17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्व प्रकाश भुसाल October 19, 2015, 3:52 am

विकृत समय, विथोलिएको जिन्दगी, आत्तिएको छ यो मन

साना मसिना आशाका तान्द्राहरुमै झुण्डीरहेछ यो जीवन

चक्कर काट्दै यो स्वार्थी शहरमा दुखेको छु आज

ठक्कर खाँदै जाली मान्छेहरुसंग झुकेको छु आज

खडेरीको रापमा शितल खोज्दै गलिरहेको छ यो तन

साना मसिना आशाका तान्द्राहरुमै झुण्डीरहेछ यो जीवन

विकृत समय, विथोलिएको जिन्दगी, आत्तिएको छ यो मन

निसासिएको स्वाश छ , रोग छ, शोक र प्यास छ

दबेको आवाजले कसलाई सुनाउँ केही आश छ

सपनाहरु साँचु वा फालिदिउँ हे दैव यो तँनै भन

साना मसिना आशाका तान्द्राहरुमै झुण्डीरहेछ यो जीवन

विकृत समय, विथोलिएको जिन्दगी, आत्तिएको छ यो मन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।