चैनपुरका तन्नेरी हो ज“ागरको पोको खोल ।
अतीतको गौरवलाई समेटेर अघि बढ ।।
एकआपसमा मिलीमिली एकै स्वर बनाएर ।
लेक बेंसी नाचीनाची सद्भावको गीत गाएर ।।
चाह्यौ भने धरतीलाई स्वर्ग बनाइदिन सक्छौ ।
गाउ“घर जताततै हराभरा पार्न सक्छौ ।।
चैनपुरका तन्नेरी हो ज“ागरको पोको खोल ।
अतीतको गौरवलाई समेटेर अघि बढ ।।
तिमीभित्र पौरखको नरित्तिने भण्डार छ ।
सीप, जा“गर, कुशलता तिमीभित्रै प्रशस्त छ ।।
हातेमालो गरी गरी उद्यमको बीज रोप ।
पाखुरीका तागतले माटोबाट हीरा टिप ।।
चैनपुरका तन्नेरी हो ज“ागरको पोको खोल ।
अतीतको गौरवलाई समेटेर अघि बड ।।
आफ्नै धरती मौलाउ“छ पसिनाले भिजेपछि ।
उन्नतिको ढोका खुल्छ युवाहरु मिलेपछि ।।
साझा भावनाका झण्डा बोकी हिंडे एकै लहर ।
युवा शक्ति जुटे लहलह बन्छ जगरबगर ।।
चैनपुरका तन्नेरी हो जा“गरको पोको खोल ।
अतीतको गौरवलाई समेटेर अघि बड ।।