कॉडामा सधैं फुल्छ जीवन
मोहमा यसै भुल्छ जीवन ।
जति झ¥यो पसिनाका धारा
सौन्दर्य हुँदै खुल्छ जीवन ।
अभाव बन्छ जब पहाड
पिउ‘दै ऑंसु झुल्छ जीवन ।
कसैले घात सौगात दिए
एकान्त खोज्दै डुल्छ जीवन ।
लुकाऊ‘ं कति तीतो यथार्थ
पीडामा अति घुल्छ जीवन ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।