भौतिकरूपमा हावाझैं अदृश्य रही
ईश्वर अस्तित्वमा हुनसक्ने झिनो शंकाले
मलाई अल्मलाएको साढे तीन दशक।
आफैं ईश्वर आफ्नो लागि मात्र भएको
टुंगो लागेको त्यसपछि।
मलाई खुब टिठ लाग्ने
साक्षात ईश्वर आफू हुँदाहुँदै
अरुलाई ईश्वर मानि ठगिएको देख्दा
अरु के कुरा गर्ने
बुद्धले 'तिमी आफैं ईश्वर हौं' भन्दाभन्दै
बुद्धलाई नै ईश्वर मानि
परनिर्भरता अपनाएको।
च्वु...च्वु.. विचराहरू!
आफूलाई अरुभन्दा
कमजोर ठानी
सिर्फ अन्धविश्वासको भरमा
आत्मबल बढाउनुभन्दा
ठूलो अन्याय
केही नहुने ।
मनमैजु, काठमाडौं