भुकम्पले चर्किएर बाँसको टेको लगाएको
घरभित्रको एउटा अध्यारो कोठामा बसेर
म तिमिलाइ लाल अभिवादन टक्रर्याउछु कमरेड
म मृत्युको आँगनमा बस्दा
तिमि महलको कुन कोठामा रूमलिएर
कुन पहाडियालाइ भोकै राख्ने
कुन मधेसिको रगत बगाउने योजनामा
मस्त छौ ।
तिमिलाइ जनताले आशाको दियो मानेर
देशको साँचों सुम्पेका थिए
तिमिलाइ थाहा छैन होला मेरो गाउँ
जहाँ तिमि बसेका छौ कमरेड
त्यहाँ बाट सात डाँडा पारिको
अध्यारो गाउँमा हो /
र
त्यो पनि थाहा छैन होला
हिजो भर्खर बिहेको मिति तोकिएकि
हर्के कि छोरि मनमायाको इज्जत लुटिएको थियो
माईला बा को छोरो
औषधि नपाएर पखालाले लगेको थियो
उता बिरे तेल लिन जादा
जिउदै जलेर मरेको थियो
हो कमरेड म त्यहि गाउँ बाट हो
तिमिले अखबारका अक्षरबाट थाहा पायौ होला
त्यो अवोध मनमायाको ईज्जत लुटिदा कराएको चिस्कार
अनि माईला बा को सन्तान प्रतिको माया
र
बिरेको पिडा ले मलाइ पोलेको छ कमरेड
म ननिदाएको कैयौ रातहरू भै सके
निदाउदा केवल सधै मेरो सपनामा
कैयौ रातहरूले
लुटिएको ईज्जत फिर्ता माग्छन्
हर्केको छोरा आफ्नो परिवार र
जीवनजल लिन सधै धाइरहन्छ /
कमरेड तिमि चियाको चुस्कि सगै
जनताको बिश्वास हरूपनि थुप्रै पिएका छौ
कुनै रात तिम्रो सपनामा पनि
यसै गरि कैयौ मनमायाहरू
आउने छन् जीवन रक्षाको भिक माग्नेछन्
मधेसिहरू गोलि र रगतको
मुल्य माग्नेछन्
बेलैमा आफ्नो कुर्चिबाट
उठेर हेर कमरेड
हिमाल,पहाड,मधेस
नत्र कैयौ नेपालिको चिस्कार
पिडा र प्रश्नहरूले
आत्महत्या गर्न बाध्य हुने छ /
कविडाँडा कैलाशनगर