19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लाभा

कविता कल्पना सिँह चिट्‌निस October 30, 2015, 7:22 am

ती कसरी मौन रहन सक्छन्,

जसले शताब्दियौँ को प्रावाहमा डुवेर

ल्याएका थिए शब्दलाई ?

एउटा आगो पिएका थिए

र उबाएका थिए शब्दलाई अँजुलीमा,

जसको स्वर कसैसँग मागेर ल्याइएको हैन

ती कसरी मौन रहन सक्छन् ?

या दन्किरहेछन् अस्थीहरू तिनका शरीरभित्र

र रगत पनि रातै छ आजसम्म ?

हैन भने यी

किन हिउँजस्तै चिसा र सेता भएका ?

जसले आफ्नो मौनताले

हामीलाई पिरोलिरहेका छन् ,

हेरिरहेछन् तिनीहरू पनि

सडकमा फिँजिँदै गरेको लाभा ।

भारतसं.रा. अमेरिका

(मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।