तिमी भए ठाउँ
मथ्थर हुन्छ
मेरा हिउँदको
उदास आँधी ।
मलाई आराम दिने हरेक चिज
त्यहीं कतै छ
तिम्रा ओठ र
छातीका बिचमा ।
यो उपहार दियौ भने तिमीले
टल्किनेछु म
घाममा टल्किएको बालुवाजसरी ।
म मेरो अँगालोलाई
तिम्रो न्यानोपनको वरिपरि पोखिदिन्छु
र लल्याकलुलुक भएर
समर्पित हुन्छु ।
यो अँगालो
आफैँ नै
जीवनसँग बाँधिन्छ ।
इटाली
(मूल इटालियनबाट कवि स्वयम्ले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा अनुदित)