धेरै वर्ष, लगभग १२ बर्ष पहिले सुटुक्क हराएको करोडपति साहु अमिरचन्दको एक मात्र छोरा टुप्लुक्क घरमा अइपुग्दा खुसीको सिमा नै रहेन अमिरचन्द र श्रीमती चन्दको । दुबैजनाले आसमारी सकेका थिए छोरा फर्केर आउँछ भनेर । आफ्नो भएको अथाह सम्पत्ति आफ्नो शेष पछि कसले उपभोग गर्ला सधौ चिन्तित रहन्थे तर आज भने सबै चिन्ता दूर भएको थियो । नोकरचाकरहरु पनि सानो मालिकको आगमनमा खुसीले उफ्रिरहेका थिए ।
खुसीयाली स्वरुप एकदिन भोजको आयोजना गरियो । सबै छरछिमेकी, इष्टमित्र, व्यापारी, कर्माचारी, नेता, अभिनेता सम्झेसम्मकालाई निम्तो बाडिँयो ।
भव्य कार्यक्रमको आयोजना भयो । निम्ताहरुलाई पनि अमिरचन्दको खुसीयालीमा खुसी हुँदै आए । सबैले बधाई दिए । हर्ष बढाई गरे ।
आमिरचन्दले आफ्ना पाहुनाहरुको खाँतिर कुनै कुरा कमी हुन नदिन हरसम्भव प्रयास गरे । हरेक प्रकारका परिकारहरु तयार थिए । मानौँ चौरासी व्यञ्जन भन्दा बढी परिकार तयार छन् ।
भोज भतेर चलिरह्यो । नाचगान चलिरह्यो । मुख मिठाइ–मिठाइ खाए । उफ्रि–उफ्रि रमाए ।
समय अघि बढ्दै गयो । रमाइलो क्षण । कार्यक्रम सकिन् थाल्यो तैपनि अमिरचन्दका छोरा कार्यक्रम स्थलमा देखिएन । सबैलाई आश्चर्य लाग्यो । छोराको आगमनमा यत्रो भव्य भोजको आयोजना गर्ने छोरा खै त ? कि छोरा नै आएको छैन ? ठुढो सन्केको त होइन कानेखुसी गर्न थाले शंका–उपशंका उब्जियो पाहुनाहरुमा ।
एकजना पाहुनाले प्याच्च भनी हाल्यो– “ए १ साहुबा भोज त् खाइयो तर जसको उपल्क्ष्यमा खाइएको त्यो मान्छे खै त ?” पाहुनाको उत्तर अमिरचन्दले दिन नपाउँदै एउटा शालिन व्यक्तित्व आयोजना स्थलमा आइपुग्यो जो अमिरचन्दको छोरा थियो ।
उसको अनुहार, उसको पहिरन देखेर सबै झस्किए कहाँ करोडपति अमिरचन्द, कहाँ यो योगीको रुप धारी ।
केहीबेर सन्नाटा छायो । सबैले मुखमामुख गरे । खानपिन, नाचगान बन्दभयो । ऊ सरासर अगाडि मञ्चमा पुग्यो । सबैलाई हातको इसाराले बस्न आग्रह ग¥यो । सबै यथास्थानमा बसे ।
उसले आँखा बन्द ग¥यो । उसको मुखारीविन्दबाट आवाज निस्कियो– “ॐ...........।”
कस्तो शक्तिशाली आवाज......सबै झस्किए । स्तब्ध भए । सबैलाई उत्सुकता जाग्यो, अब ऊ के भन्छ भनेर । केहीक्षणपछि उसको आवाज गुञ्जायमान भयो– “आदरणीय मान्यजानहरु......आज करिब १२ बर्ष पछि म हजुरहरुको समीपमा उभिएको छु यि १२ बर्ष कहाँ–कहाँ भौतारिएँ । कसरी दिनहरु मलाई कहिल्यै रोग, भोक, र भोगले सताएन केवल सधैँ–सधैँ सताइरह्यो ज्ञानको भोकले– आनन्दको भोकले.... । म जहाँ–जहाँ पुगेँ त्यहाँ–त्यहाँ रोग देखेँ, भोक देखेँ, भोग देखेँ– मानिसहरु सबकासब रोगी छन्, मानसिक रोगी सबैको एकै धारणा विकसित भइरहेको छ मै खाउँ मै लाउँ सुख सयल वा भोज म गरुँ...........
मनिसहरु आफ्नो भोक मेटाउन, एक छाक पेट भर्न आफन्तीकै हत्या गर्न पटि पर्दैनन आफू चौरासी व्यञ्जन खाने अभिलाषा राख्छन जो एक गाँस खान गल्लीगल्ली भौतारिइरहेका छन् तिनीहरुलाई टुलुटुलु हेरिरहन्छन् ।
मानिसहरु आफ्नो विलासी जीवन भोग गर्न कृत्य कुकृत्यको कुनै सिमाना बाँध्दैनन्, सबै जोगी मर मेरै झोली भरको सिद्धान्त अपनाउँछन् ।
आदरणीय मान्यजनहरु आज हामी यति विघ्न खुसी भएरहेका छौँ, यति आनन्दित भइरहेका छौ,यो क्षणिक आनन्द हो १ यही क्षणिक आनन्दका लागि हामी रात–दिन एक गरेर सम्पत्ति जोगाड गरिरहेका छौ, केवल आफ्नो र आफन्तीका लागि ।
आज यहाँ खुसीयाली मनाइरहेका क्षण, अर्को स्थानमा दारुण यन्त्रणा भोगिरहेका छन् ऐया १ र आत्थुका कारुणिक चित्कार गुञ्जिरहेका छन् । यहाँ हामी खुसीले उफ्रिउफ्रि नाचिरहेका छौँ, अर्को ठाउँमा पीडा र व्यथाले छट्पटाईरहेका छन्, हामी चौरासी व्यञ्जनका परिकार खाइरहेका छौ भूगोलको अर्को कुनै स्थानमा खान नपाएर मरिरहेका छन् ।
हामी खाइरहेका छौ, एउटा जीवात्मा भएर एउटा निरिह जीवको हत्या गरेर खानु
कत्तिको जायज छ रु हामी जे खाइरहेका छौ, आफ्नै
मुटु ,कलेजो खाइरहेका छौँ, आफ्नै रगत खाइरहेका छौ, आफ्नै गिदी खाइरहेका छौ......”
उसको प्रवचन चलिरहेको थियो, उसलाई कुराहरु लाग्यो होला कति शान्त धएर उसका आँखा खोलेर यताउता घुमायो तर अचम्म पाहुनाहरु त एक–एक गर्दै बाहिरिइ सकेका थिए, केवल घरका कामदारहरु कुर्ची, टेबुल, भाँडाकुँडाहरु पन्छाउँदै थिए ।
ऊ मुसुक्क हाँस्यो र एकजना कामदारलाई बोलाएर सोध्यो– “खै पाहुनाहरु रु”
“सबै गए हजुर १”
“के भनेर गए रु”
“खै १ के भनेर गए, के भनेर गए, एउटाले भन्थ्यो– “हजुर नयाँ बुद्ध आएछ”
तब ऊ मञ्चबाट ओर्लिएर मूलढोकामा पुग्यो, घरतिर फर्कियो बूढा बा–आमा झ्यालबाट उसलाई नै हेरिरहेका थिए । बा–आमालाई प्रमाण ग¥यो र सरासर अघि बढ्यो........ ।
कुश्मा,पर्वत