19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घाइते मेरी आमा

कविता मनीषा अवस्थी September 14, 2015, 7:27 am

रगत बगेको छ यहाँ

एक नेपाली ढलेको छ

दुईछाक टार्न ५०लाखको सपना देखाएको छ

हेर्दाहेर्दै देशमा

अधिकारको भेशमा

रक्तपिपासु पसेको छ

सोझा किसानको मेशमा

अधिकारलाई बन्दहड्ताल नाम दिएर

डलरको खेल खेल्नेहरु

रगत पिउदै डलर खेलाउदै

हामीलाई फुटबल बनाइ रहदा

हामी चुपचाप चुपचाप

बिचरा हामी अधिकारको नशा पिएर

नशामा लठ्ठ हुँदा

धन्य लाग्छ छातीमा गोली थाप्दा

धन्यका वास्तविक पात्र

चार तलाको झ्यालबाट चियाउदै

गोल भन्दै ताली बजाउदैछन

छोडौं अर्काका लागि गोल गर्न

आफ्नै लागि खुट्टा बजारौं

खेल आफ्नै पक्षमा पारौ

त्यतिबेला हुनेछिन खुशी मेरी आमा

र शय्याबाट सकिनसकी अंकमाल गर्नेछिन्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।