19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुनौलो एक बिहान

कविता मनीषा अवस्थी October 3, 2015, 7:24 pm

सुनौलो एक बिहान

आशालाग्दा किरणसंगै झुल्किदा

आमाको काखमै कुस्ती खेलिरहेका हामी सन्तान

सन्तानसामु निरिह बनेकी आमाका आँखा

रसाएछन् क्यार तप तप

खुशी र पिडाको मिश्रण लिएर

भुल्किएको बिहानसँगै

फुस्री अनि सेताम्य फुलेकी मेरी आमा

फेरी एकपटक सबैसन्तानलाई अंगालो हालेर च्याप्ने

झिनो आशा होला सायद

सकिनसकी अर्धखुशीका प्याला झार्दैछिन तप तप

प्याला बोकेर आएको त्यो बिहान

सधैंभन्दा थोरै भिन्न

तर दाजुको खुशियाली म बेखुशी भएर रुँदा

उनि खुशी कि दुखी बुझ्नै सकिन

मात्रै देखे परेलीमा छचिल्किएको तप तप

वर्षौ भएछ क्यार दाजूभाई बिरानिएको

एकै थालमा भात नखाको

आमाका दुबै हात तान्दै नखेलेको

सायद त्यहि आशामा होलिन

भावविह्वल बन्दै तप तप

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।