चोट कैल्यै नदिनेले
पहिलो चोट दिनाले
सधैँ चोट दिँदा
मन त्यसै चस्किन्छ
बाँचिएको संसारमा
धोखा कैल्यै नदिनेले
पहिलो धोखा दिनाले
सधैँ धोखा दिँदा
मन त्यसै झस्किन्छ
बाँचिएको संसारमा
तीखो वचन कैल्यै नबोल्नेले
पहिलो वचन बोल्नाले
सधैँ वचन बोल्दा
मन त्यसै तर्सिन्छ
बाँचिएको संसारमा
नराम्रो कैल्यै नगर्नेले
पहिलो नराम्रो गर्नाले
सधैँ नराम्रो गर्दा
मन त्यसै छट्पटिन्छ
बाँचिएको संसारमा
बेइज्जत कैल्यै नगर्नेले
पहिलो बेइज्जत गर्नाले
सधैँे बेइज्जत गर्दा
मन त्यसै अमिलिन्छ
बाँचिएको संसारमा
बिगार कैल्यै नगर्नेले
पहिलो बिगार गर्नाले
सधैँे बिगार गर्दा
मन त्यसै चिसिन्छ
बाँचिएको संसारमा
जिन्दगी बर्बाद कैल्यै नगर्नेले
पहिलो बर्बाद गर्नाले
सधैँ बर्बाद गर्दा
मन त्यसै पग्लिन्छ
बाँचिएको संसारमा