आमा भन्नु आमा नै हो, आमाभन्दा अर्को हुन्न
आमाभन्दा माथि कुनै, सिमानामो धर्को हुन्न
नाना, पापा, लुटुपुटु, चुसाएर दश धारा
तोतेबोली ताता तैयाँ, देखाउने संसार सारा
आमा तिमी आमा नै हौ, तिमीजस्तै को बुझ्छ र
तिम्र्रै अंगको म अंश, यो रगतमा को बग्छ र
चल्न थाले हात पाउ, जीवन टाढा टाढा टाढा
मेरो पीडा तिम्लाई दुख्छ, तिम्रो माया कति गाढा
आमा तिमी जननी हौ, सहनताकी अर्को नाम
तिम्रो अघि छैन कुनै, तीर्थ, ब्रत चारै धाम