संधै दुर दुर गरि उसैले
बोली नानाथरी उसैले
संझ आफ्नालाई भनेको त
ठूला आंखा तरी उसैले
मुहार उज्यालो मन अंध्यारो
चलाई मनपरी उसैले
दोषी म दोष थाहा नहुंदै
जोरी कचहरी उसैले
छोडि गई तोडी सम्बन्ध
उठाई दुखको भूमरी उसैले
एक्लै जित्छु दुनिया भन्थी
कसैको जालमा परि उसैले
अहिले माफ गर ‘वालक’
भन्छे रुंदै धरधरी उसैले