न सकें भुलाउन त्यो निस्ठुरीलाई,
न सकें जलाउन त्यो निस्ठुरीलाई,,
सम्झनाको पीडा मनभित्र गुम्सिरँदा,
न सकें सुनाउन त्यो निस्ठुरीलाई,,
फुल थिइ काँडा बनि घोच्नथालेपछि,
न सकें सजाउन त्यो निस्ठुरीलाई,,
मन दिए,तन दिए,बाँकि स्वास मात्र,
न सकें बुझाउन त्यो निस्ठुरीलाई,,
एक्लो जन्मे,बाँच्न एक्लै मैले जान्नुपर्छ ,
न सके पनि पाउन त्यो निस्ठुरीलाई