17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत किरणकुमार राई October 4, 2015, 3:47 am

बाडुलीको देश डुल्दै डुल्दै कहाँ पुग्नु छ

सपनीको रछ्यानमा शिर ढल्काउनु छ

आँतको मानिस फेला परयो बल्लतल्ल

आजको सुनसान रात उसैलाई सुम्पिनु छ

न रिस छ न राग छ मुटुभित्र कतै सास छ

लामो बाटो रोज्दै छोटो जीवन हिंडाउनु छ

पर्खाल ठाडो उकालो यहाँ उक्लिनै गाह्रो छ

आँटको पहाड बोकेर अब अघि लम्किनु छ

साउती गरे आँसुले यहाँ खल्तीमा रुमाल छ

परेली यहाँ भिज्दैन अब सुकाउने आँगन छ

चुल्ठोले उसको वास मागे हात मेरो पसार्छु

सुकौरो लागे हृदयमा उसको पानी छम्किनु छ

तेजपुर, असम (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।