18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सबै नदी हौँ

अनुवाद मार्गारेट स्येन October 4, 2015, 3:46 am

हामी सबै

थाह नभई जन्मिएका नदी हौँ ।

आफ्ना पाखुरा फैलाउँदै दौडीहिँड्ने

किनार अनिश्चित भएका नदी ।

नदी जो छिनछिनमा अडिँदै तरङ्गित हुँदै

जीवनलाई हेरिरहन्छ ।

नदी जो केही थाहा पाएर वा नपाईकनै

उम्किरहन्छ, फाल हानिरहन्छ ।

हामी अनेक थोक र जीवनलाई

आपसमा बाँध्ने नदी हौँ।

सँधैभरि पुल मुनि बगेर

आफ्ना दुःखहरू पखाल्ने नदी हौँ ।

ढाढस मात्रका भरमा तर्न नसक्ने गरी फैलिएका

रुन नसक्ने गरी भिजेका

हामी डोरी झैँ बाटिएका नदीहरू हौँ ।

(जर्मनीसं.रा. अमेरिका)

(मूल जर्मनबाट कवि स्वयम्‌ले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा अनुदित)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।