१. विषयप्रवेश:
—अ डिस्किक्रप्सन अफ नेपाली: लिटेरेरी एन्ड कोलोक्विअल‘ (साहित्यिक र वोलचालको नेपालीको वर्णन) प्राध्यापक डाक्टर वल्लभमणि दाहालको पि.एच.डी. शोधप्रवन्धको शीर्षक हो। दाहाललाई यसैले डाक्टर र प्राध्यापकका रुपमा स्थापित गरेको हो, तर यस शोधप्रवन्धवारे थोरै मानिसहरुलाई मात्र थाहा छ। —मेरो सम्पूर्ण जीवन नेपाल र नेपालीका लागि समर्पित छ‘ भन्ने डा. दाहालको राष्ट्रियता र राष्ट्रनिर्भाणवारेका तर्क र भाषाणहरु राजनैतिक-सामाजिक मञ्चहरु र सञ्चार माध्यमहरुबाट सुन्नेहरु धेरै छन्, तर उनको गम्भीर प्राज्ञिक व्यक्तित्ववारे चाहिं राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका सीमित गोष्ठी र सम्मेलनहरुमा जानेहरु र उक्त शोधपत्र पढ्नेहरुलाई मात्र जानकारी छ। यस लेखमा उक्त अप्रकाशित शोधपत्रको परिचय गरी त्यसमार्फत डा.दाहालको परिचय दिने उद्देश्य रहेको छ।
२. शोधप्रवन्धको पृष्ठभूमि र सम्रचना :
यो शोधप्रवन्ध भारतको पुना (पुणे) विश्वविद्यालको कला सङ्कायअन्तर्गत भाषाविज्ञान विषयमा पि.एच.डी. उपाधिका लागि सन् १९७४ मा डेक्कन कलेज, पुनामा प्रस्तुत गरिएको हो। यो नेपाली जनताका लागि समर्पित गरिएको छ। यस शोधकार्यका निर्देशक डा. अशोक केल्कर रहेका थिए। यो केही परिवर्तित (Modified) सम्रचनावादी ढाँचामा तयार पारिएको छ। यस शोधकार्यका लागि कोलम्वो प्लान छात्रवृत्ति उपलव्ध गराइएको थियो।
शीर्षक पृष्ठ, समर्पण, भूमिका, सम्क्षेष, सङ्केतसूची र विषयसूचीवाहेक यो शोधप्रवन्ध सन्दर्भसामग्री सूची समेत जम्मा ६२७ पृष्ठको छ। यसमा जम्मा सात अध्याय छन्- परिचय, वर्णविज्ञान, सन्धि वा रूपधुवनिविज्ञान, प्रातिपदिक (Stem)का कार्यमूलक वर्ग, प्रातिपदिकको निर्माण, रुपायनका कोटि र तिनको प्रत्यक्षीकरण (Realization) र वाक्या विज्ञानको रूपरेखा (Sketch)।
३. शोधप्रवन्धको विषयवस्तु:-
यहाँ शोधपत्रको विषयवस्तुलाई सरलताका लागि अध्यायगत रूपमा प्रस्तुत गरिन्छ।
अध्याय १- परिचय:
यस अध्यायमा नेपाली भाषाको पृष्ठभूमिको चर्चा गर्दै यसलाई दक्षिण एसियाको एक महत्वपूर्ण भाषा र भारोपेली परिवारको भारतीय आर्य शाखाको पहाडी समूहसँग सम्वन्धित भाषाका रूपमा चिनाइएको छ। यो नेपालमा प्रशासन, सञ्चार, सार्वजनिक जीवन र शिक्षाको माध्यम रहेको तथा भारत, सिक्किम, भुटान र वर्मामा समेत वोलिने भाषा हो भनिएको छ। यसमा नेपाली भाषाका सम्पूर्ण वक्ताहरुको र नेपालमा वोलिने विभिन्न परिवारका भाषाका वक्ताहरुको तथ्याङ्क तथा नेपालको भाषिक नक्सासमेत प्रस्तुत गरिएको छ।
यसमा, नेपाली भाषाका विभिन्न नामहरुको चर्चा गरिएको छ। नेपाली भाषाको ऐतिहासिक रूपरेखा सन्दर्भसहित प्रस्तुत गरिएको छ, साथै तात्विक तालिकामा मुख्य-मुख्य साहित्यिक र साहित्येतर कृतिहरु, तिनको समय, राजनैतिक घटनाहरु, भाषाको प्रसार, राजनैतिक अभिलेखहरु आदिलाई कालक्रममा प्रस्तुत गरिएको छ।
नेपाली भाषाका भाषिका भेदवारे चर्चा गर्दै यसका भौगोलिक, सामाजिक, राजनैतिक, जातिगत, अर्थिक, शैक्षिक आदि भेदहरु रहेको, तर ती सवै स्पष्ट रूपमा साहित्यिक भेद-जसलाई मानक नेपाली भनिन्छ- सँग भिन्न देखिन्छन् भनिएको छ। साहित्यिक भेद प्रतिष्ठाको भाषा, औषचारिक भेद, स्थिर व्याकरण र उच्च शव्दभण्डार भएको औपचारिक प्रयोग र साहित्य, कक्षाकोठा र प्रशासनमा प्रयोग गरिने भेद भएको उल्लेख गरिएको छ। यसको अन्य भेदसँगको सह-सम्वन्धका कारण भाषाद्वैत (Diglossia)को स्थितिसमेत रहेको वताइएको छ। यस क्रममा भाषिक भेदवारे अध्ययन गर्ने अन्य विद्वान्हरुको सन्दर्भ प्रस्तुत गर्दै ती कुनै वैज्ञानिक आधारमा गरिएका अध्ययन नभई तदर्थ (adhoc) मात्र रहेको निष्कर्ष दिइएको छ।
यसको अध्ययनक्षेत्र स्पष्ट पार्दै गर्दै अध्ययन लिखित भाषामा आधारित भेद साहित्यिक नेपाली (Literary Nepali) र दार्जिलिङको खर्साङमा वोलिने भेद दार्जिलिङ नेपाल (Darjeeling Nepali) तथा नेपालको सङ्खुवासभामा वोलिने भेद (शोधकर्ताको क्षेत्रको) पूर्वी नेपाली (Eastern Nepali) गरी नेपालीका तिन भेदमा आधारित रहेको जनाइएको छ।
तथ्याङ्कको स्रोतको रूपमा साहित्यिक नेपालीका लागि नेपालीका साहित्यिक कृतिहरु दार्जिलिङ नेपालीका लागि दार्जिलिङको चार महिने क्षेत्रकार्य र पूर्वी नेपालीका लागि आफैँ प्राथमिक स्रोतका रूपमा रहेको उल्लेख छ। द्वितीयक स्रोतका रूपमा भने साउथवर्थको ट्रान्सपर्मेन ग्रामर: अ स्केच, क्लार्कको इन्ट्रोडक्सन टु नेपाली, हेमरा चन्द्रिका र मारिया हारिको टेन्टेटिभ सिस्टेमिक अर्गनाइजेसन अफ नेपाली सेन्टेन्सेज्लाई लिएको छ।
यो शोधकार्य ढाँचा (Model) अभिमुखभन्दा तथ्याङ्क (Data) अभिमुख छ, यो सामान्यत: परिवर्तित सम्रचनावादी उपागम (Approach) मा आधारित छ, आवश्यक ठाउँमा रूपान्तरणात्मक र प्रकार्यात्मक विश्लेषण पद्धतिसमेत उपयोग गरिएको छ, नेपालीका उपर्युक्त तिन भेदका समानता र असमानताका आधारमा नेपालीको सम्रचना देखाइएको छ भन्ने जानकारी दिइएको छ।
अध्याय २- वर्णविज्ञान:
यस अध्यायमा भाषिक (खण्डीय र खण्डेतर) वर्णका साथै भाषेतर (Paralinguistic) वर्णहरुको अध्ययन गरिएको छ। नेपालीमा ६ स्वर- अ, आ, इ, उ, ए, ओ र २९ व्यञ्जन क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह गरी जम्मा ३५ खण्डीय वर्ण छन्, साथै सहोच्चारण (नासिक्य र स्वरको), विराम, वाक्याघात (Sentence accent) र वाक्यतान (Sentence tone) खण्डेतर वर्णका रूपमा छन्। यो जानकारी दिइएको छ। उपर्युक्त खण्डीय वर्णहरुको सहसम्वन्धक (Co-relates) उच्चारणका विभिन्न अवस्था वा छिमेकी ध्वनिको प्रभावको अध्ययन गरिएको छ।
भाषेतर वर्णविज्ञानमा अनुकरण, विविध भावको अभिव्यक्ति, गुण र मात्रा वुझाउन प्रयोग हुने दीर्घता र जिस्क्याउन र अनुकरण गर्न प्रयोग गरिने ध्वनिहरुको अध्ययन गरिएको छ।
अध्याय ३- रूपध्वनिविज्ञान
यस अध्यायमा नेपालीका सन्धिलाई पुनर्लेखी नियम (Rewrite Rules) का आधारमा स्पष्ट पारिएको छ। व्यञ्जन सम्वन्धी १२, अर्धस्वरसम्वन्धी ६, स्वरसम्वन्धी ११ र सहोच्चारण सम्वन्धी ३ गरी यसमा जम्मा ३२ नियम समाविष्ट छन्। हरेक नियमसँगै परिवर्तनअघिको ध्वनि, परिवर्तनपछिको ध्वनि, परिवर्तनको शर्त वा परिवेश, उक्त नियम अनिवार्य वा ऐच्छिक के हो र कुन भाषिकामा लाग्छ भन्ने जानकारी दिइएको छ, साथै तिनका अपवादवारे पनि उल्लेख गरिएको छ।
यसमा, रूपका मुख्य प्रकारवारे दिएको छ। ती आधार (Base) र सर्ग (Affix)का रूपमा छुट्याइएका छन्। तीमध्ये नामिक, क्रियात्मक, अव्यय र अनुकरणात्मक आधार तथा सर्गवारे छुट्टाधेरै ५ शीर्षकमा दिइएको छ।
अध्याय ४- प्रातिपदिकका कार्यमूलक वर्ग:
यस अध्यायमा व्याकरणिक कार्यका आधारमा प्रातिपदिको वर्गीकरण गरी अध्ययन गरिएको छ। प्रातिपदिकका तिन मुख्य वर्ग छन्। -नामिक क्रिया र अव्याय । नामिक क्रिया अन्तर्गत नाम, सर्वनाम र विशेषण छन्। सम्रचनात्मक आधारमा नाम, सरल, सम्युक्त (Composite) र द्विरुक्त (Reduplicated) गरी तिन किसिमका हुने र प्रकार्यका आधारमा यी रूपायनको प्रक्रियामा जाने कुरा उल्लेख छ। नामलाई मानवीय र मानवेतर तथा सङ्ख्येय र असङ्ख्येय गरी वर्गीकरण गरिएको छ।
विशेषण सम्रचनात्मक रूपले सरल, व्युत्पन्न, सम्युक्त र द्विरुक्त गरी चार प्रकारका र रूपायनका दृष्टिले रूपायन हुने (Declinable) र रूपायन नहुने (non-declinable) गरी दुई प्रकारका हुन्छन् भनिएको छ।
सर्वनाम पुरुषवाचक, प्रश्नवाचक, सम्वन्धवाचक र आत्मवाचक छन्। तीमध्ये पुरुषवाचक सर्वनामका सन्दर्भमा त्यो कसले, कसलाई, कस्तो परिस्थितिमा प्रयोग गर्छ, त्यससँग क्रियाको सङ्गति हुन्छ/हुँदैन तथा उक्त सर्वनामको प्रयोग हुँदा क्रियामा आदरका लागि केही थपिन्छ कि थपिंदैन जस्ता पक्षमा विस्तृत चर्चा गरिएको छ। यसलाई एउटा निकै लामो तालिकामा प्रस्तुत गरिएको छ।
यसपछि सार्वनामिक विशेषण, सङ्ख्यावोधक विशेषण र नाम, कोटिकर र क्रियात्मक (क्रियावाट वनेका) नाम र विशेषणको चर्चा छ।
क्रिया सम्रचनात्मक रूपले सरल, व्युत्पन्न, सम्युक्त वा द्विरुक्त हुन सक्ने उल्लेख छ। वाक्यात्मक प्रकार्यका दृष्टिले क्रियालाई योजिका (Copulative) क्रिया, अकर्मक क्रिया, कर्म-अकर्मक (Patient-intransitive) क्रिया, सकर्मक क्रिया र द्विकर्मक क्रिया गरी पाँच वर्गमा वाँडिएको छ।
अव्ययअन्तर्गत क्रियाविशेषण, निपात, सम्योजक, नामयोगीलगायत १४ प्रकारका अव्ययको अध्ययन गरिएको छ।
अध्याय ५- शव्दनिर्माण (Stem formation)
यस अध्याय शव्दनिर्माणका व्युत्पादन, समास (Compounding) र द्विरुक्ति प्रक्रियावारे अध्ययन गरिएको छ। व्युत्पादनअन्तर्गत प्रत्ययवाट व्युत्पन्न नाम, विशेषण, क्रिया र क्रियाविशेषण प्रातिपदिक, आन्तरिक परिवर्तन (Modification) वाट व्युत्पन्न प्रातिपदिक र उपसर्गवाट व्युत्पन्न प्रातिपदिकवारे चर्चा छ। समस्त प्रातिपदिकअन्तर्गत अन्त:केन्द्री (Endocentric) र वहिर्केन्द्री (Exocentric) समस्त प्रातिपदिक र तिनका आश्रित र सम्योजित (Co-ordinated) भेदहरुको चर्चा गरिएको छ। यसमा समस्त अव्यय र वाक्यसमासवारे पनि अध्ययन गरिएको छ। द्विरुक्त प्रातिपदिक अन्तर्गत अनुकरणात्मक द्विरुक्त प्रातिपदिक र अननुकरणात्मक द्विरुक्त प्रातिपदिकवारे चर्चा छ।
अध्याय ६- रूपायककोटि र तिनको प्रत्यक्षीकरण
यस अध्यायमा नाम, सर्वनाम, विशेषण र क्रियाको रूपायनको अध्ययन गरिएको छ। लिङ्ग, वचन, पुरुष, आदर, कारक, काल, पक्ष, भाव आदिका आधारमा तिनको रूपायन हेरिएको छ। सहायक क्रियामा क्रियाका काल, पक्ष र भाववोधक तत्वहरुको अध्ययन गरिएको छ। मुख्य र सहायक क्रियाका रूपमा —हुनु‘ क्रियाको अध्ययन गरिएको छ। आदरार्थी र सङ्गतिको अध्ययन छ। काल पक्ष र भाववाचक प्रत्ययको अर्थ तत्विक मूल्य वारे अध्ययन गरिएकोछ । रूपायनलाई तालिकामा प्रस्त्त गरिएको ५।
अध्याय ७- वाक्यविज्ञानको रूपरेखा (Sketch)
यस अध्यायमा वाक्यका सम्रचक तत्वहरु र तिनको क्रममा आधारमा आधारभूत वाक्य प्रकारवारे अध्ययन गरिएको छ। गौण वाक्यप्रकारलाई छाडेर नेपालीका ५ मुख्य वाक्यप्रकारवारे विभिन्न १६ आधारभूत वाक्यप्रकार प्रस्तुत गरिएको छ। वाक्यभित्र सङ्गति र अधिशासन (Government) को अध्ययन गरिएको छ। अकरण र सञ्चालक (Operators) को अध्ययन गरिएको छ। सञ्चालक भनेका सम्युक्त क्रियाभित्र आउने मुख्यक्रियावाहेकका क्रियाहरु हुन्। सञ्चालक भनेका सम्युक्त क्रियाभित्र आउने मुख्यक्रियावाहेकका क्रियाहरु हुन्। सञ्चालकको प्रकार, तिनको मौलिक अर्थ, तीसँग आउने मुख्य क्रिया, तीसँग आउने खास भाव, पक्ष वा काल मुख्य क्रियामा आउने प्रत्यय (Endings), सम्रचनाको अर्थवारे तालिकामा विवरण प्रस्तुत गरिएको छ।
उपर्युक्त सवै अध्यायहरुमा प्रस्तुत हरेक विषयलाई सम्वन्धित भाषिक भेदवाट उदाहरण दिई स्पष्ट पारिएको छ। कुनै कुरा कुनै खास भाषिक भेदमा मात्र उपलव्ध भए त्यसवारे स्पष्ट पारिएको छ। व्याकरणिक नियम र सम्रचनाहरुलाई सूत्रवद्ध रूपमा प्रस्तुत गरिएको छ। नियमहरुमा अपवाद भएका अवस्थामा तिनलाई पनि प्रस्तुत गरिएको छ। मुख्य अम्शमा अस्पष्ट भएका र थप भन्नुपर्ने विषयहरुमा टिप्पणी लेखिएको छ।
यस लेखमा उक्त शोधप्रवन्धको विषयवस्तुवारे लेख्दा सवैभन्दा वढी अध्याय एकवारे लेखियो। त्यसो गर्दा उक्त अध्याय सवैभन्दा ठुलो रहेछ कि भन्ने लाग्न सक्छ, तर त्यसो होइन। यो लेख परिचयात्मक हो र उक्त अध्याय आफैँ त्यस शोधकार्य र शोधप्रवन्धकै परिचय हो। त्यसैले, यहाँ परिचय खण्डका कुरा अलि धेरै र अन्य (मुख्य) अध्यायहरुका कुरा अलि थोरै (धेरै नै थोरै वा सारै मात्रै) लिइएको हो।
४. शोधप्रवन्धका विशेषता र उपलव्धि:
यस शोधप्रवन्धलाई वुँदागत रूपमा यसरी हेर्न सकिन्छ :-
क) यो नेपाली भाषाको तथ्याङ्कमा आधारित वर्ण, रूप र वाक्यसम्मको समग्र अध्ययन गरिएको पहिलव र आधारभुत भाषावैज्ञानिक कार्य हो ।
ख) यो मुख्य रूपमा सम्रचनात्मक अध्ययन भए पनि यसमा रूपान्तरणात्मक (Transformational) र प्रकार्यात्मक (Functional) सिद्धान्तहरुवाट समेत उपयोगी र आवश्यक कुराहरु लिइएको छ।
ग) यसमा वालकृष्ण पोखरेलको भाषिका विभाजनभन्दा केही भिन्न विभाजन प्रस्तुत गरिएको छ।
घ) यसमा नेपालीका तिन भेद- साहित्यिक, दार्जिलिङ र पूर्वी नेपाली-को वर्णतत्व, रूपतत्व र वाक्यतत्वको अध्ययन गरिएको छ।
ङ) यो त्यस समयसम्मका परम्परागत, भाषाशास्त्रीय (Philological) र भाषावैज्ञानिक (Linguistic) अध्ययनहरुको समग्र सार र त्यसमाथि थुपै नयाँ प्रस्तुति पनि हो।
च) यसमा नेपालको समग्र भाषिक नक्सा समाविष्ट छ।
छ) अनुतान र भाषेतर ध्वनिको अध्ययनका सन्दर्भमा पहिलो र आजसम्मको काम (यद्यपि यस क्षेत्रमा (वर्णविज्ञानमा) डा. माधव पोखरेलको काम अगाडि आएको छ, यी दुईविच केही भिन्नता छ)।
ज) रूपध्वनिविज्ञानमा पनुर्लेखी नियमसमेत दिइएको छ।
झ) यसमा शव्दवर्गको अध्ययन र विभाजन गरिएको छ र व्युत्पादन र रूपायनबारे विस्तृत अध्ययन भएको छ।
ञ) आदरार्थीवारेको पहिलो समाजभाषवैज्ञानिक (Sociolinguistic)अध्ययन यसमा छ।
ट) अनुकरणात्मक शव्दहरुको अध्ययन गरिएको छ।
ठ) मानवेतर प्राणीलाई वोलाउने शव्द (Non-humancall) (सुरी, धर्धर् आदि) वारे पहिलो र आजसम्मकै अध्ययन यसमा छ।
ड) सङ्गतिको वाक्यतात्विक अध्ययन गरिएको छ।
यस शोधप्रवन्धवाट नेपालको उच्च शिक्षामा नेपाली व्याकरणको पठन-पाठनको मानक र मार्गनिर्देशक —अनिवार्य नेपाली शिक्षण-निर्देशन‘ लगायत यसपछिका नेपाली भाषाका व्याकरणहरु प्रत्यक्षवा परोक्ष रूपले प्रभावित छन्। यसवाट नेपाली व्याकरणको पठन-पाठन र लेखनमा समेत भाषावैज्ञानिक सेचतता वढेको छ। यही यस शोधप्रवन्धको मुख्य उपलव्धि हो भने यसले नेपाली भाषाको अध्ययनका लागि थुप्रै वाटाहरु समेत खोलिदिएको छ।
५. उपसंहार:
उपर्युक्त तथ्थहरुवाट प्रा.डा. वल्लभमणि दाहालको पि.एच.डी. शोधप्रवन्ध —अ डिस्क्रिप्सन अफ नेपाली: लिटरेरी एन्ड कोलोक्विअल‘ नेपाली भाषाको अध्ययनमा एक महत्वपूर्ण उपलव्धि हो भन्ने कुरा प्रस्ट भएको छ, तर यति महत्वपूर्ण र हरेक नेपाली भाषीको सरोकारको कुरा प्रकाशनमा नआई सीमित पुस्तकालय र व्यक्तिसँग मात्र हुनु भने कामजोरी हो भन्नुपर्ने हुन्छ। जे होस्, यो डा. दाहालको प्राज्ञिक व्यक्तित्वको परिचय भने अवश्य हो।
(डा. वल्लभमणि दाहालको शोधपत्र अ डिस्किक्रप्सन अफ् नेपाली: लिटरेरी एन्ड कोलोक्विअल‘:)
(लेखक रेग्मी मगरभाषाको अध्ययन‘का साथै भोटवर्मेली परिवारका भाषाहरुका अध्येता हुन् )