु, उल्लु, छट्टु, मट्ठु, लद्दु, हत्तु .... ।

गाउँ, ठाउँ जस्ता स्थान वाचक उकारान्त नाम पहिलेदेखि नै ह्रस्व लेखिएका छन् । त्यसैले मुगु, चाँगु, साँखु, तनहुँ, सोलु, लिखु, बल्खु ह्रस्व लेखिनु स्वाभाविक छ । यस्तै भालु, तालु, आलु जस्ता नाम मात्र नभई ठालु, चालु, लागु, उल्लु, बुद्धु, छट्टु, लद्दु जस्ता उकारान्त विशेषण पनि ह्रस्व लेखिनु उचित छ । संस्कृतमा पनि उकारान्त विशेषण दीर्घ लेखिँदैनन् । दयालु, पिपासु, शुभेच्छु, युयुत्सु आदि संस्कृतबाट नेपालीमा भित्रिएका उकारान्त विशेषणका उदाहरण हुन् । ह्रस्व उच्चारण नेपाली भाषाको मौलिक पहिचान हो । अझ संस्कृतमा पनि उकारान्त विशेषण दीर्घ नभएको स्थितिमा यसलाई कायम राख्नु सान्दर्भिक देखिँदैन ।

१०. पदान्तमा ङ आउने अनुकरणात्मक शब्द र नाममा ङ्ग नलेखेर ङ नै लेख्ने । जस्तै; फुरुङ्ङ, छर्लङ्ङ, गुरुङ, चाम्लिङ, खर्साङ ... ।

अनुकरणात्मक शब्दको पदान्तमा आउने ङ् पछि ग लगाउने प्रवृत्ति मानक नेपाली उच्चारण अनुकूल छैन । त्यसैले छर्लङ्ङ, फुरुङ्ङ, तुर्लुङ्ङ, दङ्ङ आदि लेखिनु उचित देखिन्छ । यस्तै नाम शब्दहरुमा पनि पदान्तमा ङ्ग लेखिँदैन, ङ मात्र लेखिन्छ । गुरुङ, तामाङ, थुलुङ, बागलुङ, ताप्लेजुङ, दार्जिलिङ, इन्जिनियरिङ, बोर्डिङ यस्तै उदाहरण हुन् । तर अङ्ग, भङ्ग, रङ्ग जस्ता तत्सम शब्दमा भने ङ् पछि ग संयुक्त भएर अजन्त उच्चारण र लेखन कायम रहेको हुन्छ ।

११. अनुनासिक स्वर उच्चारण हुने ठाउँमा चन्द्रविन्दु नै राख्ने ः आँगन, गाँस, गएँ, चाहिँ ।

नेपाली उच्चारणमा अनुनासिक स्वरको प्रशस्त प्रयोग पाइन्छ । तर संस्कृत, हिन्दी आदि भाषाभन्दा नेपाली यस दृष्टिले पनि भिन्न देखिन्छ । नेपालीमा गए÷गएँ, खान्छौ÷खान्छौँ, आयौ÷आयौँ, काठ÷काँठ, आट÷आँट जस्ता शब्दमा शिरविन्दु राख्दा र नराख्दा स्पष्टतः अर्थमा फरक पर्न जान्छ । शिरविन्दुको उच्चारण म् जस्तो हुने हुँदा यसले चन्द्रविन्दुको सट्टाको काम गर्न सक्दैन । तसर्थ मानक उच्चारणमा नै फरक पर्ने हुँदा पनि गाँस, कहीँ, चाहिँ, आँगन जस्ता शब्दमा चन्द्रविन्दुको प्रयोगमा जोड दिनु आवश्यक हुन्छ ।

१२. तत्सम शब्दमा अन्य प्रत्यय लागेमा मूल शब्दलाई पनि तद्भवकै नियम अनुसार लेख्ने ः पुर्बेली, मुख्र्याइँ, दुस्ट्याइँ, पन्डित्याइँ, स्विकार्नु, बिचार्नु, दर्साउनु, बिदेसिनु, पुज्नु ... ।

मूल शब्द तत्सम भए पनि प्रत्यय चाहिँ तत्सम बाहेक अन्य (तद्भव वा आगन्तुक) भएमा त्यस किसिमका व्युत्पन्न शब्दहरुलाई तद्भव मान्नु आवश्यक देखिन्छ । उक्त स्थितिमा तिनको हिज्जे (वर्ण विन्यास) मा तद्भवकै नियम लाग्नु उचित हुन्छ । यही कुरालाई दुस्ट्याइँ, पुस्ट्याइँ, पन्डित्याइँ, मुख्र्याइँ, पुर्बेली, स्विकार्नु, पुज्नु, बिचार्नु, दर्साउनु, बिदेसिनु जस्ता शब्दमा स्, न्, ब् र ह्रस्वको प्रयोगले दर्साउँछ ।

१३. संयुक्त वर्णहरुमध्ये क्त, द्य, द्द, त्त, द्ध हरुलाई क्त = क्त, द्य = द्य, द्द = द्द, त्त = त्त, द्ध = द्धका रूपमा लेख्न प्रोत्साहित गर्ने । जस्तै; रक्त, उपभोक्ता, विद्या, विद्युत्, उद्देश्य, बुद्ध, बुद्धि, सिद्धि ।

क्त, द्य, द्द, त्त, द्ध जस्ता संयुक्त वर्णहरु कुन कुन दुई वर्ण मिलेर बनेका हुन्, छुट्याउन कठिनाइ भई लेखनमा पनि प्रशस्त गल्ती हुने देखिएकाले यिनको लेखनको सट्टा क्रमशः क्त, द्य, द्द, त्त, द्ध को लेखनलाई महत्त्व दिनु आवश्यक छ । यसरी भक्त, रक्त, विद्या, पद्य, उद्देश्य, बुद्ध लेख्दा मानक उच्चारणमा पनि सहयोग पुग्न जाने र लेखाइमा पनि स्पष्टता आउने हुन्छ । साथै ट्ट, ङ्ग, ङ्क जस्ता विषम तलीय (तलमाथिको) ढाँचामा लेखिने संयुक्त वर्णलाई पनि ट्ट, ङ्ग, ङ्क जस्तो सम तलीय (बायाँदायाँ) ढाँचामा लेखिनु बेस हुन्छ । संयुक्त वर्ण लेख्दा पाई (ठाडो धर्को) हटाएर नभई खुट्टो काटेर लेखिने ट, ठ, ड, ढ, ङ, छ, द जस्ता वर्णलाई बाइमात्राभन्दा अगाडि खुट्टो काटेर लेखिनु उचित हुन्छ । उदाहरणका लागि बुद्धि, सिद्धि, आङ्गिक, पङ्क्ति, पट्टि (भित्ता पट्टि) यस्तै प्रकृतिका हुन् । यसले लेखनको सिकाइलाई सरल र अनुमेय बनाउन मदत गर्छ ।

१४. नामयोगीलाई पद वियोग गरी लेख्ने ः घर माथि, टेबुल पर्तिर, ऐन बमोजिम, त्यस अन्तर्गत, उस मार्फत, अदालत समक्ष ... ।

शब्दवर्गमा नामयोगी अलग्गै वर्गको शब्द हो । यसले नामिक शब्दसँग अर्को शब्दको सम्बन्ध जनाउने कार्य गर्छ । सम्बन्ध जनाउनुको आशय नामसँग जोडिन्छ भन्ने हुँदैन । सर्वनाम, संयोजक, निपात जस्तै नामयोगी पनि धारणात्मक वर्गको शब्द नभई संरचनात्मक वर्गको शब्द हो । नेपालीमा नामसँग योग हुने वा जोडिने भन्ने शाब्दिक (बनोटगत) अर्थ लगाएर यसलाई जोड्ने गरेको बुझिन्छ । तर त्यस्तै अर्थ लगाउने हो भने क्रियायोगी पनि क्रियासँग जोडिनु पर्ने हो । तसर्थ यिनलाई भिन्न डिकोमा लेखे पनि अर्थमा खास फरक नपर्ने हुँदा पद वियोग गरेर लेख्नु उचित हुन्छ । घरमाथि÷घर माथि बगैँचा छ । माथि शब्दलाई जोड्दा र नजोड्दा अर्थमा केही भिन्नता देखिँदैन । अझ लामा नामयोगीलाई छोटा नामिक पदसँग जोडेर लेख्दा भद्दा देखिने र अस्पष्टता समेत आउन सक्छ । कानुनबमोजिम÷कानुन बमोजिम, मलगायत÷म लगायत जस्ता उदाहरणमा यो कुरा मननीय छ ।

१५. आंशिक द्विरुक्ति जोड्ने ः झैझगडा, आआप्mनो, खरखजाना, झझल्को, छचल्को ... ।

आंशिक द्वित्व भएर बन्ने शब्दहरु मूल अंशसँग जोडिएर नै लेखिन्छन् । झैझगडा, खरखजाना, तडकभडक यस्तै शब्द हुन् । यति मात्र नभएर अनुकरण मूलबाट पूर्ण द्वित्व भई बनेका सरसर, फरफर, फनफन, हनहन, खलखल जस्ता शब्दहरु पनि जोडेर नै लेखिन्छन् । तर नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियायोगी जस्ता सार्थक शब्द द्विरुक्त भई आएमा चाहिँ ती जोडेर लेखिँदैनन् । ऊ घर घर डुल्छ । सडक सडकमा फोहोर थुप्रिएको छ । सभामा को को आए ? उनीहरु मिठो मिठो खोज्छन् । तिमी सधैँ हुन्छ हुन्छ मात्र भन्छौ । बेलुन माथि माथि उड्यो । उल्लिखित वाक्यमा रहेका शाब्दिक द्विरुक्तिलाई जोडिनु आवश्यक छैन ।

१६. लामा शब्दहरु समस्त भए पनि छुट्याउने ः नेपाल सरकार, वाणिज्य विभाग, बाढी पीडित... ।

डिको नेपाली लेखन पद्धतिको अङ्ग हो । यसले शब्द शब्दलाई अलग्याउन सघाउ पु¥याउँछ । तर समास भई बनेका शब्दमा भने दुई वा दुईभन्दा बढी शब्दको संलग्नता रहने हुँदा लामा लामा शब्दलाई एकै डिकोमा लेखिँदा भद्दा पनि देखिन्छ । स्वतन्त्र अर्थवान् समस्त शब्दहरु अलग अलग डिकोमा लेख्दा पनि सन्दर्भबाट तिनको अर्थ बुभ्mन कठिनाइ हुँदैन । मनोवैज्ञानिक आधारमा पनि लेखाइका व्रmममा धेरै ठाउँ लिने र धेरै समय लाग्ने भएमा एउटै समस्त शब्द पनि अलग डिकोमा लेखिनु स्वाभाविक हुन्छ । त्यसैले समस्त शब्दभित्रका घटकहरु सामान्यतः दुईभन्दा बढी लिपिचिह्नबाट लेखिने भएमा अलग अलग डिकोमा लेखिनु उचित छ । समास र डिकोलाई एउटै किसिमले बुभ्mनु आवश्यक छैन । त्यसैले नेपाल सरकार, वाणिज्य विभाग, बाल दिवस, श्रम विभाजन, सञ्चार ग्राम, बाढी पीडित, संविधान सभा जस्ता समस्त शब्दहरु अलग डिकोमा लेखिने हुन्छन् ।

१७. विशेषण र विशेष्यलाई छुट्याउने ः शुभ दिन, नगदे बाली, शुभ कार्य, लेख्य भाषा ... ।

विशेषण र विशेष्यको संरचनाका पदावली वा समस्त शब्दलाई समेत अलग डिकोमा लेखिनु उचित हुन्छ । तसर्थ शुभ दिन, शुभ कार्य, शुभ कामना, मङ्गल कार्य, लेख्य भाषा, नगदे बाली, भित्ते घडी, निम्न स्तर, उच्च शिक्षा जस्ता शब्दहरू पद वियोग गरी लेखिन्छन् ।

१८. धातुमा तो÷दो, तै÷दै, एको, नु, ने, न जस्तो कृत् प्रत्यय लागेका शब्दसँग आउने छ÷हुन्छ÷थियो÷भयो आदिलाई छुट्याउने ः हाँस्दो छ, खोक्तै थियो, सुन्दै छ, गएको छ, आएको छ, भन्नु छ, बताउनु हुन्छ, पढ्ने छ, सुनाउने छ, पढ्न सक्छ ... ।

नु, ने, एको, तो÷दो, तै÷दै, न आदि प्रत्यय लागेर बनेका कृदन्त क्रियासँग आउने छ÷हु र अन्य धातुका रूपहरुलाई पनि अलग डिकोमा लेख्नु उचित हुन्छ । यसो भएमा अहिले देखिएको कतै कुनै कृदन्त अंश जोड्ने, कतै कुनै त्यस्तै अंश छुट्याउने अन्योल रहँदैन । यसरी पढाउँदै छ÷पढाउने छ, बसेको छ÷थियो, देखाउनु हुन्छ÷भयो÷हुन्थ्यो, सिकाउनु छ÷पर्छ÷प¥यो ÷परेको छ, सुन्न सक्छ÷बताउन सक्यो आदि सबैलाई छुट्याएर लेख्ने बानी बसाल्नु आवश्यक छ । यसो भएमा डिको दिने भार कम भई सिक्न र सिकाउन सजिलो हुन्छ तर विकार समेत भएर आएका रूपहरु भने एकै डिकोमा लेखिन्छन् । उदाहरणका लागि भन्ठान्नु भयो, भन्दियो जस्ता शब्दलाई यसमा लिन सकिन्छ ।

पुछारमा

बृहत् नेपाली शब्दकोश २०४० ले अगाडि बढाएको नेपाली वर्ण विन्यासको मानकीकरणको प्रयासलाई विश्व विद्यालयको पठन पाठनमा पहिलेदेखि लागु भए पनि २०५६ पछि मात्र यसले विद्यालय तहमा प्रवेश पायो । पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीले सर्वप्रथम कक्षा ९ र १० का पाठ्य पुस्तकबाट आगन्तुक शब्दमा समेत तद्भव नियमको व्यवस्थित प्रयोग गर्न सुरु गरेको हो । त्यस वेला यसले प्रकाशन सम्पादन शैली पुस्तिका समेत प्रकाशित गरी वेला वेलामा परिमार्जन पनि गर्दै आएको छ । त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानको तत्त्वावधानमा नेपाली वर्ण विन्यास अधिगोष्ठी २०५७ आयोजित भयो । यसले क्षति पूरक भनी दीर्घ लेखिँदै आएका तीतो, मीठो जस्ता तद्भव शब्दहरुलाई ह्रस्व लेख्न सिफारिस गरेको हो । २०६२ तिर नेपाल प्रज्ञा प्रतिष्ठान, बाल साहित्य प्रवर्धन केन्द्र र रुम टु रिड जस्ता संस्थाको संयुक्त प्रयासमा लेख्य नेपालीको एकरूपताका लागि गोष्ठी भएको थियो । यसले विशेषत ः लामा समस्त शब्द र संयुक्त क्रियापदलाई पद वियोग गरी लेख्नु उपयुक्त हुने कुरालाई औँल्याएको थियो । सोही वर्ष राजधानी बाहिर बाल कुमारी कलेज, चितवनको आयोजनामा वर्ण विन्यास सम्बन्धी एउटा गोष्ठी भएको थियो । सो गोष्ठीको कार्यपत्र नेपाली वर्ण विन्यास र यसको मानकीकरण नामक पुस्तिकामा प्रकाशित भई प्रचारित समेत भएको थियो । यसमा नेपाली वर्ण विन्यासका समस्या र समाधानका उपायहरुका विषयमा विशेष चर्चा गरिएको थियो । उक्त पृष्ठभूमिमा २०६५ मा स्नातक तहको अनिवार्य नेपालीको पाठ्यक्रम परिमार्जनका क्रममा देशका विभिन्न भागमा भएका गोष्ठीका सुझाब समेतलाई ध्यानमा राखी त्रिभुवन विश्व विद्यालय, पाठ्यक्रम विकास केन्द्रले अनिवार्य नेपाली शिक्षण निर्देशिका प्रकाशित ग¥यो । साझा प्रकाशनले आप्mनो प्रकाशन शैली पुस्तिका प्रकाशन गर्ने क्रममा गरिमा पत्रिकाको २०६६ असोज अङ्कमा अग्रलेखका रूपमा नेपाली वर्ण विन्यास प्रस्तावित गरेको छ । उल्लिखित अवधारणालाई प्रयोग गरी पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीबाट नेपाली बाल शब्दकोश समेत प्रकाशित भएको परिप्रेक्ष्यमा २०६६ सालको अन्त्यमा चन्द्रगढीमा भएको साहित्यिक भेलाले जारी गरेको वर्ण विन्यासबारे घोषणा पत्रले लेख्य भाषाको मानकीकरणको प्रयासमा दूरगामी महत्त्व राख्ने देखिएको छ । विशेषतः राजधानी केन्द्रित रहेको प्रयासलाई मोफसलबाट भएको यो अनुसमर्थनले यस क्षेत्रमा काम गर्ने र यसमा जुध्दै आएका धेरैलाई उत्साहित पारेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।