18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हिउँ

अनुवाद नाजि करिम October 30, 2015, 3:26 pm

हिउँ परोस्

तलतल सम्म झरोस् हिउँ

रूखका हाँगाहरूमा

छानाहरूमा

हाम्रा झ्यालहरूमा

र हाम्रो समयमा ।

यो हिउँ परोस्

अझै परोस्

हाम्रा टाउका र केशहरूमा

हाम्रा नाङ्गा काँधहरूमा

र जमुन् हाम्रा हृदयहरू

अहो !

अब हेरौँ हामी

सेतो र स्वच्छ संसारलाई

हाम्रा कोइलाझै काला आँखाहरूले।

अफगानिस्तान

(मूल फारसीबाट कवि स्वयम्‌ले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा अनुदित)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।