17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सुरेन्द्र महर्जन अमर October 30, 2015, 2:36 pm

त्यरो भाग्यमा जे लेखेको छ त्यही हुन्छ हुन्छ

देखेको पाइन्न र भेटिन्न हुने भएर छाड्छ ।

जिन्दगी ईश्वरको खेल दुखी बनी आँसु नझार

जीउनु नै वर्दान हो बाँच दु:ख चिन्ता भूलेर,

मन्दिरमा मान्छेका भीड तँछाडमछाड हुन्छ

देखेको पाइन्न र भेटिन्न हुने भएर छाड्छ ।

आफैभित्र खोज्दैन मान्छे मौन बसेको ईश्वर

छल कपट बेकार रिस गरेरै पाउने छैन ईश्वर,

मान्छेहरूका पाउ समाएमा धर्म त्यही हुन्छ

देखेको पाइन्न र भेटिन्न हुने भएर छाड्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।