16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पर्वत साहित्य सङ्गम: एक सिंहावलोकन

विचार राजेन्द्र पहाडी October 4, 2015, 3:18 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

१. संस्था स्थापनाको पृष्ठभूमि:

पर्वत जिल्लाको साहित्यिक क्षेत्रको अग्रणी संस्था हो पर्वत साहित्य सङ्गम । जिल्लाका अन्य क्षेत्रमा एकाध पुस्तकालय स्थापना भई सञ्चालनमा आएको भएता पनि साहित्यिक क्रियाकलाप गर्ने ध्येयले स्थापना भएका संघसंस्थाहरुको अभाव खट्किरहेको अवस्थामा पर्वत साहित्य सङ्गम स्थापना गर्ने अवधारणाले ठाउ“ पाएको देखिन्छ । जिल्ला सदरमुकाम समेत रहेको कुश्मामा एउटा पनि साहित्यिक संघसंस्था औपचारिक रुपमा सञ्चालनमा नआएको स्थितिमा जिल्लाकै साहित्य तथा सिर्जना कार्यलाई सुगमता प्रदान गर्ने उद्देश्यले पर्वत साहित्य सङ्गमको जग हालिएको बुझ्न कठिन पर्दैन ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन एवं जगेर्ना गर्ने मूल उद्देश्य राखी अनौपचारिक रुपमा विसं. २०५४ सालमा पर्वतका क्रियाशील साहित्य स्रष्टाहरुको अगुवाइमा स्थापना भई सम्बत् २०५६ सालमा पर्वत जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भएको साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले साच्चिकै पर्वत जिल्ला र यस वरपरका स्रष्टा तथा साहित्यकारहरुका लागि साझा चौतारीका रुपमा आफूलाई विकास गरिरहेको छ । आफ्नो स्थापनाको १८ वर्षमा सङ्गमले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा जे जती योगदान गर्न सकेको छ, यो सबैका सामु छर्लङ्ग भएको विषय हो । पर्वत साहित्य सङ्गमको विगतलाई फर्केर हेर्दा मोफसलमा रहेर पनि निरन्तर साहित्यिक गतिविधिलाई सञ्चालन गरी आफ्नो अस्तित्व जीवित राखिराख्नु चानचुने कुरा थिएन भन्ने हामीलाई अनुभूत भएको छ । तैपनि अनगिन्ती चुनौती र अबरोधहरुलाई पार गर्दै हामीले नेपाली साहित्यप्रतिको गहिरो अनुराग र प्रेमलाई अक्षुण राख्न भरमग्दुर प्रयत्न गरिरह्यौं ।

संस्था स्थापना गर्न जति सजिलो छ, त्यसलाई निर्दिष्ट उद्देश्य प्राप्तिको दिशामा लैजान त्यत्तिकै कठिनसाध्ये चुनौतीहरुको सामना गर्नुपर्ने पनि हुन्छ । पर्वत साहित्य सङ्गमले पनि आफ्नो यात्रामा कैयन चुनौती र बाधा व्यवधानहरुलाई पार गर्दै अगाडि बढेको छ । स्थापनाको समयमा केही सीमित व्यक्तिहरुको अगुवाईमा सुरु भएको सङ्गम आजसम्म आइपुग्दा धवलागिरि क्षेत्रका साहित्यकारहरुको बिसाउने चौतारी बन्न पुगेको छ । साहित्यिक आस्था, विस्वास र निरन्तरताको धरोहरका रुपमा स्थापित भएको छ । जिल्लामा स्थापना भएका अन्य थुप्रै साहित्यिक संघसंस्थाहरुको जीवन लामो हुन नसकेको र स्थापनाको केही समयमा नै विलुप्त भएर गएको दशा पर्वत साहित्य सङ्गमले बेहोर्नु परेको छैन । कसैको घर वा कोठामा स्थापना भएर कोठामै सीमित रहेका साहित्यिक संघसंस्थाहरुका लागि पर्वत साहित्य सङ्गम अनुकरणीय उदाहरण बनेको छ ।

वास्तवमा आजभन्दा १८ वर्ष अघि अर्थात् वि.सं. २०५४ आश्विन २७ गते फूलपातीका दिन पर्वत जिल्ला तिलाहार गाविस वडा नं. ९ थामर्जुङ निवासी युवावयका जोशिला व्यक्ति इन्द्रमान खत्रीको अगुवाइमा कुश्मा बजारस्थित इन्द्रकुमार विकल्पको घरमा स्वयं इन्द्रमान खत्री, इन्द्रकुमार विकल्प, टुकनाथ रेग्मी र गोपालचन्द्र लामिछाने ‘नुमा’ बीचको छलफल, मन्थन र अन्तरक्रिया बैठकको परिणाम स्वरुप पर्वत जिल्लामा साहित्यिक रचनाहरु संकलन गरी एउटा पुस्तक प्रकाशन गर्ने निर्णय गरेको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय पढ्दै गरेका इन्द्रमान खत्रीले आफ्नो स्नातकोत्तर तह दोस्रो वर्षमा गर्नुपर्ने सोधपत्रको तैयारीका सिलसिलामा कुश्मा आई खोजबिन गर्दा त्यतिखेरसम्म एउटा पनि साहित्यिक संस्था सञ्चालनमा नरहेको थाहा पाएपछि उहा“कै पहलमा संस्थाको आवश्यकता महशुष गर्ने÷गराउने काम भएको देखिन्छ । माथि उल्लिखित ४ जना सदस्य उपस्थित भएको बैठकको निर्णयमा यसरी उल्लेख गरिएको छ, ‘‘आज मिति २०५४ आश्विन २७ गतेका दिन पर्वत जिल्लाभर साहित्यिक गतिविधि एवं कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरुप निम्न साहित्यिक महानुभावहरुको उपस्थितिमा श्री इन्द्रकुमार विकल्पज्यूको घरमा भेला भै उपस्थित महानुभावहरु सबैले आगामी २०५४ कार्तिक २३ गते आ–आफ्ना १०–१० रचना कृतिहरु संकलन गरी पुस्तकाकारका रुपमा प्रकाशित गर्ने र सो गर्दा लाग्ने सम्पूर्ण खर्च उपस्थित महानुभावहरु आफैले व्यहोर्ने समेत सर्वसम्मत निर्णय गरिएको छ ।’’

यस पश्चात २०५४ साल कार्तिक २३ गते दिनेश पंथी, इन्द्रकुमार विकल्प, टुकनाथ रेग्मी, गोपालचन्द्र लामिछाने, नारायणबाबु गिरी, हरी कार्की, इन्द्रमान खत्री, तारकजंग थापा, साधना प्रतीक्षा र बलराम श्रेष्ठ सहित बसेको बैठकले निम्नानुसारको निर्णय गरिएको देखिन्छ, ‘‘नेपाली भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यले ‘पर्वत साहित्य सङ्गम’ नामक साहित्यिक संस्था स्थापना गर्ने निर्णय गरिन्छ । उक्त संस्थालाई वैधानिक रुप दिन निकट भविश्यमै साहित्यकारहरुको भेला गरिनेछ ।’’ यसैगरी सोही बैठकले गरेको अर्को निर्णयमा भनिएको छ, ‘‘नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रति अभिरुची राख्ने महानुभावहरुको लेख रचनाहरु प्रकाशित गर्ने लक्ष्य लिई श्री इन्द्रकुमार विकल्पको सम्पादन र पर्वत साहित्य सङ्गमको प्रकाशनमा ‘कालीको सुसेली’ (समसामयिक साहित्य संकलन) नामक पत्रिका प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरिन्छ ।’’

संस्थास“ग सम्बन्धित उपलब्ध अभिलेखहरु अध्ययन गर्दा के अवगत हुन्छ भने पर्वत साहित्य सङ्गमको आवश्यकतालाई सुरुको अवस्थामा केही सीमित व्यक्तिहरुले महशुष गरे र यसलाई व्यापक बनाएर लैजाने प्रक्रियाको थालनी भयो । पर्वत साहित्य सङ्गमलाई अगाडि बढाउने क्रममा वि.सं. २०५५ माघ ९ गते लक्ष्मीराज शर्मा पौडेल, इन्द्रकुमार विकल्प, टुकनाथ रेग्मी, साधना प्रतिक्षा, बलराम श्रेष्ठ, गोपालचन्द्र लामिछाने, गोविन्द पहाडी, इन्द्रमान खत्री र गणेशकुमार जि.सी. सहितको बैठकले संस्थाको तदर्थ समिति गठन गर्ने निर्णय गरेको देखिन्छ । उक्त बैठकले गरेको निर्णय अनुसारको पर्वत साहित्य सङ्गमको तदर्थ समिति निम्नानुसारको बनाइएको देखिन्छ ।

संयोजक ः इन्द्रकुमार विकल्प

सदस्य ः लक्ष्मीराज शर्मा

सदस्य ः साधना प्रतीक्षा

सदस्य ःटुकनाथ रेग्मी

सदस्य ः गोपालचन्द्र लामिछाने

सदस्य ः इन्द्रमान खत्री

सदस्य ः गोविन्द पहाडी

सदस्य ः गणेशकुमार जि.सी.

सदस्य ः बसन्तकुमार कर्माचार्य

सदस्य ः दिनेश पंथी

सदस्य ः बलराम श्रेष्ठ

उक्त बैठकबाट संस्थाको विधान मस्यौदा तयार गरी संस्था दर्ता प्रक्रिया अगाडि बढाउनका लागि ३ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको देखिन्छ । विधान मस्यौदा समितिको संयोजकमा लक्ष्मीराज शर्मा र सदस्यहरुमा इन्द्रमान खत्री र गोविन्द पहाडी रहेको देखिन्छ । यसरी हालको फैलिंदो, जाग्दो र परिस्कृत पर्वत साहित्य सङ्गमको जन्म औपचारिक रुपमा भएको देखिन्छ ।

२. संस्था गठन पश्चातका प्रारम्भिक दिनहरु ः

पर्वत साहित्य सङ्गमका आरम्भका दिनहरु त्यति सहज थिएनन् भन्ने कुरा अड्कल गर्न कुनै गाह्रो छैन । तत्कालीन अवस्थामा पर्वत जिल्लाभित्र र खासगरी सदरमुकाम कुश्मा क्षेत्रमा खासै साहित्यिक गतिविधि सञ्चालन नहुने कारणले गर्दा साहित्यप्रति आम मानिसहरुको रुची, चासो र सरोकार नभएको देखिन्छ । एकातर्फ साहित्य सिर्जना र सिर्जित रचनालाई प्रकाशन तथा प्रशारणको यथोचित प्रवन्ध गर्न नसकिने अवस्था भएकाले साहित्यप्रेमीहरुमा उत्साह पलाउन नसकेको अवस्था थियो भने अर्कातर्फ साहित्यतिर रुची भएका व्यक्तित्वहरुमा पनि आ–आफ्नै डम्फु बजाउने प्रवृत्ति देखापरिरहेको थियो । यसै बीचबाट मौजुदा चुनौतिहरुस“ग जुध्दै साहित्य सेवामा अनवरत खटिने आ“टका साथ पर्वत साहित्य सङ्गमको शैशव अवस्था बामे सर्दै गरेको थियो भन्ने तथ्य यसका अभियन्ताहरुस“गको भलाकुसारीबाट थाहा हुन्छ ।

अघिल्ला बैठकहरुले पर्वत साहित्य सङ्गम प्रकाशक भएर समसामयिक साहित्य संकलनका रुपमा एउटा पुस्तक प्रकाशन गर्ने निर्णय त गरेको थियो, तर त्यसको कार्यान्वयन गर्न आवश्यक बन्दोबस्त गर्न सोचेजति सजिलो थिएन । मुनाफारहीत साहित्यिक संस्था भएकाले दीगो आयआर्जनको कुनै श्रोत नभएको अवस्थामा संस्थामा आवद्ध सदस्यहरु तथा स्वेच्छिक दाताहरुबाट प्राप्त भएको चन्दा, उपहार तथा सहयोग रकमबाट पुस्तक प्रकाशन गर्नुपर्ने अवस्था बनेको देखिन्छ । साहित्यिक पुस्तक प्रकाशन गर्ने उत्कट् चाहनाले अभिप्रेरित साहित्य सङ्गमका तत्कालीन पदाधिकारी तथा सदस्यहरुले आर्थिक जोहो गर्नका लागि एउटा उपाय निकाली छाडे । पुस्तकको छपाई खर्च जुटाउन उनीहरुले आफ्ना सदस्यहरुको बीचमा यस्तो आचार संहिता निर्माण गरी केही कालसम्म लागू गरेको भेटिन्छ ।

क) पर्वत साहित्य सङ्गमले प्रकाशित गर्ने ‘कालीको सुसेली’ साहित्यिक पत्रिकामा नियमित रुपमा ५ अङ्कसम्मका लािग सदस्यहरुले आफ्नो रचना सहित रु ५००।– दिनुपर्नेछ र प्रकाशित ‘कालीको सुसेली’ २५ प्रति प्राप्त गरी सो बिक्रीबाट आफ्नो रु ५००।– फिर्ता लिन पाइनेछ । तर कोही कसैले रचना नदिइकन रु ५००।– नियमित वा एकमुष्ट २५००।– दिएमा पनि पूर्ण सदस्यता दिइनेछ र हरेक पटक प्रकाशित कालीको सुसेली बिक्री गर्नका लागि २५ प्रति संस्थाको तर्फबाट उपलब्ध गराइनेछ ।

ख) तर लेख रचनामात्र प्रकाशन गर्न चाहने व्यक्तिलाई कुनै शुल्क लाग्ने छैन । यस्ता व्यक्तिहरुलाई रचना प्रकाशित भएपनि आफूखुशी कालीको सुसेली वा बाल सुसेली किन्न सक्नेछन् । यसका साथै आर्थिक अभावका कारणले कालीको सुसेलीमा रचना प्रकाशित भएपछि लेखक, स्रष्टाहरुलाई लेखकस्व उपलब्ध गराउने व्यवस्था गरिएको छैन ।

संस्थाको संस्थापक पदाधिकारीहरु ः

पर्वत साहित्य सङ्गमको विधान २०५६ का आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतमा संस्था दर्ता प्रयोजनका लागि तयार गरिएको विधानमा उल्लेख भएका सदस्यहरुलाई बैधानिक रुपमा संस्थाको संस्थापक सदस्य मानिएको देखिन्छ । संस्था स्थापना गरी आजको अवस्थासम्म ल्याई पु¥याउन अनगिन्ती साहित्य सर्जक, साहित्यानुरागी, सुभेच्छुक तथा समर्थकहरुको भूमिका भएपनि विधानतः यसरी संस्थाको संस्थापक सदस्यहरुमा निम्नानुसारका महानुभावहरु रहनुभएको देखिन्छ ।

अध्यक्ष ः इन्द्रकुमार विकल्प

उपाध्यक्ष ः टुकनाथ रेग्मी

सचिव ः इन्द्रमान खत्री

कोषाध्यक्ष ः सुभन्तनाथ सुवेदी

सदस्य ः लक्ष्मीराज शर्मा

सदस्य ः गणेशकुमार जि.सी.

सदस्य ः साधना प्रतीक्षा

सदस्य ः गोविन्द पहाडी

सदस्य ः गोपालचन्द्र लामिछाने ‘नुमा’

सदस्य ः हरिबहादुर लामिछाने

सदस्य ः बलराम श्रेष्ठ

३. पर्वत साहित्य सङ्गमका उद्देश्यहरु ः

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्बद्र्धन, संरक्षण र प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने मूल अभियानका साथ गठन भएको यस संस्थाले आफूलाई प्रमुख रुपमा साहित्य सेवाका क्षेत्रमा नै लगाउने लक्ष्य राखेको प्रष्ट हुन्छ । साहित्य सम्बन्धी सोधखोज, अनुसन्धानका अलावा साहित्य सिर्जनाको अनुकुल वातावरण तयारीमा भूमिका खेल्न पनि संस्थाले आफूलाई अघि सारेको अवस्था भेटिन्छ । साहित्यकर्मीहरुको सामाजिक मर्यादा, गरिमा र प्रतिष्ठालाई उ“चो राख्नका लागि काम गर्नुका साथै साहित्यकारहरुको हक, अधिकार र गौरवको सुरक्षणका लागि क्रियाशील हुनुमा पनि पर्वत साहित्य सङ्गमले गर्वको मुहशुष गरेको देखिन्छ । प्रस्तुत विषयका साथै संस्थाका प्रमुख केही उद्देश्यहरुलाई निम्नानुसार सूत्रबद्ध गर्न सकिन्छ ।

१. जिल्लाको भाषा, साहित्य, कला र संस्कृतिका विधाहरु समेटी नियमित रुपमा ‘कालीको सुसेली’, ‘बाल सुसेली’ र ‘चौतारी मासिक’ प्रकाशन गर्ने ।

२. साहित्य फा“टका विभिन्न विधागत कार्यक्रम, गोष्ठी, सेमिनार, भेला, जनसम्पर्क गरी भाषा, साहित्य, कला र संस्कृतिको सबैमा बोध गराई यिनको संरक्षणमा जागृत गराउने ।

३. जिल्ला भरका शिक्षण संस्था वा विद्यालयका नव प्रतिभा, बालप्रतिभा र छरिएर रहेका एकल प्रतिभाहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत एकिकृत गराउने ।

४. विषयगत क्षेत्रमा विविध कार्यक्रम गर्ने गराउने ।

५. संस्थामा आजीवन र साधारण सदस्यहरु बनाई संगठन विस्तार गर्ने ।

६. पर्वत जिल्लालाई राष्ट्रिय साहित्यको मूलधारमा चिनाउनका लागि सृजनात्मक, रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने

७. स्थानीय स्तरमा योग्यतम पात्रको पहिचान गरी स्रस्टाहरुले पु¥याएको साहित्यिक योगदानका बारेमा आमरुपमा चर्चा परिचर्चा गर्दै सम्मानित गर्ने ।

८. सङ्गमभित्र आवद्ध तथा बाहिर रहेर साहित्य सेवाको क्षेत्रमा खटिइरहेका अग्रज तथा नया“ साहित्य स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गर्ने ।

९. विभिन्न साहित्यिक स्रष्टाहरुका कृतिहरुको प्रकाशन तथा बिमोचन समारोहहरुको आयोजना गर्ने तथा त्यस कार्यमा आवश्यक सहयोग गर्ने ।

१०. देशभित्र तथा विदेशमा समेत रहेका विभिन्न साहित्यिक संघ संस्थाहरुस“ग सम्पर्क तथा समन्वय गरी समग्र धवलागिरि क्षेत्रकै साहित्यको श्रीबृद्धिका लागि क्रियाशील रहने ।

११. घुम्ती साहित्यिक कार्यक्रमको आयोजना मार्फत ग्रामीण साहित्यिक कर्मलाई बढावा दिने तथा साहित्य लेखन कार्यशाला एवं तालिमहरुको आयोजना गर्ने ।

१२. साहित्य सिर्जनाको माध्यमबाट समाजलाई दिशानिर्देश गर्ने तथा राज्यका निर्णायक तहमा रहेकाहरुलाई जिम्मेवार बन्न सिर्जनामार्फत झक्झकाउने ।

१३. पर्वत जिल्ला तथा धवलागिरि क्षेत्रको कला, संस्कृति तथा साहित्यको विषयमा खोज तथा अनुसन्धान गर्नुका साथै अनुसन्धानमूलक कृतिहरु तयार गरी प्रकाशन गर्ने ।

१४. राज्यले अवलम्बन गरेको समृद्ध, शान्त तथा विकसित समाज बनाउने अभियानमा साहित्यको क्षेत्रबाट रचनात्मक, सृजनात्मक तथा सकारात्मक ढंगले सहयोग गर्ने ।

१५. राष्ट्रका दिवङ्गत साहित्य स्रष्टाहरुको व्यक्तित्व र कृतित्वको खोज पहिचान हुने गरी ‘कालीको सुसेली’ मार्फत प्रकाशन गर्ने ।

४. संस्थाले सम्पन्न गरेका प्रमुख गतिविधिहरु ः

पर्वत साहित्य सङ्गमले आफ्नो संस्थाको उद्देश्य अनुरुप पर्वत जिल्लालाई प्रमुख कार्यथलो बनाई विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको देखिन्छ । खासगरी पर्वत जिल्लाको साहित्यिक पत्रिका प्रकाशनको क्षेत्रमा यसले पु¥याएको योगदान अतुलनीय नै रहेको छ भन्दा अतिशयोक्ती हुनेछैन । यसका साथै धवलागिरि अञ्चलका साहित्यसेवीहरुलाई एकै ठाउ“मा जमघट गराई साहित्यिक अन्तरक्रिया गर्ने वातावरण तयार गर्ने ध्येयले अञ्चलस्तरीय बनभोज कार्यक्रम आयोजनाको परिकल्पना गर्ने श्रेय पनि यही संस्थालाई जान्छ । बु“दागत रुपमा पर्वत साहित्य सङ्गमले सम्पादन गरेका गतिविधिहरुलाई तपसील बमोजिम उल्लेख गर्नु उपयुक्त हुन्छ ।

क) पत्रिका प्रकाशन ः

पर्वत साहित्य सङ्गमको एउटा प्रमुख चिनारी भनेको यसको प्रकाशन क्षेत्रको निरन्तरता नै हो । यसले विसं. २०५४ सालदेखि नै समसामयिक साहित्यिक रचनाहरुको संकलनका रुपमा ‘कालीको सुसेली’ पत्रिका प्रकाशन गर्दै आइरहेको छ । आजसम्म कालीको सुसेलीका ५० अङ्क प्रकाशन भैसकेको अवस्था छ । सुरुवातका दिनदेखि आजसम्म आर्थिक, भौतिक, प्राविधिक तथा स्तरीय रचनाको अभावका समस्याहरुस“ग निर्भिकतापूर्वक जुध्दै कालीको सुसेलीलाई सम्पादकको भूमिकामा रही निरन्तरता दिन सफल सङ्गमका संस्थापक अध्यक्ष तथा संरक्षक साहित्यकार इन्द्रकुमार विकल्प धन्यवादका पात्र छन् । यसैगरी साना–साना भाइबहिनीहरुका साहित्यिक सिर्जनाहरुलाई समावेश गरेर संस्थाले विसं. २०५६ साल देखि प्रकाशन यात्रा थालनी गरेको ‘बाल सुसेली’ आजसम्म ८ अङ्क प्रकाशन भैसकेको छ । बालबालिकामा भएको प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पु¥याउने उद्देश्य राखेर सुरु गरिएको बाल पत्रिका ‘बाल सुसेली’ लाई निरन्तरता दिन सङ्गमका वर्तमान अध्यक्ष इन्द्रमान खत्री सम्पादकीय भूमिका सहित कम्मर कसेर लागेका देखिन्छन् । यसैगरी सङ्गमका सचिव राजेन्द्र पहाडीको सम्पादनमा ‘चौतारी मासिक’ ६ अङ्कसम्म प्रकाशन भएको देखिन्छ ।

पर्वत साहित्य सङ्गमले आफ्ना प्रकाशनका अलावा अन्य साहित्यिक स्रष्टाहरुका कृति प्रकाशनमा पनि यथोचित रुची देखाउ“दै आएको देखिन्छ । यस क्रममा सङ्गमकै संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पको ‘भुल्काहरु’ (मुक्तक सङ्ग्रह), २०५८ र बरिष्ठ सदस्य लक्ष्मीराज शर्माको ‘कवि र उनी’ (प्रत्यक्ष भाव काव्य), २०६४ प्रकाशनको जिम्मा पर्वत साहित्य सङ्गमले लिएको देखिन्छ । यसका साथै इन्द्रकुमार विकल्पको सम्पादन तथा ओमप्रसाद घायलको कार्यकारी सम्पादकत्वमा धवलागिरि अञ्चलकै पहिलो गजल सञ्चयनका रुपमा ‘धौलागिरि स्पन्दन’ (गजल सङ्ग्रह), २०५९ र इन्द्रमान खत्रीको सम्पादनमा केदारनाथ उपाध्यायको ‘बृद्ध पुकार×’ (कविता÷गीत), २०६० कृतिको पनि सङ्गमले प्रकाशनको जिम्मा लिएको देखिन्छ ।

पर्वत साहित्य सङ्गमले आफ्नो साहित्यिक पुस्तक प्रकाशनको क्रमलाई अविश्राम निरन्तरता दिंदै आएको छ । इन्द्रकुमार विकल्पको ‘निस्तो सम्झौता’ (कथा सङ्ग्रह)–२०६४, राजेन्द्र पहाडीको ‘पर्वत साहित्य सङ्गम ः संक्षिप्त सिंहावलोकन’–२०६७, इन्द्रमान खत्रीको ‘मनको तृष्णा’ (गजल सङ्ग्रह)–२०६७, डिआर शर्माको ‘पहाडको झरना’ (गजल सङ्ग्रह)–२०६७, रमेश परियारको कथा सङ्ग्रह ‘समय चक्र’–२०६७, यम ढुङ्गाना केसीको कविता सङ्ग्रह ‘बगैंचाका फूलहरु’–२०६७, जून फगामीको गजल सङ्ग्रह ‘आभाष’–२०६७, राजेन्द्र पहाडीको ‘इन्द्रकुमार विकल्पको लघुकथा सङ्ग्रह सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली’ (समालोचना)–२०६८, सुशिल थकालीको मुक्तक सङ्ग्रह ‘सचेतना’–२०६८, टुकनाथ रेग्मीको खण्डकाव्य ‘बेलुराम’–२०६८, गीतादेवी सुवेदीको गजल सङ्ग्रह ‘शिलशिला’–२०६८, शिवप्रसाद शर्माको समालोचना ‘कालीको सुसेलीका कथाहरुको योगदान’–२०६८, इन्द्रकुमार विकल्पको लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’–२०६८, कविता सङ्ग्रह ‘मनका खुशीहरु’–२०७०, हाइकु सङ्ग्रह ‘जिगीषा’–२०७०, गोविन्द पहाडीको संस्मरण ‘मृत्युञ्जय’–२०७०, इन्द्रमान खत्रीको हाइकु सङ्ग्रह ‘समय’–२०७०, राजेन्द्र पहाडीको हाइकु सङ्ग्रह ‘बियाड’–२०७०, शिव सङ्कल्पको मुक्तक सङ्ग्रह ‘परिवेश’–२०७१ लगायतका कृतिहरु पनि पर्वत साहित्य सङ्ग्रहकै प्रकाशकत्वमा प्रकाशन भएका छन् ।

ख) संस्थाको उद्घाटन तथा स्रष्टा अभिनन्दन कार्यक्रम ः

पर्वत साहित्य सङ्गमको औपचारिक गठन पश्चात देशका विशिष्ट साहित्य साधकहरुको उपस्थितिमा यसको औपचारिक उद्घाटन कार्यक्रम पर्वत जिल्लाको सुन्दर सदरमुकाम कुश्मा बजारमा सम्पन्न गरिएको थियो । विसं. २०५६ साल माघ महिनाको १९ गते नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति मदनमणी दीक्षितज्यूबाट एक भब्य समारोहका बीच पर्वत साहित्य सङ्गमको समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रममा नेपाली साहित्याकासका मूर्धन्य स्रष्टाहरु क्रमशः प्राज्ञ एवं अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा, सुप्रसिद्ध गजलकार ज्ञानुवाकर पौडेल र प्राज्ञ एवं साहित्यकार सरुभक्तलाई पर्वत साहित्य सङ्गमको तर्फबाट दोसल्ला, फूलमाला, अबिर र सम्मान–पत्रले भव्यतापूर्वक सम्मान गरिएको थियो ।

समारोहमा उपस्थित विशिष्ठ पाहुना गणलाई संस्थाको तर्फबाट मायाको चिनो तथा उपहार प्रदान गरिएको थियो भने कार्यक्रमकै बीचमा विभिन्न नया“–पुराना स्रष्टाहरुले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । वास्तवमा पर्वत जिल्लाको साहित्यिक इतिहासमा उक्त कार्यक्रम ऐतिहासिक महत्व बोकेको कार्यक्रम थियो भन्न सकिन्छ ।

ग) कला प्रदर्शनी कार्यक्रम ः

पर्वत साहित्य सङ्गमको घोषित उद्देश्य अनुरुप नेपाली कलाको जगेर्ना, सम्बद्र्धन र प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले यसले समय समयमा कला सम्बन्धी प्रदर्शनी तथा कला सिर्जना कार्यशालाहरुको आयोजना गर्दै आइरहेको देखिन्छ । यसै क्रममा पर्वत साहित्य सङ्गमका संस्थापक कार्यसमिति सदस्य युवा कलाकार तथा कवि गणेशकुमार जिसीको पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गर्ने अवसर पनि पर्वत साहित्य सङ्गमले लिएको देखिन्छ । जिल्ला सदरमुकाम कुश्मामा मिति २०५६ साल माघ १९ गते आयोजना गरिएको चित्रकला प्रदर्शनीमा कलाकार गणेशकुमारका चित्रहरु प्रदर्शनीमा राखिएका थिए भने सोही कार्यक्रममा ‘कलामा समाजको चित्रण’ विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कलाकार गणेशकुमार जिसी धवलागिरि अञ्चलकै स्थापित कलाकार हुन् । सोही कला प्रदर्शनीको उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरु क्रमशः शिव श्रेष्ठ, रामु श्रेष्ठ, विकास श्रेष्ठ, नारायणबाबु गिरी र हरि गिरीद्वारा तयार गरिएको अडियो क्यासेट ‘तिमी बिना’ को लोकार्पण गरिएको थियो ।

घ) वनभोज कार्यक्रमको आयोजना ः

धवलागिरि अञ्चलभित्रका साहित्यकार, साहित्यानुरागी तथा अन्य साहित्य प्रेमीहरुका बीचमा साहित्यिक भाइचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्न सहयोग गर्ने ध्येयले पर्वत साहित्य सङ्गमले बृहत् साहित्यिक वनभोज कार्यक्रमको अवधारणा अगाडि सारेको थियो । जस अन्तर्गत पहिलोपटक विसं. २०५७ साल फाल्गुण २० गते पर्वत जिल्लाको नया“पुल स्थित पवित्र कालीगण्डकीको तीरमा अञ्चलका तीन जिल्लाहरु म्याग्दी, बागलुङ र पर्वतका साहित्यकारहरुको सहभागितामा साहित्यिक वनभोज कार्यक्रम सम्पन्न गरिएको थियो । कूल ९६ जना नया“–पुराना कवि, कलाकार, पत्रकार तथा विभिन्न संघ संस्थाका व्यक्तिहरु उपस्थित रहेको उक्त वनभोज कार्यक्रममा साहित्यिक अन्तरक्रिया तथा रचना बाचन कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

वनभोज कार्यक्रमलाई निरन्तरता दिने मनसायले सङ्गमले प्रस्तावित गरेअनुरुप हरेक वर्ष धवलागिरि अञ्चलका चारवटै जिल्लाका साहित्यिक संस्थाहरुले वनभोजको संयोजन गर्ने निर्णय गरिएको र सोही निर्णयलाई कार्यान्वयन गर्ने गरेको देखिन्छ । यसै क्रममा विसं. २०५९ साल माघ ६ गते भावक अभियान नेपाल धवलागिरि शाखाले बागलुङमा अञ्चलस्तरीय वनभोज कार्यक्रम आयोजना गरी भब्यताका साथ सम्पन्न गरेको थियो भने विसं. २०६० सालमा पौलत्स्य साहित्य समाज म्याग्दीको संयोजनमा बेनीस्थित रेडक्रस भवनमा बृहत वनभोज कार्यक्रम सम्पन्न गरिएको थियो । यसपछि विसं. २०६१ सालमा धवलागिरि बाङमय समाजको आयोजनामा बागलुङ कालिकास्थानको बाल उद्यानमा वनभोज तथा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी विसं. २०६२ साल फाल्गुण ६ गते पुनः पर्वत साहित्य सङ्गमले वनभोज तथा साहित्यिक रचना बाचन कार्यक्रम कुश्माको गुप्तेश्वर क्याम्पस परिसरमा सम्पन्न गरेको थियो । उक्त वनभोज कार्यक्रममा विभिन्न जिल्लाका ५० जना साहित्यकार, पत्रकार, कलाकार तथा साहित्यानुरागी व्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो । यसैगरी विसं. २०६५ सालमा म्याग्दी साहित्य समाजको आयोजनामा बेनीमा वनभोज तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । विसं. २०६६ सालका लागि पर्वत साहित्य सङ्गमले आयोजना गर्ने गरी निर्धारण गरिएको वनभोज कार्यक्रम विविध कारणले सो वर्ष सम्पन्न हुन नसकी विसं. २०६७ बैशाख १८ गते कुश्मा स्थित नमुना आवासीय मावि परिसरमा लघु वनभोज कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको थियो । यसपछिको वर्षहरुमा पनि सङ्गमकै अगुवाईमा कुश्मा–ज्ञादी झोलुङ्गेपुल पारी र कुश्मास्थिति गुप्तेश्वर बहुमुखी क्याम्पस परिसरमा रहेको माझमेला चौरमा अञ्चलस्तरीय बनभोज कार्यक्रम सम्पन्न भएका छन् । उक्त कार्यक्रममा पर्वत जिल्लाका थुप्रै साहित्यकार, पत्रकार, शिक्षक, प्राध्यापक तथा अन्य सुभेच्छुकहरुको उपस्थितिमा साहित्यिक रचना बाचन कार्यक्रम पनि सम्पन्न गरिएको थियो । यसरी हालसम्म कूल १० वटा अञ्चलस्तरीय वनभोज कार्यक्रम सम्पन्न भैसकेका छन् ।

ङ) अञ्चलस्तरीय कविता प्रतियोगिताको आयोजना ः

धवलागिरि अञ्चलको साहित्यिक माहोललाई थप उत्साहित गर्ने तथा विस्तार गराउने लक्ष्य सहित यस पर्वत साहित्य सङ्गमको आयोजनामा विसं. २०५८ मा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्य सचिव डा. तुलसी भट्टराईज्यूको प्रमुख आतिथ्य र नेपाल साहित्यकार संघका सभापति (स्व.) विनय रावलज्यूको आतिथ्यमा धवलागिरि अञ्चल स्तरीय खुल्ला कविता प्रतियोगिता सम्पन्न गरिएको थियो । उक्त प्रतियोगितात्मक कार्यक्रममा कूल १३६ प्रतियोगी कवि तथा कवयित्रीहरुले भागलिनु भएकोमा विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा सहभागी मध्ये उत्कृष्ठ ५० जनालाई उपहार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त खुल्ला कविता प्रतियोगितामा पर्वतका राजेन्द्र पहाडीले प्रथम, बागलुङका विष्णु ज्ञवालीले द्वितीय र म्याग्दीका रेखाकौशल रेग्मीले तृतीय स्थान एवं सान्तवना स्थान प्राप्त गर्नेहरुमा क्रमशः गोविन्दप्रसाद पोखरेल, गोविन्द नेपाली, गोपालप्रसाद आचार्य, रघुनाथ आचार्य, लिलाराम गाउ“ले, शिशिरकुमार जोशी र याम संगीतश्रोता थिए । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पुरस्कृत तथा उत्कृष्ठ ठहरिएका कविताहरु बाचन गरेर सुनाइएका थिए । सोही कार्यक्रममा आयोजकको तर्फबाट आगन्तुक पाहुना गणलाई उपहार तथा मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्न सफल ५० जना स्रष्टाहरुको रचनालाई ‘कालीको सुसेली’ अङ्क ९ कविता विशेषाङ्कका रुपमा प्रकाशन गरिएको छ ।

च) भेटघाट, परिचय तथा छलफल कार्यक्रमको आयोजना ः

पर्वत साहित्य सङ्गमको स्थापना पश्चात यसले सञ्चालन गर्ने गरेका विविध गतिविधिहरुले राष्ट्रियस्तरमा नै चासो बढाएको तथा ध्यानाकर्षण गराएको अवस्था छ । आजसम्म आइपुग्दा यो संस्थाको बारेमा त्रिभुवन विश्व विद्यालय नेपाली विभाग अन्तरगत स्नातकोत्तर तहमा सोध कार्य पनि सम्पन्न भैसकेको छ । यस बाहेक पर्वत साहित्य सङ्गमको गतिविधि बारेमा जानकारी राख्नका लागि देशका विभिन्न स्थानबाट साहित्यकार, साहित्यानुरागी तथा साहित्यप्रेमी महानुभावहरु आउने गर्नु भएको छ । यसरी आउने पाहुनाहरुका बीचमा संस्थागत परिचय, भेटघाट तथा साहित्यिक छलफल एवं अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

यसरी हामी कहा“ आउनु हुने व्यक्तित्वहरुस“गको छलफल, भलाकुसारी र अन्तरक्रियाबाट पर्वत साहित्य सङ्गम र यसस“ग आबद्ध सदस्यहरुले साहित्य सिर्जनाका क्षेत्रमा अजश्र ऊर्जा र हौषला प्राप्त गर्ने गरेका छौं । तसर्थ ति विशिष्ट व्यक्तित्वहरुस“गको सानिध्यतालाई अभिलेखीकरण गर्ने उद्देश्यले यहा“ उल्लेख गर्नु उपयु्क्त होला भन्ने ठानेका छौं । तथापि यहा“ पर्वत साहित्य सङ्गमको आगन्तुक पुस्तिकामा उल्लेख भएका सबै महानुभावहरुको नाम स्थानाभावका कारण जस्ताको तस्तै उल्लेख गर्न असमर्थ भएकोमा क्षमाप्रार्थी भएको व्यहोरा निवेदन गर्दछौं ।

 विसं. २०५५ माघ १९ मा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति मदनमणी दीक्षित, अभिव्यक्तिका सम्पादक प्रकाशक नगेन्द्रराज शर्मा, गजलकार ज्ञानुवाकर पौडेल र समालोचक रामजीप्रसाद शर्मा र साहित्यकार सरुभक्तस“ग प्रथम पटक पर्वत साहित्य सङ्गमको उद्घाटनस“गै भेटघाट र छलफल गर्ने अवसर प्राप्त भएको थियो । उहा“हरुबाट पर्वत जिल्ला र धवलागिरि क्षेत्रको साहित्यिक विकासका लागि महत्वपूर्ण सुझाव तथा सल्लाहहरु प्राप्त भएको थियो ।

 विसं. २०५७ असार ६ गते नियात्रा साहित्यका अगुवा निर्मोही व्यासस“ग भेटघाट ।

 विसं. २०५७ असार ६ गते हेम्जा साहित्य परिषद कास्कीका अध्यक्ष कृष्णप्रसाद पौडेलस“ग भेटघाट तथा अन्तरक्रिया ।

 विसं. २०५७ असार २० गते निवन्धकार तथा समालोचक मोहन चापागाईस“ग भेटघाट तथा छलफल सम्पन्न ।

 विसं. २०५८ आश्विन २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्य सचिव डा. तुलसी भट्टराई तथा नेपाल साहित्यकार संघका सभापति स्व. विनय रावलस“ग भेटघाट, परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०५८ आश्विन २६ गते नै धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, रत्न श्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटास“ग भेटघाट तथा विविध विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०५९ साउन २५ गते बागलुङ, म्याग्दी र गुल्मीका साहित्यकारहरु ओमप्रसाद घायल, गंगाधर अधिकारी ‘चिन्तन’, भव भिन्न र विष्णु ज्ञवाली तथा पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक हुमकान्त पाण्डेस“ग भेटघाट तथा विविध साहित्यिक विषयवस्तुमा छलफल ।

 विसं. २०५९ फाल्गुण ७ गते पर्वत जिल्लाका विभिन्न पत्रपत्रिका तथा रेडियो स्टेशनस“ग सम्बन्धित पत्रकार तथा पर्वत साहित्य सङ्गमका सदस्य तथा पदाधिकारीका बीचमा परिचय, भेटघाट, अन्तरक्रिया तथा जलपान कार्यक्रम सम्पन्न ।

 विसं. २०६० साल असार २४ गते गजल विज्ञ डा. घनस्याम न्यौपाने ‘परिश्रमी’ स“ग परिचयात्मक तथा समकालीन गजल प्रवृत्तिबारे छलफल तथा अन्तरक्रिया सम्पन्न ।

 विसं. २०६० मंसीर २७ गते प्रसिद्ध संगीतकार जुजुकाजी रञ्जितस“ग परिचय, भलाकुसारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०६२ कार्तिक १४ गते हिमचुली एफ.एम. पोखराका प्रतिनिधि अनुराग अधिकारीस“ग भेटघाट तथा साहित्यिक विवेचना ।

 विसं. २०६२ पौष २ गते छन्द बचाउ अभियान– २०५३ का संयोजक माधव वियोगीस“ग साहित्यका समसामयिक विषयवस्तु तथा नेपाली साहित्यमा छन्दको प्रयोगका बारेमा विस्तृत छलफल तथा अन्तरक्रिया सम्पन्न ।

 विसं. २०६२ माघ १६ गते शहीद दिवसका दिन बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलस“ग भेटघाट तथा समसामयिक गजल लेखन प्रवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०६२ साल फाल्गुण १ गते सिद्धार्थ साहित्य परिषद भैरहवाका उपाध्यक्ष तथा कवि रुद्र ज्ञवालीस“ग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०६३ भाद्र १० गते पौलत्स्य साहित्य समाज म्याग्दीका अध्यक्ष भक्त कार्कीस“ग भेटघाट तथा अञ्चलको साहित्यिक गतिविधिबारे छलफल तथा योजना तयारी ।

 विसं. २०६३ साल आश्विन २४ गते स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष चिन्तु गिरीस“ग परिचयात्मक भेटघाट तथा साहित्यिक भलाकुसारी सम्पन्न ।

 विसं. २०६४ असार २० गते काठमाण्डौका साहित्यकार डा. तुलसी भट्टराई, सुधा भट्टराई र संखुवासभा चैनपुरका बविता पौडेलस“ग भेटघाट तथा साहित्यिक अन्तरक्रिया सम्पन्न ।

 विसं. २०६५ साल असार ६ गते दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषको तर्फबाट पर्वतका साहित्यकार इन्द्रकुमार विकल्प, गीतकार राजेन्द्र थापा र कवि गोवद्र्धन पूजालाई पुरस्कृत तथा सम्मानित गर्ने कार्यक्रममा कुश्मामा आउनु भएका दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषका संस्थापक तथा साहित्यकार दामोदर पुडासैनी ‘किशोर’, सल्लाहकार तथा कवि बद्रीबहादुर कार्की, गीतकार राजेन्द्र थापा, कवि गोवद्र्धन पूजा, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’, इन्दिरा अधिकारी ‘इन्दु’, कवि गण्डकी पुत्र, दिलिप दोशी, हरि चालिसे, सेतराज संगम, गणेश शर्मा पौडेल, धिरज त्रिवेत्री, रावल कृष्ण, कृत्रिम स्याङ्जाली लगायतका स्रष्टास“ग परिचयात्मक तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सोही अवसरमा आगन्तुक पाहुनाहरुको संलग्नतामा सयपत्री एफ.एम. बागलुङबाट इन्द्रकुमार विकल्पको निवास कुश्मामा सम्पन्न सायमकालीन कवि गोष्ठीको प्रत्यक्ष प्रशारण गरिएको थियो । उक्त प्रत्यक्ष प्रशारणको संयोजन तथा सञ्चालन युवा कवि तथा सञ्चारकर्मी प्रकटकुमार शिशिरले गरेका थिए ।

 विसं. २०६५ साल फागुन ८ गते नवलपरासीका साहित्यकार तथा गजल विशेषज्ञ डा. घनस्याम न्यौपाने ‘परिश्रमी’ र राधा न्यौपानेस“ग समकालीन गजल लेखन एवं गायन सम्बन्धी छलफल सम्पन्न ।

 विसं. २०६६ असार ६ गते बाल साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा पर्वत साहित्य सङ्गमको संयोजनमा सञ्चालित बाल पत्रकारिता तथा साहित्य सम्मेलनमा प्रमुख प्रशिक्षकको रुपमा कुश्मा आउनु भएका साहित्यकार कार्तिकेय घिमिरे र महेश पौड्याल ‘प्रारम्भ’ लाई हार्दिक स्वागत तथा परिचय कार्यक्रमका साथमा साहित्यिक भलाकुसारी सम्पन्न ।

 विसं. २०६६ भाद्र २९ गते मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव गंगाधर अधिकारी ‘चिन्तन’ स“ग साहित्य र मानवअधिकारको सम्बन्धका बारेमा परिचर्चा कार्यक्रम सम्पन्न ।

 विसं. २०६६ साल आश्विन २८ गते पोखरेली कलाकार तथा चित्रकार बुद्धी गुरुङ, क्षेत्रलाल कायस्थ र सूर्य बराइलीस“ग साहित्य सिर्जना र साहित्यमा कलाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०६६ साल पौष २५ गते शाखा तथ्याङ्क कार्यालय स्याङ्जाका तथ्याङ्क अधिकृत जगुलाल बस्याल र रामचन्द्र गौतमस“ग छलफल गरी पर्वत साहित्य सङ्गमका गतिविधिबारे जानकारी उपलब्ध गराउने कार्यक्रम सम्पन्न ।

 विसं. २०६६ पौष २८ गते नुवाकोट साहित्य प्रतिष्ठानका सभापति श्रीराम श्रेष्ठस“ग मोफसलको साहित्यिक गतिविधिबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०६७ जेष्ठ १६ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनका अध्यक्ष पुष्प अधिकारी अञ्जलीको उपस्थितिमा साहित्यकार परिचय तथा रचनावाचन कार्यक्रम सम्पन्न ।

 विसं. २०६७ मंसीर १४ गते तन्नेरी पत्रिकाका सम्पादक विदुर गौतम, दोभान त्रैमासिकका सम्पादक बालिका गिरीलगायतका स्रष्टाहरुको उपस्थितिमा परिचयात्मक तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०६७ फागुन २८ गते स्याङ्जाका युवा साहित्यकार मिलन समिरस“ग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 विसं. २०६७ चैत्र १७ गते साहित्यकार सरुभक्त सरोकार केन्द्र नेपालका संयोजक महेन्द्र श्रेष्ठको उपस्थितिमा स्थानीय साहित्यकारहरुको सहभागितामा भेटघाट तथा छलफल गरी इन्द्रकुमार विकल्पको संयोजकत्वमा पर्वतमा सरुभक्त सरोकार केन्द्र नेपालको शाखा कार्यालय स्थापना कार्य सम्पन्न ।

 विसं. २०६८ बैशाख २ गते साहित्यकार नवराज कार्कीको उपस्थितिमा साहित्यकार परिचय तथा छलफल कार्यक्रम सम्पन्न ।

 विसं. २०६८ जेष्ठ १४ गते साहित्यकार बद्री पलिखेको उपस्थितिमा साहित्यिक अन्तरक्रिया तथा रचनावाचन कार्यक्रम सम्पन्न ।

 विसं. २०६८ भदौं ३१ गते कान्तिपुर दैनिकका स्तम्भकार चन्द्र किशोर, सिताराम थापा, प्रकाश बराललगायतस“ग साहित्यिक भलाकुसारी सम्पन्न ।

 विसं. २०६९ मंसिर १० गते जनमत बाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, बरिष्ठ साहित्यकार रोचक घिमिरे, नगेन्द्रराज शर्मा, ज्ञानुवाकर पौडेल, प्रेम छोटा, चेतनाथ धमला, रामप्रसाद पन्त, गार्गी शर्मा, तुलसीहरी कोइराला, ठाकुर शर्मा भण्डारी, चेतनाथ धमला, प्रोल्लास सिन्धुलीय, ध्रुवलाल शर्मा, सुव श्रेष्ठ, नवराज रिजाल, भारती श्रेष्ठ, त्रिपुरा पौडेललगायतका स्रष्टा साहित्यकारहरुको उपस्थितिमा पश्चिमाञ्चल साहित्यिक पत्रकार गोष्ठी सम्पन्न गरी साहित्यकार इन्द्रकुमार विकल्पलाई साहित्यक पत्रकारिता सम्मान प्रदान गरिनुका साथै इन्द्रकुमार विकल्प, राजेन्द्र पहाडी र इन्द्रकुमार विकल्पका हाइकु सङ्ग्रहहरु क्रमशः ‘जिगीषा’, ‘बियाड’ र ‘समय’ विमोचन गर्ने कार्य सम्पन्न ।

 विसं. २०७२ भदौ १७ गते पत्रकार तथा साहित्यकार रविन्द्र माकाजुको उपस्थितिमा परिचय तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

छ) मासिक साहित्य चौतारी सञ्चालन ः

पर्वत साहित्य सङ्गमले पर्वत जिल्ला र यस वरपर रहेका साहित्यकार, कलाकार, संगीतकर्मी, लेखक, पत्रकार तथा नागरिक जीवनका विभिन्न निकायमा क्रियाशील व्यक्तिहरुको सहभागितामा हरेक महिनाको अन्तिम शनिवारका दिन आयोजना गर्ने गरी सङ्गमका सचिव राजेन्द्र पहाडीको संयोजकत्वमा मासिक साहित्य चौतारीको थालनी गरेको थियो । हरेक मासिक चौतारीमा प्रतिष्ठित साहित्यिक व्यक्तित्व तथा समाजमा उल्लेख्य योगदान दिएका व्यक्तित्वलाई आमन्त्रण गरेर सञ्चालन गरिने यो कार्यक्रमले निकै चर्चा कमाउन सफल भएको छ । यो साहित्यक चौतारीमा साहित्य सिर्जनाहरु प्रस्तुत गर्ने, गीत, संगीत र कला विषयमा अन्तरक्रिया गर्ने आदि क्रियाकलाप सम्पन्न गरिन्छ । विसं २०५९ साल फाल्गुण २४ गते शनिबारबाट आरम्भ गरिएको उक्त कार्यक्रम अन्तरगत हालसम्म ४९ सौं बिसौनीहरु सम्पन्न भैसकेका छन् भने देशको विषम परिस्थतिका कारणले स्थगन गरिएको उक्त कार्यक्रम हाल राजेन्द्र पहाडी, भरतविवश पौडेल र वैभवदीप श्रेष्ठको अगुवाईमा पुनः सञ्चालनमा रहेको छ ।

ज) बृहत साहित्य सम्मेलनको आयोजना

पर्वत गुप्तेश्वर महोत्सव– २०६१ को अवसरमा आयोजना गरिएको बृहत साहित्य सम्मेलनको भब्य सफलताका लागि तत्कालीन पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रकुमार विकल्पको संयोजकत्वमा गठित बृहत साहित्य सम्मेलन आयोजक उप–समिति अन्तरगत रही यस सङ्गमले उल्लेखनीय योगदान दिएको थियो । ‘लोक संस्कृति र सम्पदाको जगेर्ना, पर्यटन प्रवद्र्धन गुप्तेश्वर गुफाको संरक्षण सम्वद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पर्वत गुप्तेश्वर महोत्सव–२०६१ को अवसरमा आयोजित बृहत साहित्य सम्मेलन महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाप्रसाद श्रेष्ठको अध्यक्षता तथा धवलागिरि साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनको प्रमुख आतिथ्यतामा २०६१ साल माघ १५ गते कुश्मा बजारस्थिति उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा पर्वत साहित्य सङ्गमका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले सम्मेलन सफलताका लागि उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै आ–आफ्ना रचना बाचन पनि गरेका थिए । जिल्ला भित्र र बाहिरका डेढसय भन्दा बढी साहित्यकार तथा साहित्यानुरागीहरुले भाग लिएको उक्त सम्मेलनलाई अप्रत्यक्ष रुपमा हजारौं दर्शकहरुले सहभागिता जनाएका थिए ।

झ) कृति विमोचन कार्यक्रमहरु

ड्ड पर्वत साहित्य सङ्गमले समय समयमा आफ्ना सदस्य तथा अन्य साहित्यकारहरुको कृति विमोचन गर्ने कार्यक्रमहरुको पनि आयोजना गर्दै आइरहेको छ । यसै अन्तर्गत २०६० बैशाख २७ गते तिलाहार डिमुवामा आयोजित कार्यक्रममा ‘सुनाखरी’ पत्रिकाको विमोचन कार्यक्रम आयोजना गरिएको थियो । उक्त पत्रिकाको विमोचन नारायण उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्तबहादुर सिकेले गर्नुभएको थियो । उक्त अवसरमा बाल चित्रकला प्रदशनीको पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन समाजसेवी देवेन्द्र विक्रम महतले खाली कागजमा चित्र कोरेर गर्नुभएको थियो ।

ड्ड यसैगरी २०६० साल भदौ २७ गते सङ्गमका अध्यक्ष इन्द्रकुमार विकल्पको लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’ को विमोचन गर्ने कार्यक्रम कुश्मा बजारको शिवालय चोकमा रहेको होटल टप इन टाउनमा राखिएको थियो । उक्त कृतिको विमोचन साहित्यकार तथा सो कार्यक्रमका प्रमुख अथिति प्रेम छोटाबाट भएको थियो भने विमोचित कृतिको समीक्षा पर्वत साहित्य सङ्गमका तत्कालीन सचिव इन्द्रमान खत्रीले गर्नुभएको थियो भने कृतिका प्रकाशक रामचन्द्र जोशीले शुभकामना मन्तव्य राख्नुभएको थियो । सङ्गमका उपाध्यक्ष टुकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त विमोचन कार्यक्रमको सञ्चालन तथा विमोचित कृतिका बारेमा संक्षिप्त टिप्पणी सङ्गमका सचिव राजेन्द्र पहाडीले गर्नुभएको थियो ।

ड्ड २०६१ साल असार २ गते भानु जयन्तीको सन्दर्भमा सङ्गमका सदस्य कृष्णप्रसाद पराजुली ‘शिशु’ द्वारा लिखित भावकाव्य ‘रातो आ“शु’ को विमोचन कार्यक्रम राखिएको थियो । उक्त कृतिको विमोचन रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङका अध्यक्ष प्रेम छोटाले गर्नुभएको थियो भने विमोचित कृतिका बारेमा समीक्षा सङ्गमका तत्कालीन सचिव इन्द्रमान खत्रीले गर्नुभएको थियो ।

ड्ड यसैगरी २०६१ साल भदौ १२ गते पोख्रेली स्रष्टा सरु भक्तको प्रमुख आथित्यमा सङ्गमका सदस्य सरस्वती शर्मा ‘जिज्ञासु’ को ‘नारीको आव्हान’ (गीती काव्य) को विमोचन कार्यक्रम राखिएको थियो । गीती काव्यको समीक्षा सङ्गमका सदस्य सुभन्तनाथ सुवेदीले गर्नुभएको थियो ।

ड्ड २०६२ फाल्गुण ६ गते पर्वत साहित्य सङ्गमका सदस्य यम ढुङ्गाना के.सी.को कृति ‘जीवनका लहरहरु’ कथा सङ्ग्रह र नवराज दाहाल ‘उत्साही’ द्वारा सम्पादित गजलप्रधान पत्रिका ‘नवरस’ विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त दुबै कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि काजी रोशनले गर्नुभएको थियो ।

ड्ड पर्वत साहित्य सङ्गमका सदस्य श्री कृष्णप्रसाद पराजुली शिशुका ‘व्याकरण सोपान’ (नव्यकाव्य) र ‘तुलसीपत्र’ (खण्डकाव्य) को वि.सं. २०६५ मा छन्द बचाउ आन्दोलनका अभियन्ता साहित्यकार माधव वियोगीको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम सम्पन्न गरिएको थियो ।

ड्ड पर्वत साहित्य सङ्गमका संस्थापक सदस्य बरिष्ठ साहित्यकार लक्ष्मीराज शर्मा पौडेलको प्रत्यक्ष भावकाव्य ‘कवि र उनी’ को विमोचन पनि सङ्गमको आयोजनामा २०६५ सालमा सम्पन्न गरिएको थियो ।

ड्ड यसपश्चात विभिन्न समयमा पर्वत साहित्य सङ्गमको आयोजनामा यसका विविध प्रकाशनहरुको सार्वजनीकरण गर्ने कार्यक्रमहरुले निरन्तरता पाउ“दै आएका छन् ।

ञ) अन्य साहित्यिक संघ संस्थाहरुमा संस्थागत प्रतिनिधित्व

पर्वत साहित्य सङ्गमको स्थापना पश्चात यसको अगुवाई गर्नुभएका विभिन्न व्यक्तित्वहरुले अन्य साहित्यिक संघ संस्थाहरुमा प्रमुख अतिथि, विशिष्टअतिथि, अतिथि, स्रोत व्यक्ति, प्रशिक्षक तथा निर्णायक आदिका रुपमा सहभागिता जनाउनु भएको छ भने आजसम्म पनि यो क्रमले निरन्तरता पाइरहेको छ । पर्वत साहित्य सङ्गमले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको उल्लेख्य योगदानको कदर गर्दै देशका विभिन्न स्थानमा रहेका संघ संस्थाले आमन्त्रण गर्ने गरेको कुराले सङ्गमको साख अभिबृद्धिमा सकारात्मक सहयोग पुगिरहेको छ । यसरी सङ्गमको उचाइलाई झन् माथि उठाउन संस्थागत प्रतिनिधित्व गरिएका केही कार्यक्रमहरुका बारेमा यहा“ छोटो रुपमा उल्लेख गर्नु उपयुक्त हुनेछ ।

क) पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष तथा संरक्षक इन्द्रकुमार विकल्पले संस्थागत रुपमा संरक्षण कविता आन्दोलन नेपालस“ग समन्वय गरी विभिन्न स्थानमा हुने गरेका साहित्यिक कार्यक्रमहरुमा संस्थागत रुपमा सक्रिय प्रतिनिधित्व गरिरहेको ।

ख) संस्थापक अध्यक्ष श्री विकल्पज्यूले धवलागिरि अञ्चलका विभिन्न स्थानमा हुने थुप्रै साहित्यिक गोष्ठी, समारोह, सेमिनार, अन्तरक्रिया कार्यक्रम, साहित्यिक प्रतियोगिता आदिमा प्रमुख अतिथि, विशिष्टअतिथि, निर्णायक एवं स्रोत व्यक्तिका रुपमा निरन्तर सहभागिता जनाउने गर्नुभएको ।

ग) श्री विकल्पले अञ्चलकै प्रतिनिधिमूलक साहित्यिक संस्था धवलागिरि वाङमय समाजको उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरिरहनु भएको ।

घ) नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा भएको कवि गोष्ठीमा संस्थाको तर्फबाट संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले भाग लिनुभएको ।

ङ) नेपाली कला साहित्य डट कम र पोखरेली सांस्कृतिक परिवारको आयोजनामा पोखरामा भएको तीन दिवसीय कला साहित्य यात्रा सिर्जना उत्सव कार्यक्रममा पर्वत साहित्य सङ्गमको तर्फबाट श्री विकल्पज्यूले नै प्रतिनिधित्व गर्नु भएको ।

च) पर्वत साहित्य सङ्गमको तर्फबाट २०६० सालमा ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालयको आयोजनामा भारतको राजस्थान स्थित माउन्ट आबुमा भएको अन्तर्राष्ट्रिय मिडिया कन्फरेन्समा संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प र २०६१ मा सङ्गमका तत्कालीन सचिव तथा वर्तमान अध्यक्ष इन्द्रमान खत्री र सदस्य सरस्वती शर्मा ‘जिज्ञासु’ ले भाग लिनु भएको ।

छ) सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरले आयोजना गरेको साहित्य सम्मेलनमा २०७२ श्रावणदेखि भाद्र १२ गतेसम्म भाग लिनु भएको ।

ट) सङ्गमका पदाधिकारी सम्मानित एवं पुरस्कृत

पर्वत साहित्य सङ्गमको स्थापनाकालदेखि हालसम्म कार्यसमितिमा रही क्रियाशील रहनुभएका पदाधिकारीहरु विभिन्न संघ संस्थाबाट उहा“हरुले साहित्यिक तथा सामाजिक÷सा“स्कृतिक क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मानित तथा पुरस्कृत हुनुभएको छ । यसरी सम्मानित तथा पुरस्कृत हुनुहुने पदाधिकारी तथा सदस्यहरुमा सर्वश्री इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, टुकनाथ रेग्मी, लक्ष्मीराज शर्मा पौडेल, राजेन्द्र पहाडी, गोपालचन्द्र लामिछाने, गोविन्द पहाडी, साधना प्रतीक्षा, गणेशकुमार जिसी, सरस्वती शर्मा ‘जिज्ञासु’, भक्त कार्की, षडानन्द पौड्याल, तुलसी पौडेल, भरतविवश पौडेल, दामोदर घताने, मोहराज शर्मा वाग्ले, यम ढुङ्गाना के.सी., भवभिन्न, आर.के. अदिप्त गिरि, कृष्णादेवी शर्मा श्रेष्ठ, पुष्प अधिकारी ‘अञ्जली’, ध्रुवलाल शर्मा, लक्ष्मीप्रसाद शर्मा, लालचन्द्र राजभण्डारी, खगेन्द्र गिरि ‘कोपिला’, जगन्नाथप्रसाद लम्साल, प्रकटकुमार शिशिर, बलराम उपाध्याय रेग्मी, बाबुराम सुवेदी, रुद्र ज्ञवाली, शोभाकान्त गौडेल, सदानन्द अभागी, ऋषिप्रसाद लामिछाने, डि.आर. शर्मा, ओमप्रसाद घायल, गंगाधर अधिकारी ‘चिन्तन’, अनुराग अधिकारी, वैभवदीप श्रेष्ठ, हेमा कार्की लगायतका सदस्यहरु हुनुहुन्छ ।

यसै क्रममा यस सङ्गमका संस्थापक सदस्य गणेशकुमार जिसी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित हुनुभएको छ भने सचिव राजेन्द्र पहाडी भानु द्विशतवार्षिक राष्ट्रिय समारोह समितिबाट पुरस्कृत हुनुभएको छ ।

५. संस्थाका प्रमुख चुनौतीहरु ः

साहित्य क्षेत्रलाई हेर्ने समग्र दृष्टिकोणबाट पर्वत साहित्य सङ्गमका गतिविधिहरुलाई आ“कलन गर्ने प्रवृत्ति विद्यमान रहेको देखिन्छ । राज्य, राज्य सम्बद्ध निकायहरु, नागरिक समाज र आम जनसमुदायको वाङमय फा“टलाई हेर्ने परम्परागत दृष्टिकोण, साहित्यकार, कवि, कलाकारलाई मूल्याङ्कन गर्ने साघु“रो चिन्तनबाट यो संस्थाले पनि आफूलाई अलग राख्न सकेको छैन । यो संस्था पनि अपेक्षाकृत रुपबाट अगाडि बढ्न सकिरहेको छैन । जति गर्नु पर्दथ्यो त्यति गर्न सकिएको अवस्था छैन । यसका पछाडि थुप्रै कारणहरु जिम्मेवार छन् । केही प्रमुख कारणहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

 साहित्यप्रतिको सरकारी निकायहरुको चरम वेवास्ताका कारण साहित्यअनुकुल वातावरणको अभाव ।

 साहित्यिक गतिविधि सञ्चालनका लागि प्रयाप्त आर्थिक तथा अन्य साधन स्रोतको अभाव ।

 समुदायका विभिन्न तह, तप्का र क्षेत्रका मानिसहरुको साहित्यलाई हेर्ने खोटपूर्ण दृष्टिकोण ।

 साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि प्रयाप्त कार्यक्रम आयोजना गर्न नसक्नु ।

 अपेक्षित ढंगले संस्थालाई व्यापक रुपमा जिल्लाभित्र र बाहिर विस्तार गर्न नसकिनु ।

 समाजमा लेख्ने, पढ्नेहरुको संख्या बृद्धि नहुनु र लेख्ने, पढ्ने तथा सिर्जनामा जुट्नेहरुलाई प्रोत्साहन र हौषला दिने काम नहुनु ।

 संस्थाले प्रकाशन गरिरहेका सबै साहित्यिक पत्रिकाहरुलाई स्रोत साधनको न्यूनताका कारण निरन्तरता दिन नसकिनु ।

 संस्थामा आबद्ध पदाधिकारी तथा सदस्यहरुले साहित्यिक कार्यका लागि प्रयाप्त समय विनियोजन गर्न असमर्थ हुनु ।

 स्थानीय निकाय तथा जिल्ला स्तरका सरकारी कार्यालयहरुले साहित्यिक पत्रिका प्रवद्र्धनका लागि खासै उल्लेख्य योगदान नगरेका कारण पत्रिका प्रकाशनमा कठिनाई ।

 जिल्लामा रहेका साहित्यिक संघ संस्थाहरु मध्ये जेष्ठ संस्था भएकाले सबैस“ग सम्पर्क र समन्वय कायम गरी अगाडि बढ्नु पर्नेमा विभिन्न कारणले त्यसो गर्न नसकिनु ।

 सांगठनिक पद्धतिलाई जीवन्त राख्न कठिनाई देखा पर्नु ।

 संस्थाको आजीवन तथा साधारण सदस्यतालाई व्यापक रुपमा विस्तार गर्न नसकिनु ।

६. संस्थाका सवल पक्षहरु ः

सतहमा देखिएका जे जस्ता चुनौति र अफ्ठ्याराहरु भए पनि पर्वत साहित्य सङ्गमले आफ्ना घोषित लक्ष्य उद्देश्य प्राप्तिका लागि आफ्नो स्थापनाकालदेखि आजपर्यन्त थुप्रै रचनात्मक, सिर्जनशील र उल्लेख्य गतिविधिहरु सञ्चालन गरिआएको छ । साहित्य क्षेत्रमा सबै समय खर्चिएर गुजारा गर्ने अवस्था नबनिरहेको अवस्थामा यस संस्थामा आबद्ध व्यक्तिहरुले पनि स्वाभाविक रुपमा आफ्नो पूरै समय साहित्यमा दिएको अवस्था छैन । तसर्थ जीविकोपार्जनका अन्य कामबाट उब्रेको समय सदुपयोग गरेर जे जति गरिएको छ, समकालीन अवस्थामा त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । वास्तवमा जिल्लाभित्र साहित्य सिर्जनाको क्षेत्रमा खासै केही क्रियाकलापहरु सञ्चालन नभइरहेको पृष्ठभूमिमा पर्वत साहित्य सङ्गमले जे जति गर्न सकेको छ त्यसले पर्वत जिल्लाको पहिचानलाई विस्तार गर्न सहयोग पुगेको निष्कर्ष निकाल्न सकिन्छ । स्थापना पश्चात पर्वत साहित्य सङ्गमले आफूलाई जे जसरी प्रस्तुत गरिरहेको छ, त्यसका सवल पक्षहरुलाई बु“दागत रुपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

 जिल्लाका बरिष्ट तथा स्थापित साहित्यिक स्रष्टाहरुको सम्लग्नता भएको ।

 साहित्य क्षेत्रमा क्रियाशील जिल्लाकै सबैभन्दा पुरानो संस्था ।

 संस्थाभित्र नया“–पुराना साहित्यकर्मी, लेखक तथा कलाकारहरुको उपस्थिति÷जमघट ।

 अञ्चल तथा क्षेत्रीय स्तरमा नै प्रतिष्ठित साहित्यिक पत्रिकाहरु प्रकाशन गरिरहेको ।

 अन्य संघ संस्थाहरुस“ग सम्पर्क समन्वय स्थापित गरेर थुप्रै साहित्यिक गतिविधि सञ्चालन गरिरहेको ।

 राष्ट्रिय स्तरमा स्थापित साहित्यकारहरुस“गको राम्रो सम्बन्ध तथा केन्द्रीय स्तरका साहित्यिक संघ संस्थाहरुस“ग सुमधुर सम्बन्ध स्थापित भएको ।

 देशका विभिन्न स्थानमा रहेर साहित्य सिर्जनामा जुट्नु भएका व्यक्तित्वहरुको प्रेरणा, साथ र हौषला पाइरहेको अवस्था ।

 नियमित रुपमा साहित्यिक क्रियाकलापहरु सञ्चालन गरिरहेको स्थिति ।

 राष्ट्रिय तथा क्षेत्रीयस्तरमा अयोजना हुने साहित्यिक क्रियाकलापहरुमा जिल्लाको प्रतिनिधित्व गरी सहभागिता जनाउने गरिएको अवस्था ।

 जिल्लाका विभिन्न क्षेत्रहरुमा स्थापना भई सञ्चालनमा रहेका क्याम्पस, उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय तथा निजी शिक्षण संस्थाहरुस“ग समन्वय स्थापना गरी रचनात्मक तथा सिर्जनशील साहित्यिक कार्यक्रमहरु आयोजना गर्न सकिने सम्भावना ।

 सङ्गमको अगुवाईमा साहित्यिक क्षेत्रमा प्रदान गर्ने गरी जम्मा ४ वटा पुरस्कार स्थापना भैसकेको ।

 संरक्षण कविता आन्दोलन ः धौलागिरि यात्रा प्रारम्भ गरिएको ।

 नेपाली साहित्यमा पर्वत साहित्य सङ्गमको योगदान विषयमा घनश्याम पौडेल र नेपाली साहित्यको विकासमा कालीको सुसेलीका कथाहरुको योगदान विषयमा शिवप्रसाद शर्माले स्नातकोत्तर तहका लागि सोधपत्र तयार गर्नुभएको ।

७. आगामी दिनका लागि प्रस्तावित कार्यक्रमहरु ः

ड्ड संस्थाले प्रकाशन गर्दै आएका कालीको सुसेली र बालसुसेलीको प्रकाशनलाई निरन्तरता दिने ।

ड्ड मासिक साहित्य चौतारीलाई पुनः आयोजना गर्ने तथा चौतारी साहित्य पत्रिकाको पुनः प्रकाशनका लागि आवश्यक प्रवन्ध गरी कार्यारम्भ गर्ने ।

ड्ड पर्वत साहित्य सङ्गम अन्तरगत एउटा साहित्यिक पुरस्कार कोषको स्थापना यथाशीघ्र गर्ने ।

ड्ड सङ्गमको आजीवन सदस्यता तथा साधारण सदस्यता विस्तार अभियानलाई जोडतोडका साथ निरन्तरता दिने ।

ड्ड नेपालका विभिन्न स्थानमा रही साहित्यको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुस“ग सम्पर्क र समन्वयको अवस्थालाई अझ मजबुद र प्रभावकारी बनाउ“दै जाने ।

ड्ड साहित्यिक बनभोज कार्यक्रमलाई निरन्तरता दिइने । यस बर्षको बनभोजलाई पनि सङ्गमले नै आयोजना गर्न प्रयत्न गर्ने ।

ड्ड साहित्यिक पत्रकार संघको केन्द्रीय भेला पर्वतको सदरमुकाम कुश्मामा आयोजना गर्न संस्थाले आयोजकको भूमिका निर्वाह गर्ने ।

ड्ड नेपाली साहित्याकासलाई थप फराकिलो बनाउनका लागि अमूल्य योगदान दिने कुनै एकजना मूर्धन्य स्रस्टाको सम्झनामा हरेक वर्ष अञ्चलस्तरीय साहित्यिक कार्यक्रमको आयोजना गर्ने ।

ड्ड यस वर्ष पनि भूपी जयन्ती मनाउनका लागि सङ्गमको अगुवाईमा मुस्ताङ जिल्लाको टुकुचे स्थिति भूपीको जन्मथलोमा गई साहित्यिक कार्यक्रमको आयोजना गर्ने । यस प्रयोजनका लागि बागलुङ, म्याग्दी र मुस्ताङका साहित्यिक संघ संस्था र स्रष्टाहरुस“ग सम्पर्क समन्वय स्थापित गर्ने ।

ड्ड सङ्गमको कार्यालय व्यवस्थापनका लागि आवश्यक स्रोत साधन जुटाई यथासम्भव चा“डो व्यवस्थित ढंगले कार्यालय सञ्चालनको व्यवस्था मिलाउने ।

ड्ड आवश्यक आर्थिक स्रोतको प्रवन्ध गरी सङ्गमका सदस्य मित्रहरुका उत्कृष्ठ साहित्यिक कृति प्रकाशनको व्यवस्था गर्न पहल गर्ने ।

ड्ड आफ्नै तथा अन्य साहित्यिक स्रष्टाहरुका प्रकाशित कृतिहरुको विमोचन कार्यक्रमहरुको आयोजना गर्ने तथा विभिन्न गाउ“, विद्यालय तथा क्याम्पसहरुमा घुम्ती (यात्रा साहित्य) साहित्यिक कार्यक्रमहरुको आयोजना गर्न थालनी गर्ने ।

ड्ड विभिन्न विधाका साहित्य स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कुृरालाई निरन्तरता दिंदै जाने ।

ड्ड नया“ लेखक, सर्जक, कलाकार तथा साहित्यकारहरुलाई सिर्जनामा लाग्ने उपयुक्त अवसर प्रदान गर्न आवश्यक पहल गर्ने ।

ड्ड विभिन्न विधामा साहित्यिक गोष्ठी, सेमिनार, सम्मेलन तथा तालिमहरुको आयोजना गर्ने ।

८. निश्कर्ष ः

धेरैको दृष्टिकोणमा साहित्य कर्म बेकारको भुलभु्लैया होला, जसले सर्जकको बौलठ्ठीपना उजागर गरेको होस् । कसैको मतमा साहित्य अल्छी, कुरौटे, काम नपाएका, गफाडी र कतै नबिकेकाहरुको उपज ठहरिएको होस् । कसैको दृष्टिमा साहित्य सिर्जना सचेत नागरिकहरुको जिम्मेवार अभिव्यक्तिको माध्यम बुझिएको होस् । बस्, विचार, समझ र हेराई आ–आफ्ना हुन सक्छन् । आधा पानी भएको गिलासलाई कसैले आधा भरिएको देख्ला, कसैले आधा खाली देख्ला । फरक–फरक कोणबाट हेर्न पाउनु व्यक्तिको स्वतन्त्रताभित्रको कुरा हो । साहित्य रचनालाई पनि हाम्रो समाजमा पृथक–पृथक पाटोबाट विश्लेषण गर्न रुचाउनेहरुको बाक्लो उपस्थिति रहेको छ । जसले साहित्यलाई सकारात्मक आ“खाले हेर्छन् तिनले हामीलाई हौस्याईरहेका हुन्छन्, जोस्याई रहेका हुन्छन् । तिनको ऊर्जा पाएर हामी फुलेल हुन्छौं र सिर्जना गर्छौ । अर्काथरी जो साहित्यलाई घृणा गर्छन्, बेकार देख्छन् र दुत्कार्छन् तिनको ओठ चेप्प्रेयाईले हामी गलित हुन्छौं, ठन्डा हुन्छौं । तिनको तिरस्कारले फेरी पनि हामीलाई लेख्नै उक्साईरहेको हुन्छ । किनकी लेखक, चिन्तक र स्रस्टाहरु प्रतिकुलतामा अनुकुलता, असजिलोमा सजिलो, असहजमा सहज खोज्न खप्पिस हुन्छन् । शायद हामी पनि त्यही कित्ताका अंशियार बन्न चाहान्छौं ।

अवस्था जेसुकै भएपनि, आम बुझाई जेजस्तो भएपनि जो भएको यथार्थलाई आत्मसाथ गरेर पर्वत जिल्ला सदरमुकाम कुश्माको एउटा सानो कोठीको भाइसल्लाहले स्थापना भएको पर्वत साहित्य सङ्गम आज १८ वर्षे लक्का जवान भएको छ । आजको नौजवान सङ्गमले थुप्रै भोटा फटालेको छ, जाडो सहेको छ, बसन्तमा रमाएको छ । यसले कैयन अव्यक्त खुशी कमाएको होला र अनगिन्ती दुःखका दिन काटेको होला । जति कहर काटेर भएपनि दुःखस“ग खुशी साट्न यसले कैल्यै बिर्सेन । दैनन्दिन चटारोबाट फूर्सद निकालेर रचना गरेका साहित्य सिर्जनाहरु प्रकाशन गर्न नपाएर भौंतारिएका थुप्रै कलमकर्मीहरुलाई यसले न्यानो ओत दिएको छ । पढ्न चाहने पाठकहरुलाई आफूस“ग उपलब्ध स्रोत दिएको छ । यसले आफू रित्तिएरै भएपनि कलिला र पाकापुराना स्रष्टाहरुलाई भरिभराउ बनाउन प्लेटफर्म उपलब्ध गराएको छ ।

कति पढेर जानियो होला, कति परेर जानियो होला र कति गरेर जानियो होला । गर्दै सिक्दै गर्ने क्रममा पर्वत साहित्य सङ्गमले पनि आफूलाई परिस्कृत र परिमार्जित गर्दै ल्याएको छ । हामी आफै जान्ने बुझ्ने भैसकेका छैनौं । हामीलाई रचनात्मक सुझाव, सल्लाह र पृष्ठपोषण दिइरहनुहोला भन्ने हामी आसा गर्दछौं । साहित्यको चुनौतीपूर्ण शिखर आरोहण गर्ने हाम्रो अभिलासामा थुप्रै पथिकहरुले साथ दिनुभएको छ । कति साथीहरु प्रारम्भदेखि थियौं, कति पछि थपियौं, कति आजपनि थपिंदै छौं । थोपा–थोपा मिलेर घैला भर्ने हाम्रो अभियानमा होस्टेमा हैसै गर्ने तमाम् साहित्यसेवी सर्जकजनमा हार्दिक सलाम गर्दछौं । नामैले हामी सङ्गम हौं, अर्थात सबैको बिसाउने थलो, मिलनबिन्दु । यहा“ सबै अटाउ“छौं, यो चौतारीको शीतल ताप्न सबैलाई उत्तिकै हक लाग्छ । कतै चौतारीको डिल भत्केको भए, ढुङ्गा उप्केको भए सज्साज पारेर भएपनि बस्नुपर्छ । नया“ इट्टा थप्नुपर्ने भएपनि थप्नुपर्छ, नया“ वर–पिपल सार्नुपर्ने भएपनि सार्नुपर्छ । यो थलोलाई पर्वतेली साहित्य क्षेत्रको परिचय बनाउने ध्येयमा तपाईंको साथ, समर्थन र सद्भाव अपेक्षित छ । तपाईंको साहित्यिक मन मस्तिष्क यो साझा चौतारीमा बिसाउन अवश्य पाल्नुहोला । पर्वत साहित्य सङ्गमको दैलो तपाईंका लागि सधैं खुल्ला छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।