यसरी झुल्किएको घामले हेर्छ मलाई
जसरी पल्लाघरे रामले हेर्छ मलाई ।
सदाबहार बगिराख्ने शुद्ध जलको चाहनामा
नचाहिँदो पवन नै बेकामले हेर्छ मलाई ।
मलाई हेर्ने जति सारा पन्छाउँदा फेरि पनि
चिठी खोज्दै चियाएर खामले हेर्छ मलाई ।
कतै छैन लुक्ने ठाउँ लुकौं भने पनि
किन हो किन त्यसै आमले हेर्छ मलाई ।
यथार्थमा ‘सरिता’ कि खहरे हो भनी
झुक्किएर आफैँ मेरो नामले हेर्छ मलाई ।
भीरपानी, रामेछाप ।